अष्ट्रेलियामा नेपाली विद्यार्थी सृष्टि भण्डारीको मृत्यु
अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित मारोउब्रा समुन्द्रमा सोमबार डुबेकी सृष्टि भण्डारीको शव एक दिनपछि फेला परेको छ। न्यू साउथ वेल्स विश्वविद्यालयमा अध्ययनरत उनको शव मंगलबार फेला परेको हो।
अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित मारोउब्रा समुन्द्रमा सोमबार डुबेकी सृष्टि भण्डारीको शव एक दिनपछि फेला परेको छ। न्यू साउथ वेल्स विश्वविद्यालयमा अध्ययनरत उनको शव मंगलबार फेला परेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशबाट गैरकानुनी आप्रवासीलाई देश निकाला गर्ने योजनाअनुसार कागजपत्रविहीनलाई पक्राउ गर्न थालेपछि विभिन्न संघसंस्था मिलेर नेपालीका लागि एक सूचना तथा परामर्श सहायता केन्द्र खोल्ने तयारी गरेको छ।
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल–भारत सम्बन्धलाई सबल र सुदृढ बनाउनमा नेपालका लागि भारतीय राजदूत रणजित रायले महत्वपूर्ण भूमिका निर्वाह गरेकाे बताएका छन् ।
थाई नेपाली संघको चौथो अध्यक्षमा कुमार कार्की सर्वसम्वत रुपमा चयन भएका छन्। नेपाल, थाइल्याण्ड र बर्मा लगायतका अन्य ठाउँमा जन्मेर थाइल्याडमा बसोबास गरिरहेका गैर आवसीय नेपालीहरुको संगठन थाई नेपाली संघ हो।
खाना पकाउने ग्यास ढुवानीमा भारतीय निर्भरता अन्त्य गर्ने सरकारको तयारीमा भारतीय अधिकारीले तगारो हालेका छन्। नेपाल आयल निगमले सबै प्रक्रिया पूरा गरेर नेपाली ग्यास बुलेटलाई ढुवानी अनुमति दिन गरेको आग्रहलाई भारतले तीन महिनादेखि अल्झाएर राखेको छ।
नेपाल राष्ट्र बैंकले विदेशी लगानी नभएका बैंक तथा वित्तीय संस्थामा विदेशी नागरिकलाई जागिर दिन पूर्ण रुपमा रोक लगाएको छ। नेपालमा रहेका विदेशी लगानीमा स्थापित बैंक तथा वित्तीय संस्थाले राख्न पाउने विदेशी कर्मचारी संख्याको सीमा तोक्दै आइतबार राष्ट्र बैंकले जारी गरेको निर्देशिका अनुसार त्यस्ता संस्थाले बढीमा सातजनासम्म विदेशी कर्मचारी राख्न पाउने छन्।
पाली फेसन डिजाइनर पूनम क्षेत्री गौतमले डिजाइन गरेका नेपालका विभिन्न १४ जातजातिका परम्परागत पहिरन अमेरिकाको अन्तर्राष्ट्रिय फेसन सोमा प्रदर्शन गरिएको छ।
परराष्ट्रमन्त्री प्रकाशशरण महतले 'युरोपेली आकाशमा नेपाली हवाई उडानमा लगाइएको प्रतिबन्ध' हटाउन युरोपेली युनियन (इयु) र सो सम्बद्ध सदस्य राष्ट्रका सरकारसँग छलफल गर्ने भएका छन्। इयु, बेल्जियम र लक्जेमबर्ग भ्रमणमा निस्कनुअघि उनले आफ्नो भ्रमणपछि नेपाली हवाई उडानमा युरोपमा लागेको प्रतिबन्ध हट्ने आशा व्यक्त गरे।
कश्मीरको जोखिमपूर्ण क्षेत्रमा नेपालीको उपस्थिति धेरै छ। अर्मजा कश्मीर क्षेत्रमा भारतीय सेनाले सुरु गरेको अपरेसनमा पनि सहभागी थिए।
अठार वर्षअघि कास्कीमा भएको हत्या प्रकरणका एक दोषीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले इन्टरपोलको सहयोगमा साउदी अरबबाट पक्राउ गरेको छ।
वैदेशीक रोजगारीको सिलसिलामा मलेसिया गएका सप्तरी बेलीचपेनाका एक युवा धर्मेन्द्र मण्डलको मृत्यु भएको छ।
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरूद्धको खेलका लागि नेपाली राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा बिहीबार २४ खेलाडीले सफलता हासिल गरेका छन्।
विदेशीले निर्माण गरेका विद्युतीय मतदान मेसिन किन्न निर्वाचन आयोग र सरकार हतारिएका बेला नेपाली निर्माता भने निरुत्साहित छन्। नेपाली निर्माणकर्ताले बनाएका विद्युतीय मतदान मेसिन विदेशीले बनाएका भन्दा सस्ता, मतदाताका निम्ति सजिला र सुविधाजनक छन्।
नेपालबाट विश्वका धेरै देशमा विभिन्न सामग्री निर्यात हुन्छन् तर अन्यन्तै सानो संख्यामा। त्यही सानो संख्यामा निर्यात हुने एक वस्तु हो– 'फल्स वियर्ड' अर्थात् नक्कली दाह्री। सुन्दा अचम्म लाग्न सक्छ तर नेपालबाट नक्कली दाह्री, आइब्रो, आइलेसलगायत शंृगारका सामग्री निर्यात भएको सरकारी तथ्यांकमा उल्लेख छ।
मुलुकको पर्यटन क्षेत्रमा केही वर्षयता अर्बौं लगानीमा होटल निर्माणका काम भइरहेका छन् । होटल उद्योगमा मात्र पछिल्लो पटक निजी क्षेत्रबाट १ खर्ब रुपैयाँबराबरको लगानी थपिएको छ । यो तथ्यांकले निजी क्षेत्र वृहत लगानीका ठूला परियोजना सञ्चालन गर्न सक्षम देखिएको महसुस भने गराउँछ।