२ मंसिर २०८१ आइतबार
image/svg+xml

नेपाली उत्पादन प्रवर्द्धन गर्न एनआरएनए जापानसँग सम्झौता

नेपाली उत्पादन निर्यात प्रवर्द्धन गर्न उद्योग मन्त्रालयले गैरआवासीय नेपाली संघ जापानसँग एक सम्झौता गरेको छ। द्विपक्षीय सम्झौतामा जापान भ्रमणमा रहेका उद्योगमन्त्री नवीन्द्रराज जोशी तथा एनआरएन जापानका अध्यक्ष सुदन थापाले हस्ताक्षार गरे। सो लिखित सम्झौतामा नेपाली उत्पादनलाई प्रचारप्रसार र प्रवर्द्धन गर्न गैरआवासीय नेपाली संघले सहयोग गर्ने उल्लेख छ।

वीरताको चिनोः नेपाली सेना

अस्थायी सेनादेखि ब्यारेकमा बस्ने स्थायी र प्रतिभा तथा शक्तिसम्पन्न स्थायी सेना बनाउने ४५६ वर्ष लामो इतिहास यसले बोकेको छ।

जापानमा २१ केजी चरेससहित दुई नेपाली पक्राउ

जापानमा अवैध लागूऔषध चरेस २१ केजी सहित दुई नेपाली नागरिक पक्राउ परेका छन्। करोडौं रुपैयाँ मूल्य बराबरको लागूऔषध ओसारपसार आरोपमा जापान प्रहरीले डिसेम्बरमा पक्राउ गरेका दुई नेपाली बिहिबार सार्वजानिक गरेको हो।

युरोपियन मापदण्डको विद्युतीय सवारी नेपाली बजारमा

नेपालमा विभिन्न कारणले वातावरण प्रदुषण बढ्दै गइरहेको छ। वातावरणीय प्रदुषणको प्रमुख कारणमध्ये धुलो तथा धुवायुक्त सवारी साधन पनि हो। बढ्दो वातावरणीय प्रदुषणका कारण दिनप्रतिदिन सर्वसाधारणको स्वास्थ्यमा पनि विभिन्न संक्रमण बढ्दै गएको पाइन्छ। इन्धनबाट चल्ने पुरानो सवारी साधनका कारण पनि वातावरण प्रदुषण बढ्दै गएको हो।

उन्नाइसमा झर्‍यो नेपाली टोली

आइसिसी विश्व क्रिकेट लिगअन्तर्गत केन्याविरुद्धको खेलका लागि नेपालले पारस खड्काको कप्तानीमा १९ खेलाडीको नाम घोषणा गरेको छ । आइसिसी प्रतिनिधि बैंकटपति राजु, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनोट समितिले खेलाडी छानेको हो।

नेपाली सेनाको पृतनापति बैठक सकियो

प्रधानसेनापति राजेन्द्र क्षत्रीले मातहतका पृतनापतिलाई पेसागत दक्षतालाई थप अभिवृद्धि र बन्दोबस्तीमा विशेष ध्यान केन्द्रित गर्न निर्देशन दिएका छन्।

नेपाली सेनाको २६ नम्बर बाहिनी चिनियाँ सैन्य टोलीले निरीक्षण गर्ने

नेपाल—चीन संयुक्त सैन्य अभ्यासको तयारी भइरहेका बेला उच्चस्तरीय चिनियाँ सैन्य टोली आइतबार नेपालमा छ। चीनको पिपुल्स लिबरेसन आर्मीको पश्चिम कमान्डका डेपुटी चिफ अफ स्टाफ मेजर जर्नेल झाओ जिन्सङको नेतृत्वमा १५ सदस्यीय टोली अाइतबार नेपाल आएको हो।

नेपाली दूतावास टोकियोले मनायो प्रजातन्त्र दिवस

नेपाली दूतावास जापानको आयोजनामा शनिवार टोकियोमा ६७ औं प्रजातन्त्र दिवस मनाइएको छ। जापान भ्रमणमा रहेका उद्योगमन्त्री नवीन्द्रराज जोशी प्रमुख अतिथि रहेको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरे एनआरएनए आईसीसीका उपाध्यक्ष भवन भट्ट, एनआरएन जापानका अध्यक्ष सुदन थापा, नेपाली राजनैतिक दलका जापान स्थित भातृ संगठनका पदाधिकारी लगायत जापानबासी नेपालीहरूको उपस्थिति थियो।

जलस्राेतबारे बुझ्न १२ सदस्यीय नेपाली टोली भारत र बङ्गलादेशकाे यात्रामा

जलको वास्तविक अवस्था बुझ्न एक नेपाली टोलीले भारत हुँदै बङ्गलादेशको यात्रा सुरु गरेको छ । बाह्र सदस्यीय अनुगमन टोली भारत हुँदै बङ्गलादेशतर्फ गएकाे हाे।

युरोपेली आकाशमा नेपाली उडान खुला गर्न आग्रह

परराष्ट्रमन्त्री प्रकाशशरण महतले युरोपेली आयोगका अध्यक्ष जिनक्लाउड जंकरसँग भेटी युरोपेली आकाशमा नेपाली जहाज उडानमा युरोपेली युनियन (इयू) ले लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेका छन्। बेल्जियमको ब्रसेल्सस्थित आयोगको कार्यालयमा भएको भेटमा महतले नेपालले उडानका क्षेत्रमा सुरक्षा व्यवस्था निकै सुधार गरिसकेको जानकारी गराउँदै प्रतिबन्ध हटाउन आग्रह गरेका हुन्।

नेपाली किशोरका लागि मिलानको प्रशिक्षण शिविर

इटालियन फुटबल महारथी एसी मिलानले एट्लान्टिक स्पोर्टस म्यानेजमेन्ट (एएसएम) सँगको समन्वयमा नेपाली यु–१७ खेलाडीका लागि जुनियर फुटबल प्रशिक्षण शिविर सञ्चालन गर्ने भएको छ।

नेपाली तस्करको ट्रान्जिट बन्दै दक्षिणपूर्वी एसिया

अमेरिका, क्यानडा, अस्ट्रेलिया, युरोपलगायत विकसित राष्ट्र पुर्‍याइदिने प्रलोभनमा पारी मानवतस्कर गिरोहले मोटो रकम असुल्दै नेपालीलाई दक्षिणपूर्वी एसियाली राष्ट्र पुर्‍याएर अलपत्र छाड्ने गरेको भेटिएको छ।

४३ नेपाली मजुदर ८ महिनादेखि भारतीय जेलमा

भारतको हिमाञ्चल प्रदेशस्थित एक हाइड्रोपावरमा काम गर्ने ४३ जना नेपाली मजदुर आठ महिनादेखी भारतीय जेलमा थुनिएका छन्। निर्माणधिन जलविद्युत् आयोजनामा कार्यरत नेपालीसहित भारतीय मजदुरलाई आन्दोलन गरेको आरोपमा गएको असार महिनादेखि जेलमा राखिएको हो।

नेपाली सेनाले निर्माण गर्‍यो १० कुटी

प्रधान सेनापति राजेन्द्र क्षत्रीले काठमाडौंको शंखरापुर नगरपालिका ४ लप्सिफेदीस्थित मैत्री सेवाश्रममा निर्मित दश कुटीहरुको उद्घाटन गरेका छन्।

केन्याविरुद्ध खेल्न ब्याटिङ सुधार्दै नेपाली टोली

नेपाली राष्ट्रिय क्रिकेट टिमले टोलीको संरचना परिवर्तनको ग्यारेन्टी गर्र्दै आइतबारबाट कीर्तिपुर मैदानमा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि विशेष तयारी सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्