हिन्दू राष्ट्रको मुद्दाले महामन्त्री कोइरालालाई फाइदा कि घाटा?
पछिल्लो समय नेपाली कांग्रेसमा हिन्दू राष्ट्रको बहस तात्दै गएको छ। गत मंसिरमा भएको महासमिति बैठकपछि कांग्रेसमा हिन्दू राष्ट्रको मुद्दामा औपचारिक रूपमा बहस सुरु भएको छ। महासमिति बैठकमा एक समूहले हिन्दू राष्ट्रका लागि भन्दै हस्ताक्षर संकलन अभियान नै चलाएको थियो। जसमा १८ सय बढी महासमिति सदस्यमध्ये सात सय बढीले हिन्दू धर्मका पक्षमा हस्ताक्षर गरेका थिए।