६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

ओलीले गरे स्थायी कमिटी गठन, नेपाल-खनाल परेनन्

फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमलाई समेटेर स्थायी कमिटी गठन गरेका छन्। शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दशौँ महाधिवेशन आयोजक कमिटी बैठकमा प्रधानमन्त्री ओलीले माओवादी केन्द्रबाट आएका नेताहरूलाई समेटेर स्थायी कमिटी गठन गरेका हुन्। तर उनले स्थायी कमिटीमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई भने समेटेका छैनन्।

स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा 'बादल', विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल, मणि थापा, किरण गुरुङ र पुष्पराज कँडेल समेटिएका छन्।

प्रकाशित: १० वैशाख २०७८ ०९:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App