३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

माधव नेपाल निकट एमाले नेताहरू ओलीसँग वार्ता गर्न बालकोटमा

नयाँ पार्टी गठन गर्दा माधव नेपाललाई साथ नदिएका एमाले नेताहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालकोट पुगेका छन्।

ओलीको एकलौटीले एमाले एकता झनै टाढा

अध्यक्ष ओलीले पार्टीका सबै गतिविधि एकलौटी रूपमा अघि बढाउँदा नेपाल समूह अब आफ्ना लागि एमालेमा ढोका बन्द भएको अर्थ निकाल्दैछ।

संसद् बिजनेसविहीन सभामुख अलमलमा

एमाले माधव नेपाल समूह सरकारमा सहभागी हुने नहुने निश्चित नभएसम्म मन्त्रिमण्डल विस्तार नहुने र मन्त्रिमण्डल विस्तार नभएसम्म संसद्ले बिजनेस नपाउने अवस्था आएको सरकारी स्रोत बताउँछ। माधव नेपाल समूह सरकारमा सहभागी भएमा संसद्मा सरकारले ल्याएका विधेयक पारित गर्न सहज हुनसक्छ भन्ने सरकारको बुझाइ छ।

ओलीलाई माधव नेपालको चेतावनीः फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्नू

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिएका छन्।

माधव नेपालप्रति ओलीको आक्रोशः बामपन्थी सरकार ढाल्नेलाई पार्टीमा ठाउँ छैन

'बामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थी सरकार बनाउने, दक्षिण पन्थीको पक्षमा फ्लोर क्रस गरेर मत हाल्ने, आफ्नो पार्टीको प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जना बाहिर लिएर गएर पार्टीको सरकार ढाल्ने, अनि दक्षिणपन्थी सरकार बनाएर फ्लोर क्रस गर्ने,' अध्यक्ष ओलीले माधव नेपालप्रति आक्रोश पोख्दै भने, 'यस्ता प्रतिक्रियावादीहरुका मतियारका लागि पार्टीमा ठाउँ छैन।'

एमालेमा अल्पकालीन युद्धविरामको संकेत

नेपाल पक्षको स्थायी कमिटी बैठकले विवाद मिलाउन भइरहेका प्रयास सकारात्मक रहेको ठहर गर्दै सम्मानजनक एकताका लागि थप प्रयास गर्ने र एकताविरोधी अभिव्यक्ति नदिने निर्णय गरेको छ।

नेपाल समूहले बनायो ‘पिपल्स भोलेन्टियर’

एमाले अध्यक्ष केपी ओली समूहको युवा संघले युथ फोर्स ब्युँताएपछि नेपाल समूहले पनि पिपल्स भोलेन्टियर ब्युँताएको हो। समूहले यसअघि नै अखिल फोर्स गठन गरिसकिएको छ।

एमालेमा एकताका लागि दबाब: नेपाल पक्षप्रति ओली नरम

वरिष्ठ नेता माधव नेपाललाई गद्दार घोषणा गरेको एक सातापछि आममाफी घोषणा गरेका ओलीलाई नेपाल समूहले अझै विश्वास गर्न सकेको छैन। ओलीबाट ठोस प्रस्ताव नआउँदासम्म विश्वास गर्न नसकिने नेपाल समूहको विश्लेषण छ।

माधव नेपाल समूहले गरे शिव श्रेष्ठको संयोजकत्वमा पिपल्स भोलेन्टियर घोषणा

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एक हजार एक सदस्यीय युथ भोलेन्टियर गठन भएको घोषणा गरेका छन्।

विपक्षी गठबन्धनबाट बाहिरिए नेपाल

‘लोकतन्त्र, गणतन्त्र, संघीयता र अग्रगमनका लागि हुने जुनसुकै लडाइँमा मेरो सधैं साथ रहन्छ तर अहिले हाम्रो पार्टी फरक परिस्थितिमा एकताको प्रक्रियामा छ र त्यसअनुसार काम अगाडि बढी पनि रहेको छ, त्यसैले अब हाम्रो पार्टी नेकपा एमालेले जे निर्णय गर्छ, त्यसअनुसार पार्टी अगाडि बढ्छ, फरक तरिकाले अगाडि बढ्ने भन्ने हुँदैन, तपाईंहरूले एमालेसँग पनि मुलुकको हितका निम्ति छलफल र सहकार्यको कोसिस गर्नुहोला।’,

नेता नेपाल विपक्षी गठबन्धनमा नबस्ने

वरिष्ठ नेता नेपालले पार्टीमा एकताका लागि भइरहेको प्रयास अन्तिममा पुगेको भन्दै विपक्षी गठबन्धनमा बस्ने नसकिने बताएको नेकपा(एमाले)का नेता रघुजी पन्तले जानकारी दिए।

कार्यदलप्रति प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल नै जिम्मेवार हुनेः पन्त

नेकपा एमालेका नेता रघुजी पन्तले नेकपा एमालेमा देखिएको विवाद समाधानका लागि गठन भएको कार्यदलप्रति प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल नै जिम्मेवार हुने बताएका छन्।

एमालेका पुराना कमिटी ब्युँताउने तयारी

सबैतिरबाट घेराबन्दीमा परेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले माधव नेपाल समूहको मागबमोजिम पार्टीको सांगठनिक संरचनालाई २०७५ जेठ २ गतेअघिको अवस्थामा फर्काउने तयारी गरेका छन्।

माधव नेपाल समूहका जीवन राईको नेतृत्वमा नयाँ दल दर्ता

नेकपा एमालेको माधवकुमार नेपाल पक्षधर नेता जीवन राईको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बुधवार निर्वाचन आयोगमा दर्ता भएको छ।

ओलीमाथि नेपाल पक्षको दबाबः एकताका लागि तीन प्रदेशमा निसर्त समर्थन

नेपाल समूहले प्रदेश सरकारका बजेट र नीति तथा कार्यक्रम पारित गर्न संस्थापन पक्षलाई समर्थन गरेपछि एमालेमा विवाद सुल्झिने आशा पलाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्