१ मंसिर २०८१ शनिबार
image/svg+xml

हकप्रद र बोनस सेयर जारी गर्दै बिमा कम्पनी

बिमा समितिले गत आर्थिक वर्ष ०७५/७६ मा दुवैथरी बिमा कम्पनीलाई चुक्ता पुँजी बढाउन निर्देशन दिएपछि उनीहरुसँग मर्जरमा जानुबाहेक अन्य विकल्प थिएन। अहिले समितिले हकप्रद र बोनस सेयर जारी गर्न अनुमति दिएपछि सहज भएको बिमा कम्पनीले बताएका छन्।

स्वास्थ्य बिमामा २१ लाख ८१ हजार

बिरामी पर्दा उपचार गराउन सजिलो हुने भएपछि दुर्गम र पिछडिएका क्षेत्रका बासिन्दा स्थास्थ्य बिमा कार्यक्रममा सहभागी हुन उत्सुक देखिएका छन्।

काभ्रेमा स्वास्थ्य बिमा

काभ्रेपलाञ्चोकलाई स्वास्थ्य बिमा लागू भएको ४८औं जिल्लाका रुपमा घोषणा गरिएको छ। स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले मंगलबार धुलिखेलमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीलाई स्वास्थ्य बिमा परिचयपत्र हस्तान्तरण गर्दै सो घोषणा गरेका हुन्।

सरकारी बिमामा ठगी : बिरामीलाई न औषधि न भर्पाइ

महोत्तरी, सोनमाका भुनेश्वर राय दिनदिनै अस्पताल दौड्नुपर्ने समस्याले हैरान थिए। कहिले बच्चा बिरामी, कहिले वृद्ध आमाबाबु त कहिले आफैं। एकपटक २५ सय रुपैयाँ तिरेपछि एक वर्षसम्म ५० हजार रुपैयाँबराबरको उपचार पाउने सुनेपछि खुसी हुँदै उनले बिमा गराए। तर सोमबार जनकपुर अञ्चल अस्पतालमा आफ्नै उपचारका लागि पुगेका उनले जब सर्तबमोजिम बिमाको औषधि पाएनन्, अनि दुःखी भए।

गत वर्ष १३ अर्ब ३२ करोड रुपैयाँ दाबी भुक्तानी

निर्जीवन बिमा कम्पनीले गत आर्थिक वर्ष ०७५/७६ मा १३ अर्ब ३२ करोड १२ लाख रुपैयाँ बिमा दाबी भुक्तानी गरेका छन्। सो अवधिमा एक लाख तीन हजार आठ सय ६८ वटा दाबी परेकामा ८२ हजार दुई सय ८० वटाको भुक्तानी भइसकेको छ।

बिमा नहुँदा चौरी पालक किसान मर्कामा

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रुविभ्याली गाउँपालिकाका किसानहरु चौरीपालन व्यवसायमा आत्मनिर्भर छन्। चौरी पालेर पुस्तौदेखिको व्यवसाय धान्दै आइरहेका किसानहरु चौरीको बिमा नहुदाँ भने समस्यामा परेका छन्।

१७ हजार पशुको निःशुल्क बिमा

रसुवाको कालिका गाउँपालिकाका कृषकले करिब १७ हजार पशुको निःशुल्क बिमा गरेका छन्। गाउँपालिकामा साना–ठूलागरी १७ हजार एक सय ९२ पशुको बिमा गरिएको पशु स्वास्थ्य शाखाले जनाएको छ।

बीस हजार इन्जिनियरको सामूहिक बिमा गरिँदै

बीस हजार इन्जिनियरको एकैपटक सामूहिक दुर्घटना बिमा हुने भएको छ। जोखिमपूर्ण काममा खटिनुपर्ने भएकाले नेपाल इन्जिनियर्स एसोसिएसनबाट आयोजना हुने ५७ औं इन्जिनियर दिवसका अवसरमा प्रतिव्यक्ति १० लाखका दरले दुर्घटना बिमा गर्न लागिएको हो।

कान्छी ल्याउन, बिमा कुम्ल्याउन 'कन्ट्र्याक्ट किलर'

पोखरा महानगरपालिका–१५ का रमेश नेपालीले कान्छी ल्याउने योजनाअनुरूप २७ वर्षीया पत्नी लक्ष्मी परियारको हत्या गराएको रहस्य सार्वजनिक भएको छन्। उनले प्रेमिका अनु परियारको उक्साहटमा भारतीय कन्ट्र्याक्ट किलर प्रयोग गरी पत्नी हत्या गर्न लगाएको खुलासा भएको हो।

बिमा बिनाको प्रतियोगिता हुँदैनः सदस्य सचिव सिलवाल

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले अबदेखि बिमा विनाको प्रतियोगिता नहुने बताएका छन्।

अनियन्त्रित बिमान भवनमा ठोक्कियो, चालक दलका दुईको मृत्यु

रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ

कृषि बिमा प्रभावकारी कार्यान्वयन माग

जिल्लाको दक्षिणी क्षेत्रम उत्पादन हुने तरकारीमध्ये २९ प्रतिशतभन्दा बढी तरकारी काठमाडौंको कालीमाटी निर्यात गरिन्छ। काठमाडौं, पोखरा, नारायणघाटलगायत बजारलाई लक्षित तरकारी उत्पादन गर्दै आइरहेका धादिङका अधिकांश किसान कृषि बिमाबारे अनविज्ञ छन्। तरकारीको पकेट क्षेत्रका रुपमा मानिने धादिङका किसान तरकारी त उत्पादन गर्छन् तर विभिन्न कारणले क्षति भए कहाँ गएर कसरी बिमा गर्ने भन्नेबारे जानकार छैनन्।

स्वास्थ्य बिमा नवीकरण न्यून

स्वास्थ्य बिमा गर्ने बिमितले बिमाबापतको सेवा लिन वर्षेनी नवीकरण गर्नुपर्ने भए पनि सोलुखुम्बुमा नवीकरण गर्नेको संख्या न्यून देखिएको छ। आर्थिक वर्ष (आव) २०७४÷७५ मा सात सय ७० परिवारले बिमा गरेकोमा २०७५÷७६ मा ६५ परिवारले मात्र बिमा नवीकरण गरेका छन्। सेवाबिन्दु टाढा हुनु, गुणस्तरीय सेवा प्रवाह नहुनु र बिमाप्रति चेतना अभावले नवीकरणमा समस्या देखिएको सोलुखुम्बुका दर्ता अधिकारी प्रदीप बस्नेतले बताए।

सांग्रिला डेभलपमेन्ट बैंकको ‘बचत पनि बिमा पनि’ योजना

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ‘बचत पनि बिमा पनि’ बचत योजना सुरु गरेको छ।यस अन्तगर्तत जीवन सुरक्षा (सरल), जीवन सुरक्षा (रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी थप तीनवटा नयाँ बचत खाता छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्