गाउँमा चुनाव लक्षित गतिबिधि बढाउँदै दलहरु
स्थानीय निकायको चुनावको मिति घोषणा गर्ने चर्चासँगै यहाँका प्रमुख राजनीतिक दलहरु आफ्नो पक्षमा माहोल बनाउन गाउँ पसेका छन्। पार्टीका केन्द्रिय र जिल्ला स्तरका कार्यक्रम लिएर जनमत आकर्षित गर्ने क्रम बढ्दो छ।
स्थानीय निकायको चुनावको मिति घोषणा गर्ने चर्चासँगै यहाँका प्रमुख राजनीतिक दलहरु आफ्नो पक्षमा माहोल बनाउन गाउँ पसेका छन्। पार्टीका केन्द्रिय र जिल्ला स्तरका कार्यक्रम लिएर जनमत आकर्षित गर्ने क्रम बढ्दो छ।
वैदेशिक रोजगारीमा जाने कामदारसँग मेनपावर व्यवसायीले जथाभावी शुल्क उठाउने गरेको गुनासो व्याप्त रहेको बेला रोजगारदाता कम्पनीले समेत मनपरी असुली गर्न थालेका छन्।
विद्यालयवरिपरि सुर्तीजन्य र लागू पदार्थ बिक्रीवितरणमा बन्देज लगाउन काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुगमन बढाउने भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले विद्यार्थीलाई लक्षित गरी विद्यालय आसपास सुर्ती र मदिराजन्य पदार्थ बिक्रीले शैक्षिक वातावरण नै खलबलाएकाले रोक लगाउन प्रभावकारी कदम चालिने बताए।
‘उतिखेर गाउँभरि पोखरी र कुवा छ्यापछ्याप्ती थिए । पोखरी बनाउने र जोगाउने पुस्तौनी ज्ञान थियो । यिनै पोखरी र कुवाको पानीले कैयौं पुस्ता हुर्के बढे।’
बजारमा ग्यासको माग वृद्धि हुँदै गएपछि ग्यास उद्योगीले पनि क्षमता बढाउँदै लगेका छन्। उद्योगले पूर्वाधारसहित 'सिलिन्डर फिलिङ'को क्षमता बढाउन लागेका हुन्। इन्डियन आयल निगम (आइओसी)का विभिन्न रिफाइनरीबाट तरल ग्यास ल्याएर यहाँका प्लान्टमा भरेर बेच्दै आएका उद्योगीले लगानीसँगै बढाइरहेका छन्।
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकालाई विद्युत्भार कटौतीमुक्त गरेपछि मुलुकभर नै विद्युत् चोरीमा संलग्न र चुहावटमा संलग्नलाई समेत कारबाहीको प्रक्रिया युद्धस्तरमा अगाडि बढाएको छ । प्राधिकरणको तथ्याङ्कअनुसार मुलुकभर प्राविधिक र अन्य गरी २५ प्रतिशतभन्दा बढी चुहावट हुने गरेको छ । त्यसमा चोरीको मात्रा करिब पाँच प्रतिशतको हाराहारीमा रहेकाले पहिलो चरणमा चोरी नियन्त्रण गर्ने अभियान सुरु गरेको हो ।
रत्ननगर (चितवन)- गिठा र भ्याकुर खोजेर खाने तथा खोरिया फाँडेर मकै कोदो लगाएर बस्ने विकट गाउँका चेपाङको दिनचर्या फेरिन थालेको छ।
बैंक तथा वित्तीय संस्थाले धमाधम चुक्ता पुँजी बढाउन थालेका छन् । केन्द्रीय बैंकले साबिकको तुलनामा यसै आर्थिक वर्षभित्र ३ देखि ४ गुणासम्म चुक्ता पुँजी पु¥याउन निर्देशन दिएपछि उनीहरु पुँजी बढाउन हतारिएका हुन्।
परिवारका एक्लो छोरा थिए, सुशान्त श्रेष्ठ। बाबु सामान्य व्यापारी, आमा निजी अस्पतालकी कर्मचारी। आम्दानी राम्रै थियो। छोरालाई आँखाको नानीमा राखेर हुर्काए दम्पतीले। सँगसँगै हुर्कंदै थियो सपना– छोराले राम्रो पढ्ला, ठूलो मान्छे बन्ला! सपना पूरा गर्न हरसम्भव प्रयास गरिरहेकै थिए।