७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

तराईमा ‘फगुवा’को रंग (फोटो फिचर)

थरीथरीका परिकार खाइखुवाई रंग अबिरमा रमाउने पर्व ‘फगुवा’ अर्थात होली शुक्रबार मनाइएको छ। रंग, अबिर साट्दै र नाचगानसहित मनाउने सद्भाव साटासाटको पर्वमा स्थानीयहरु दिनभरी मग्न भए। होलीको रंगमा रंगिएर ब्यपारिक नगरी वीरगन्जको बजार क्षेत्रमा पुर्ण रुपमा विदा रह्यो। चोक चोकमा साँझसम्म स्थानीहरु रमाइलो गरिराखेको भेंटिए।

तराईमा आज होली मनाइँदै

परम्परागत रूपमा विभिन्न रङहरूको प्रयोग गर्दै नेपालको तराईका जिल्लाहरूमा शुक्रबार होली अर्थात् फागु पूर्णिमा धुमधामका साथ मनाइँदैछ।

तराईमा न्यानो बाँड्दै वाइसिएल

वाइसिएल नेपालले तराईका शितलहर प्रभावित जिल्लामा न्यायो बाँड्न सुरु गरेको छ। अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’को नेतृत्वमा तराई पुगेको केन्द्रिय टोलीले महोत्तरीस्थित भगाहा नगरपालिका सिद्दपुरको दलित तथा मुसहर बस्तिका दुई सय परिवारलाई कम्बल वितरण गरी न्यानो वितरण अभियान सुरू गरेको हो।

उच्च रक्तचाप पहाडभन्दा तराईमा कम

अस्वस्थकर खानपान, अव्यवस्थित जीवनशैली र वंशाणुगतजस्ता कारणले हुने उच्च रक्तचापको जोखिम उपत्यका र पहाडका बासिन्दाको तुलनामा तराईका बासिन्दामा कम देखिएको छ ।

माओवादी शीर्ष नेता तराईमा

प्रदेश नम्बर २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि माओवादी केन्द्रका शीर्ष नेताहरु तराईमधेस झरेका छन्।  अध्यक्ष पुष्पकमल दाहाल चितवन हुँदै बारा पर्सा र रौतहटका कार्यक्रम भ्याएर पूर्वी तराईतर्फ लागेका छन् । शनिबार साँझ गढीमाई पुगेका अध्यक्ष दाहाल शनिबार बिहान रौतहटको चन्द्रनिगाहपुरमा नेताकार्यकर्ता भेटघाटमा व्यस्त भए ।

साँझदेखि मध्य र पश्चिम तराईमा थप भारी वर्षा

मौसम पूर्वानुमान महाशाखाले आइतबार (आज) साँझदेखि मध्य र पश्चिमका तराई जिल्लाहरुमा थप भारी वर्षा हुनसक्ने जनाएको छ। पूर्वी क्षेत्रमा वर्षा हुनेक्रम विस्तारै कम हुँदै जाने र पश्चिमका तराईका जिल्लाहरु साँझ भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ।

तराईमा बाढीको कहर, हेर्नुस् १६ तस्बिर

अविरल वर्षासँगै तराईमा बाढी र पहाडमा पहिरोले हजारौं जना विस्थापित बनेका छन्। बाढीले पूर्व झापा, सुनसरी, सप्तरी, सिरहा, रौतहट, पर्सा, चितवन, दाङ, बाँके, बर्दियालगायतका क्षेत्र प्रभावित बनेका छन्। मौसम पूर्वाअनुमान शाखाले वर्षा अझै हुने भन्दै जोखिम मानिएका क्षेत्रबाट अन्यत्र सर्न प्रशासनले आग्रह गरेको छ। हेर्नुस् तस्बिरहरु।

मध्य र पश्चिम तराईमा भारी वर्षा हुने, बबई, राप्ती र बगमतीको पानी सतह खतरा तहमाथि

मनसुन सुरु भएयता पहिलो पटक न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) चुरे र महाभारत पर्वतबीचको आकाशमा केन्द्रित भएकाले शुक्रबार बिहानदेखि मुलुकका अधिकांश क्षेत्रमा भारी वर्षा भएको छ। तीन दिनअघि नेपाल भित्रिएको यो प्रणालीले शुक्रबार बिहानदेखि भारी वर्षा गराएको मौसमविद्ले बताएका छन्।

तराईमा स्थानीय तहको संख्या घट्छ

स्थानीय तहको पहिलो चरणको चुनावपछि मुलुकको ध्यान दोस्रो चरणको चुनावमा छ । यसै सन्दर्भमा गत बिहीबार बसेको क्याबिनेट बैठकले उपप्रधानमन्त्री विजय गच्छदारको अध्यक्षतामा तराईका जिल्लामा स्थानीय तहको संख्या थप गर्न तीन सदस्यीय कार्यदल बनाएको छ । कार्यदलको समयावधि पाँच दिनको छ । छिटफुट घटनाबाहेक मुलुकको ५१ प्रतिशत भूभागमा भर्खरै चुनाव सम्पन्न भइसकेको छ । करिव ४० प्रतिशत बासिन्दा रहेका यस भूभागमा स्थानीय तहको संख्या बढाउन नपर्ने अनि बाँकी भूभागमा बढाउनैपर्ने यो कत्तिको न्यायोचित तथा व्यावहारिक छ ? कानुनी तथा राजनीतिकरूपमा यो बहस तथा छलफलको विषय होला तर प्राविधिकरूपमा स्थानीय तहको जनसांख्यिक तथा भौगोलिक वस्तुस्थितिको विश्लेषण हुनु आवश्यक छ ।

तराईमा जुडशीतल पर्व मनाइँदै

तराई–मधेशसका जिल्लामा आज(शनिबार) जुडशीतल पर्व उल्लासका साथ मनाईंदै छ । यो वर्षमा बिहानै घर र बस्तीका मान्यजन(जेष्ठ नागरिक)ले आफूभन्दा कान्छोलाई तालुमा जलसिँचन गरी थपथपाएर आर्शीवाद दिने चलन छ ।

चिचिलो आँपको अचार र सातु खाएर तराईमा नयाँ वर्ष मनाइँदै

नयाँ वर्ष २०७४ लाई तराई मधेशका ग्रामीण समुदायमा परम्परागत तवरले मनाइँदैछ । तराईका केही ग्रामीण क्षेत्रमा वैशाख १ गते बिहान घरमा कूल देवतालाई सातु र चिचिला आँपको अचार चढाएर मनाउने परम्परा छ।

तराईमा झरी, हिउँदे बालिलाई नोक्सानी, गहुँलाई फाइदा

लामो समयदेखी घेरेको बादल अन्ततः शुक्रवार पानी बनि झरेको छ। मध्यतराईका किसानहरुमा कसैको लागि यो माघेझरी हर्ष लिएर आएको छ भने कसैको लागि बिस्मात। सानोसानो बिराम लिँदै दिनभरी शुक्रबार परेको पानीपछि अब आकाश खुल्ने अनुमान गरिएको छ।

विकासको अभावले तराईमा असन्तुष्ष्टि: मन्त्री लेखक

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले विकासमा पछाडी परेकोले पनि तराई मधेसमा असन्तोष ब्याप्त रहेको बताएका छन्। उनले यहाँको विकासको लागि बेग्लाबेग्लै योजनामार्फत सरकारले सडक सञ्जाल विस्तारमा जोड दिनु पर्ने बताए।

तराईमा विग्रहको बीउ

नेपाल ३ हजार वर्षपहिलेदेखि नै तराई, पहाड र हिमाल एकात्मना भएको राष्ट्र हो। पछिल्ला ५० वर्षभित्र आप्रवासन गर्नेहरुले शक्तिशाली छिमेकीको साथ लिएर जुन माग अगाडि सारिराखेका छन् त्यो नेपाललाई कमजोर बनाउने रणनीति होइन भन्ने आधार के?

तराईमा हिन्दी कामकाजी भाषा मान्य छैनः ज्ञवाली

नेकपा (एमाले) का सचिव प्रदीपकुमार ज्ञवालीले पहाड र मधेसलाई विभाजन गर्ने गरी संविधानमा कुनै संशोधन हुन नसक्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्