५ आश्विन २०८१ शनिबार
image/svg+xml

चुनाव तयारी पूरा, मौन अवधि राति १२ बजेदेखि

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण निर्वाचन तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । बिहीबार तराई, भित्री मधेस र पहाडको तल्लो भेगका गरी ४५ जिल्लामा चुनाव हुँदैछ । दोस्रो चरणको चुनावमा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाताले मत दिँदैछन् ।

मौन अवधिमा सञ्चारमाध्यममा आचारसंहिता उल्लंघनका ४८ घटना

प्रेस काउन्सिल नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि शुरु भएदेखि हालसम्म आम सञ्चारमाध्यममा ४८ आचारसंहिता उल्लंघनका घटना भएको जनाएको छ ।

मौन अवधिमा फेसबुक, भाइबारबाट पनि मत माग्न नपाइने

पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरात १२ बजेपछि सुरु हुँदैछ। मौन अवधिमा एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न पाइने छैन।

मौन अवधि ‘निक्कै खतरा’

निर्वाचन कानुनले मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघि देखि मौन अवधि निर्धारण गरेकाले नियमत: चुनावी प्रचार प्रसार गर्न मिल्दैन । मौन अवधिमा चुनाव प्रचार प्रसार, चुनावी कार्यक्रम सञ्चालन गरे कानुनी कारबाही हुने व्यवस्था छ । चुनावप्रचार प्रसारमा रोक लगाइन्छ । तर यही अवधिलाई राजनीतिमा निक्कै खतराका रुपमा हेरिने गरिन्छ ।

मंसिर ७ गते राति १२ बजेबाट मौन अवधि

पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मंसिर ७ गते बिहीबार राति १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु हुँदैछ।  मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

राष्ट्र बैंकका कर्मचारीको सेवा अवधि : तत्काललाई यथावत राख्न लोक सेवाको निर्देशन

राष्ट्र बैंकमा ३० वर्षे सेवा अवधि राख्ने कि ५८ वर्षे उमेर हद भन्ने विषयले विवाद लिइरहेका बेला लोक सेवा आयोगले कर्मचारीको सेवा अवधि यथावत राख्न निर्देशन दिएको छ ।

पल्स अवधि १ सेकेन्ड हुन सकेन

नेपाल दूरसञ्चार प्राधिकरणले कात्तिक १ देखि सम्पूर्ण दूरसञ्चार प्रदायकलाई मोबाइल पल्स अवधि एक सेकेन्ड बनाउन निर्देशन दिए पनि हाल उक्त सेवा सुरु नहुने भएको छ । दूरसञ्चार सेवा प्रदायकहरूले पल्स अवधि घटाउन प्राविधिक तयारी नपुगेको भन्दै प्राधिकरणसँग थप समय मागेपछि उक्त सेवा हालका लागि स्थगित भएको हो ।

३० वर्षे सेवा अवधि हटाउने राष्ट्र बैंकको निर्णय

नेपाल राष्ट्र बैंक, सञ्चालक समितिको बैठकले कर्मचारीको ३० वर्षे सेवा अवधि हटाउने निर्णय गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले कर्मचारीको ३० वर्षे सेवा अवधि हटाउने निर्णय गरेको र यस विषयमा सुझाव लिन फाइल लोकसेवा आयोगमा पठाएको छ ।

सेवा अवधि विवादको भुमरीमा केन्द्रीय बैंक

मुलुकको केन्द्रीय बैंकभित्र कर्मचारीको सेवा अवधि कति राख्ने भन्ने विवाद सुरु भएको तीन महिना नाघेको छ । नयाँ कर्मचारीले सेवा अवधि ३० वर्ष मात्र हुनुपर्छ भन्दै लबिङ गरिरहेका छन् भने पुराना कर्मचारीको अडान ५८ वर्षमा अवकाश दिनुपर्छ भन्ने छ।

मौन अवधिमा माछा, कुखुरा र पैसाको चलखेल

प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनको अघिल्लो दिन मतदाता फकाउन उम्मेदवारहरुले माछा, मासु, कुखुरा, हाँस र पैसा बाँडेका छन्। निर्वाचनमा चुनाव जित्ने दौडमा रहेका उम्मेदवारहरुले आफ्नो पक्षको भोट कायम राख्न र विपक्षीको भोट आफूतिर तान्न मौन अवधिको सम्पूर्ण नियम र आचार संहिताको धज्जी उडाउँदै उम्मेदवारहरुले मतदातालाई भेट्दै मागेको सामग्री उपलब्ध गराएका छन्।

मौन अवधि उल्लंघन गर्नेलाई कारबाही हुन्छ: प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले मौन अवधिको उल्लंघन गर्नेलाई कारबाही गरिने बताएका छन्।

तीसवर्षे सेवा अवधि हटाउन प्रहरी फकाउँदै गृहमन्त्री

प्रहरी संगठनमा पदावधि, ३० वर्षे सेवा अवधि र ५८ वर्षे उमेर अवधिका आधारमा अवकाश पाउने नियम छ। सेवा अवधि लगाउँदा नेतृत्व तहमा पुगेका अधिकारीको कार्यकाल छोटो हुने र योजनाअनुसारको काम गर्न नसक्ने भन्दै सो हटाउन एक पक्षले दबाब दिँदै आएको छ।

भरतपुर १९ : मौन अवधिमा चहलपहल

मतगणनामा बसेका प्रतिनिधिले मतपत्र च्यातेपछि भरतपुर महानगरपालिका वडा नं. १९ मा शुक्रबार  फेरि मतदान हुँदैछ। महानगरको एउटा वडामा मात्र मतदान हुन लागेको भए पनि मतदाता  आफ्नो पक्षमा तान्न जिल्ला नेता मात्र होइन, केन्द्रीय नेता जुटेका छन्। कुल ३ हजार ७ सय ९७ मतदाता रहेको उक्त वडामा यसअघि २ हजार ८ सय ९७ मत खसेको थियो।

अवधि सकिन लाग्दा बल्ल क्षेत्रीय कार्यालय

सत्य निरूपण तथा मेलमिलाप आयोगले गठन भएको डेढ वर्षपछि बल्ल सातवटै प्रदेशमा क्षेत्रीय कार्यालय स्थापना गरेको छ। दुई वर्षभित्र सम्पूर्ण काम सक्नेगरी स्थापित सो आयोगले विस्तृत अनुसन्धान गर्न भन्दै हालै सात प्रदेशमा कार्यालय स्थापना गरेको हो।

मौन अवधिमा ३९ मिडियाबाट आचारसंहिता उल्लंघन

स्थानीय तहको निर्वाचन अन्तर्गत निर्वाचन आयोगले तोकेको मौन अवधिमा ३९ सञ्चारमाध्यमले निर्वाचन आचारसंहिताविपरित सामग्री प्रकाशन/प्रसारण गरेको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्