१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

केपी ओली दम्भको 'धरहरा': माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली दम्भको ‘धरहरा’ भएको टिप्पणी गरेका छन्। ओलीको दम्भका कारण पार्टी एकता धरापमा परेको उनले बताए।

शुक्रबार जनकपुरधामस्थित नेकपा पार्टी कार्यालय मिथिला भवनमा पत्रकारसँग नेता नेपालले भने,‘ उनले भने, ‘हिजो उहाँले धरहरा चढेर आफ्नो दम्भ देखाउनुभयो। यो दम्भले मलाई कुनै फरक पर्नेवाला छैन।’ ‘हामी आन्दोलन छोड्दैनौँ, पार्टी छोड्दैनौँ, संघीयता त्याग्दैनौँ, संविधानको मर्म र भाव अनुसार अघि बढ्छौँ। कुनै व्यक्तिको मुख हेरेर हैन जनताको हितमा अगाडि बढ्छौं।’

‘पार्टी फुट्न नदिन पटक–पटक भेटघाट गरे पनि ओलीको दम्भ र हठका कारण सफल हुन सकिएन,’ नेपालले भने,‘बालुवाटारको बालुवा पेलेर तेल निक्लिनेवाला छैन। बालुवाटारको बालुवामा तेल नै छैन। जति पेले पनि तेल निस्किदैन। जती पटक छलफलमा सहभागी भएपनि ओली आफ्नो दम्भ छाड्न चाहनुहुन्न।’ पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन भेट्न राजी भएपनि उहाँको हठ अवरोध बनेर खडा भैदिन्छ,' उनले भने।

उहाँ अरुलाई सुन्न तयार नै हुनुहुन्न नेपालले भने, ‘खाए खा नखाए घिच’ प्रवृत्ति लाद्न चाहनुहुन्छ। ओलीको भड्काउ चिन्तले पार्टी, मुलुक, लोकतन्त्र संकटमा परेको छ। ओलीका कारण लोकतान्त्रिक आन्दोलन संकटमा परेको छ। मेरियट होटेलमा ओलीसँगै छलफलमा म जानै चाहेको थिएन उनले भने,‘ साथीहरुसँग परामर्श गर्दा एक पटक अझै प्रयास गरौं न त भनेपछि गएको हुँ। थोरै उत्साहित थिए तर उहाँको दम्भ धरहरा चढ्दै गरेको भेउ पाएपछि निराश भएँ।’ ‘मैले भनेको थिए अब जेठ २ मा फर्काैँ कमरेड, पार्टीलाई मिलेर एकताबद्ध बनाउँ। क–कसलाई थप्नुपर्छ छलफल गरेर थपथाप गरौँ। तर उहाँले अब केही हुँदैन भन्दै भैसकेको निर्णयलाई मान्नु पर्ने अडान लिनु भयो,' नेपालले भने। उनले थपे,‘उहाँले (ओली) मलाई नै प्रश्न गर्नुभयो ‘तपाईँ बैठकमा किन आउनु भएन?’ तपाईविरुद्धको ६ महिने कारबाही सम्बन्धमा विचार गर्न सकिन्छ भन्ने हास्यास्पद ढाडस दिनुभयो नेपालले भने,‘ मैले ओलीलाई जवाफ फर्काए तपाईँले मलाई पार्टीबाट निकाल्ने? यो माधव नेपालले आन्दोलन र संगठन दुईटैलाई नेतृत्व दिँदै आएको छ, कसैले निकाल्न सक्दैन।’

पार्टीमा बहुमत आफूसँग रहेकोले ओलीले गरेको भनिएको कारबाहीको अर्थ नरहेको उनले पाए। नेकपा एमालेको एकता बचाउन र कम्युनिस्ट आन्दोलनको रक्षा गर्न राष्ट्रिय कार्यकर्ता भेलामा राजनीतिक प्रस्ताव गरेको बताउँदै नेपालले फागुन २३ पछिका दस्तावेजहरु समेटर अभियान, एकता प्रयास र कारबाहीबारे निकालेको पुस्तकले कार्यकतामा रहेको भ्रम समाप्त हुने बताए। ओलीले गरेका निर्णय फिर्ता नलिएसम्म एकीकृत रुपमा जान नसकिने पनि उनको भनाइ थियो।

नेता वामदेव गौतम पार्टी एकता जोगाउनका लागि बिहीबार बेलुकी बालुवाटार गएको तर ओलीले आफ्नो हठ नछाडेपछि गौतम डिनर छोडेर हिँडेको फोनमा भन्नुभएको छ नेता नेपालले भने,‘गौतमले मलाई बसेर छलफल गर्नुपर्ने भन्नुभएको छ। ओलीले फागुन २८ को निर्णय फिर्ता नलिने अडान राखेपछि डिनर छाडेर हिँडे गौतमले फोनमा भन्नुभयो, ‘अब हामी बसेर निर्णय लिनुपर्नेभयो’ नेपालले भने।

प्रकाशित: १० वैशाख २०७८ ०७:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App