५ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रहरीमा ३० वर्षे सेवा अवधि नहट्ने

गृह मन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा प्रहरीमा विद्यमान ३० वर्षे सेवा अवधिको प्रावधान नहटाईकन कानुन मन्त्रालयमा पठाएको छ।

सेवा अवधि ६५ वर्ष पु-याउन प्राध्यापकको चलखेल

उमेर हदका कारण अनिवार्य अवकाश पाउन लागेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका केही प्राध्यापकहरु सेवा अवधि बढाउन चलखेल गर्न थालेका छन्।

गोला प्रथामा कांग्रेस र राजपा ठगिए: कसकोअवधि कति? (सूचीसहित)

राष्ट्रिय सभाका कुल ५९ सदस्य मध्ये कसको कार्यकाल कति वर्षको हुने भन्ने आज गोला प्रथाबाट तय भएको छ । गोला प्रथामा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी ठगिएका छन् । नेपाली कांग्रेसका १३ जना मध्ये ७ जना सांसद २ वर्षे अवधिमा परेका छन् । कांग्रेसका २ जना ४ वर्षे र ४ जना ६ वर्षे अवधिमा परेका छन् ।

राष्ट्रियसभा सदस्यले यसरी तोक्दैछन् आफ्नो अवधि आफैँ

राष्ट्रियसभाका सदस्यले आफ्नो कार्यकाल कति वर्ष रहने भन्ने यकिन स्वयंले गर्दैछन्। नेपालको संविधानको धारा ८६ अनुसार सो सभाका ५९ सदस्यले गोलाविधिद्वारा आफ्नो कार्यावधि दुई, चार र छ कति वर्ष हुने भन्ने टुङ्गो सोमबार पहिलो पटक लगाउँदैछन्।

निर्वाचन अघिको मौन अवधि हटाउन माग

निर्वाचन अघिको ७२ घण्टे मौन अवधिमा पैसाको धेरै चलखेल गरी मतदाता प्रभावित गराउने घटना बढेकाले त्यो अवधि हटाउनुपर्नेमा जोड दिइएको छ।

प्रहरीको सेवा अवधि ऐनमै तोकिने

गृह मन्त्रालयले प्रहरी महानीरिक्षक (आइजीपी) सहित विशिष्ट श्रेणीका अधिकृतहरूको सेवा अवधि ऐनमै तोक्ने तयारी गरेको छ। प्रहरी ऐन २०१२ लाई विस्थापित गर्दै मन्त्रालय तयार गरिरहेको संघीय प्रहरी ऐन मस्यौदामा आइजिपी तथा विशिष्ट श्रेणीका प्रहरी अधिकृतहरूको सेवा अवधि तोक्ने तयारी गरेको हो।

सम्झौता अवधि अगावै सम्पन्न हुँदै मरिण पुल

हेटौडा–सिन्धुली–चतरा राजमार्ग अन्र्तगत यहाँको मरिण गाँउपालिकास्थित कपिलाकोट कल्पबृक्ष जोड्ने पक्की पुल समय अगावै निर्माण कार्य सकिने भएको छ

एक हप्ताकाे अवधिमा म्यानचेस्टर सिटीसँग आर्सनल दोस्रो पटक पराजित

म्यानचेस्टर सिटीले इङलिस प्रिमियर लिग फुटबलमा १६ अंकको अग्रता कायम गरेको छ। बिहीबार राति आफ्नै मैदानमा सम्पन्न खेलमा आर्सनल शिर्ष स्थानको म्यानचेष्टर सिटीसँग ३–० ले स्तब्ध बनेको हो।

राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु

राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । माघ २४ गते हुने निर्वाचनका लागि आइतबार राती १२ बजे बाट मौन अवधि सुरु भएको हो।

काम चलाउ अवधिका सबै निर्णय नयाँ सरकारले पुर्नविचार गर्नेछः ओली (अपडेट)

एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारले काम चलाउ अवधिमा गरेका सबै निर्णयहरु नयाँ सरकारले पुर्नविचार गर्ने बताएका छन् ।

सत्य निरुपण र वेपत्ता आयोगको अवधि थप्ने वा पुनःगठन गर्ने भन्नेमा विवाद

द्वन्द्वकालीन घटनाको किनारा लगाउन गठित दुई आयोगको अवधि थप्ने वा पुनःगठन गर्ने विषयमा यतिबेला बहस चलेको छ। सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको समय आगामी माघ २७ गतेबाट सकिँदैछ।

मौन अवधिमा फेसबुकमा मत मागे पनि कारबाही

मौन अवधिमा फेसबुक, ट्विटर, भाइबर जस्ता सामाजिक सञ्जालबाटसमेत मत माग्न र चुनाव प्रचार गर्न निर्वाचन आयोगले रोक लगाएको छ । त्यसो गरेको भेटिएमा कारबाही हुने आयोगले खटाएका अधिकारीहरुले जानकारी दिएका छन् । बिहीबार हुने मतदानका लागि प्रचार प्रसार कार्य सोमबार मध्यरातबाट सकिएको छ । मौन अवधि भनिने यो समयमा उम्मेदवार र पार्टीहरुले प्रचार प्रसार गर्नै पाउँदैनन् ।

मौन अवधिमा चलखेल

निर्वाचन कार्यक्रमअनुसार बिहीबार हुने निर्वाचनका लागि सोमबार राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । निर्वाचन आचारसंहिताले मौन अवधिमा प्रचारप्रसारलगायत निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न नपाउने गरी रोक लगाएको भए पनि निर्वाचन क्षेत्रमा मौन अवधिकै बीच गुपचुप रुपमा मत आफ्नो पक्षमा पार्ने कसरत चुलिन्छ । यही अवधिमा अधिकांश चुनावी आंकलन ‘उलटफेर’ हुने गरेको विगतको अनुभव छ ।

आज राति १२ बजेबाट मौनअवधि

निर्वाचन आयोगले दोस्रो चरणमा मंसिर २१ गते ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेपछि निर्वाचनको मौनअवधि शुरु हुने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्