प्रधानमन्त्री ओली राष्ट्रपति निवासमा
बालुवाटारमा बसेको आकस्मिक बैठकलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।
बालुवाटारमा बसेको आकस्मिक बैठकलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।
कोभिड १९ को कारण श्रमिकले रोजगारी गुमाइरहेको अवस्थामा प्रधानमन्त्री ओलीको घोषणा अव्यवहारिक भएको निजी क्षेत्रको आरोप छ। निजी क्षेत्रका छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका संस्थाले यो निर्णय कार्यान्वयन गर्न कठिन हुने दाबी गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक बढ्न नसकेको भन्दै आव २०७८/७९ बाट न्यूनतम पारिश्रमिक पुनरावलोकन हुने बताएका छन्। प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा शुभकामना व्यक्त गर्दै श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४५० रुपैयाँ देखि १५ हजार हुने र सबैलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका हुन्।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले अर्थतन्त्रको तीव्र विकासको लक्ष्यका साथ शुरुवातदेखि नै श्रम क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आएको बताएका छन्।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार र जनताबीच हातेमालो गरेर कोरोनाविरुद्धको लडाईं सफल पार्नुपर्ने बताएका छन्।
काठमाडौंस्थित वीर अस्पतालमा डा.सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया गरिने भएको हो। भट्टराई आजै अस्पताल भर्ना हुने बताइएको छ। उनकाे शल्यक्रिया भने भोली अर्थात १७ गते हुने जनाइएको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, जोनका प्रमुख खाँ घुस माग गरेको सूचना एवं उजुरी निवेदनका आधारमा पक्राउमा परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारी अस्पतालहरुलाई सर्वसाधारणमैत्री बनाउन निर्देशन दिएका छन्। काठमाडौं क्षेत्र नम्बर ५ मा रहेका चार वटा ठूला सरकारी अस्पतालका प्रमुखहरुसँगको बैठकमा उपप्रधानमन्त्री पोखरेलले सरकारी अस्पतालहरुलाई सर्वसाधारण जनतामैत्री बनाउन निर्देशन दिएका हुन्।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध एकताबद्ध भएर खट्न सम्पूर्ण पार्टी कमिटीलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्रीले आज बिहान ट्वीट गर्दै नेपाल, मलेसिया र नेदरल्याण्डसबीच सम्पन्न त्रिदेशीय अन्तरराष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएकामा बधाई दिएका हुन्।
पछिल्ला दिनमा कोरोनाको दोस्रो लहर बढ्दै गएको र दैनिक सङ्क्रमितको सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि आज कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) अधिकारीसँग छलफलका क्रममा प्रधानमन्त्रीले स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न आग्रह गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको भावना र गौरव, अतीत र इतिहास जोडिएको धरहरा निर्माण सम्पन्न हुँदा खुशी अनुभव भएको बताएका छन्।
नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टी फुटाएर जान लागेको बताएका छन्।
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमलाई समेटेर स्थायी कमिटी गठन गरेका छन्।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली दम्भको ‘धरहरा’ भएको टिप्पणी गरेका छन्। ओलीको दम्भका कारण पार्टी एकता धरापमा परेको उनले बताए।