coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

ओलीलाई माधव नेपालको चेतावनीः फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्नू

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिएका छन्।

नेता नेपालले अध्यक्ष ओलीप्रति संकेत गर्दै जालझेल, षडयन्त्र गरेर फेरि प्रधानमन्त्री बन्न प्रयास नगर्न सचेत गराएका हुन्।

'यो प्रतिनिधिसभा विघटन गर्ने दुस्साहस अब कसैले पनि नगरोस्। फेरि फर्केर प्रधानमन्त्री बन्छु कि भनेर जालझेल र षडयन्त्र कसैले नगरोस्। अब जे हुनेछ पारदर्शी ढंगले हुनेछ,' अखिल फोर्सले शनिबार काठमाडौंमा आयोजना गरेको भेलामा बोल्दै उनले भने,'संविधानको संरक्षण भएको छ। संविधानको सही ब्याख्या भएको छ। सर्वोच्च अदालतको फैसलाप्रति हामी सम्मान गर्न चाहन्छौं।'

वरिष्ठ नेता नेपालले संविधान जोगाएर नयाँ सरकार बनाएको उल्लेख गर्दै सरकारलाई राम्रो काम गरेर देखाउन पनि आग्रह गरे। उनले सही विचार आत्मसात गरेर अघि बढन पार्टी कार्यकर्तालाई निर्देशन समेत दिए।

प्रकाशित: १६ श्रावण २०७८ १२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App