नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको निर्वाचन र नियमावली मस्यौदा समिति गठन गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय समिति बैठकले राधेश्याम अधिकारी संयोजकत्वमा केन्द्रीय निर्वाचन समिति र केन्द्रीय सदस्य रमेश लेखकको नेतृत्वमा नियमावली मस्यौदा समिति गठन गरेको हो।
मंगलबार काठमाडौंमा बसेको ११ जिल्ला सभापतिको बैठकले पार्टीलाई केन्द्रीय समितिले मनोमानी ढंगले चलाएको भन्दै त्यसको विरोधमा उत्रने निर्णय गरको हो। केन्द्रीय सदस्य पनि तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने, पार्टीको हरेक निकायमा समानुपातिकमा पटक पटक स्थान दिइनु नहुने उनीहरुको माग छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई शान्तिपूर्ण राजनीतिमा आउन अपिल गरेको छ। सभापति शेरबहादुर देउवाको अध्यक्षतामा मंगलवार बसेको केन्द्रीय समिति बैठकले हत्या, हिंसा र चन्दा आतंकको मार्ग परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन विप्लव समूहलाई अपिल गरेको हो।
पार्टीको आन्तरिक निर्वाचनका लागि राधेश्याम अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति पनि गठन गरेको छ। उक्त समितिमा खम्बबहादुर खाती, गोपालकृष्ण घिमिरे, सीताराम केसी र एगराज पोखरेल छन्।
प्रधानमन्त्री केपी ओली आफ्नो पूरा नाम ‘खड्गप्रसाद ओली’ सुन्न र लेख्न खासै मनपराउँदैनन् अरे। प्रमलाई आफ्नो संक्षिप्त नाम ‘केपी ओली’नै प्यारो छ।आफूप्रम निकटदावा गर्ने एकजना विराटनगरतिरका कमरेडले मलाई सुनाए। मलाई प्रमको नाम केपी ओली वा खड्ग ओली जे भए पनि मतलव हुनुपर्ने कुनै कारण छैन। तर मन नपर्ने नामबाट अब सम्बोधन नगरौँला भनी कामरेड मित्रलाई विश्वस्त पारे।
सरकारले द्वन्द्वकालको झल्को दिनेगरी नेपाली सेनाको क्षमता बढाएको छ। २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएसँगै मुलुक स्थायी शान्ति र समृद्धितर्फ प्रवेश गरेको भनिए पनि द्वन्द्वकालकै झल्को आउनेगरी सरकारले घातक तथा गैरघातक सैन्य बन्दोबस्तीका सामान खरिदमा जोड दिएको हो।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गरी समाधान गर्न माग राखेको छ। सोमबार बसेको राष्ट्रियसभाको बैठकमा धारणा राख्दै प्रतिपक्ष दलका सांसदहरूले सिके राउतलाई मूलधारमा ल्याउने सरकारको निर्णयको स्वागत गर्दै अब चन्द नेतृत्वको नेकपालाई पनि मूलधारमा ल्याउन माग गरेका हुन्।
सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलसहितका असन्तुष्ट पक्षको लामो रस्साकस्सीपछि नेपाली कांग्रेसले केन्द्रीय सदस्य भीष्मराज आङ्दम्वेको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बोलाइएको समयभन्दा झण्डै नौ घण्टा ढिला राति पौने आठ बजे सुरु बैठकले पाँच सदस्यीय समिति गठन गरेको हो।
नेपाली कांग्रेसले राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक फिर्ता लिन माग गरेपछि संसद्को कार्यसूचीबाट हटाइएको छ। विधेयकले सीधै प्रधानमन्त्रीलाई सेना परिचालनको अधिकार दिएको भन्दै कांग्रेसले विरोध गरेको छ।
रौतहटको ऐतिहासिक समनपुर मेलामा नेपाली सेना पनि जोडिएको छ। जिल्लाको गढीमाई नगरपालिकाको समनपुरमा २०५ वर्षदेखि लाग्दै आएको होली ऐतिहासिक समनपुर मेलामा नेपाली सेनाको टोलीले पहिलोपटक विभिन्न झाँकी प्रस्तुत गरेको छ। नेपाली सेनाको गौरमा रहेको इन्द्रबक्स गणले समनपुरमा सन् १८१४–१६ को नेपाल–अंग्रेज युद्धको क्रममा भएको युद्धको सम्झनामा पहिलोचोटि सार्वजनिक रुपमा विभिन्न कार्यक्रम प्रस्तुत गरेको छ।
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सेना परिचालनको अधिकार प्रधानमन्त्री मातहत ल्याउने तयारीप्रति असन्तुष्टि जनाएका छन्। सोमवार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डा. भट्टराईले प्रधानमन्त्रीको एक्लो निर्णयले सेना परिचालन गर्न पाउनेगरी आउन लागेको विधेयकमा असन्तुष्टि जनाएका हुन्।
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक ११ बजे बोलाइए पनि अझै बस्न सकेको छैन। सभापति शेरबहादुर देउवाले अनुशासन समिति गठनका लागि बैठक आह्वान गरेका थिए। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसदमा उपस्थिती हुनुपर्ने भएकाले निर्धारित समयमा केन्द्रीय समितिको बैठक बस्न नसकेको बताए। ‘संसद बैठक सकिएपछि समितिको बैठक बस्ला’, उनले भने।
नेपाली कांग्रेसभित्र पार्टी अनुशासन समिति गठनमा अझै सहमति जुट्न सकेको छैन। सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा आइतबार अपराह्न आफ्नै निवास बुढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएर सहमतिको प्रयास गरेका छन्। दुवै पक्षीय नेताहरु पूर्ववत् अडानबाट लचिलो देखिए पनि सहमति जुट्न भने सकेको छैन।भित्र पार्टी अनुशासन समिति गठनमा अझै सहमति जुट्न सकेको छैन। सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा आइतबार अपराह्न आफ्नै निवास बुढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएर सहमतिको प्रयास गरेका छन्। दुवै पक्षीय नेताहरु पूर्ववत् अडानबाट लचिलो देखिए पनि सहमति जुट्न भने सकेको छैन।
नेपाली कांग्रेसले सरकारले सेना परिचान प्रधानमन्त्रीले गर्न पाउने विधेयक ल्याउन खोजेको भन्दै आपत्ति जनाएको छ। प्रधानमन्त्रीले सेना परिचालन गर्ने संवैधानिक विधेयक सरकारले अघि सारेको भन्दै कांग्रेसले लोकतन्त्रिक पद्धतिको विरुद्ध अघि नबढ्न चेतावनी दिएको हो।
केन्द्रीय समिति बैठक बस्नुअघि विवादित विषयमा सहमति खोज्न बसेको नेपाली कांग्रेसका शीर्ष नेताको बैठक विना निष्कर्ष टुंगिएको छ। बैठकमा सहमतिबाटै अघि बढ्नुपर्ने साझा धारणा आए पनि सहमतिको अन्तिम बिन्दुमा शीर्ष नेताहरू पुग्न सकेनन्।