२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

३२ पुरुषले दिए सम्बन्धविच्छेदको मुद्दा

पुरुषले पनि श्रीमतीविरुद्ध सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न सकिने नयाँ कानुनी व्यवस्थाको प्रयोग गर्दै ओखलढुंगाका ३२ जना पुरुषले जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन्।

सम्बन्धविच्छेद मुद्दा एक चौथाइ बढी

जिल्ला अदालत मकवानपुरमा गत आर्थिक वर्ष (आव) २०७५÷७६ मा कुल मुद्दाको एक चौथाइभन्दा बढी अर्थात २७ दशमलव १० प्रतिशत सम्बन्धविच्छेदका परेका छन्। गत आवमा दर्ता भएका दुई हजार तीन सय ६ मध्ये ६ सय २५ वटा मुद्दा सम्बन्धविच्छेदका रहेको जिल्ला अदालत मकवानपुरका रजिस्ट्रार केशवराज कौशिकले बताए। अदालतद्वारा बुधबार आयोजित गत आवको प्रगति प्रतिवेदन प्रस्तुति र आगामी चौथो पञ्चवर्षीय योजना २०७६–८१ को विशेषताबारे अन्तरक्रिया कार्यक्रममा उनले सम्बन्धविच्छेदका चार सय ४९ मुद्दा फस्र्योट भए पनि एक वर्ष नपुगेकाले एक सय ७६ मुद्दा बाँकी रहेको बताए।

१ सय ४५ सम्बन्धविच्छेदका मुद्दा

नयाँ मुलुकी संहिता कार्यान्वयनसँगै २०७६ वैशाख २७ गतेसम्म जिल्ला अदालतमा १४५ जोडीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गरेको जिल्ला अदालत लमजुङले जनाएको छ।

ओखलढुंगामा सम्बन्धविच्छेदकाे मुद्दा दर्ता गर्ने बढे

जिल्ला अदालत ओखलढुंगामा भदौ १ पछि फागुन मसान्तसम्म दर्ता हुन आएका एक सय ३८ मुद्दामध्ये ४४ वटा सम्बन्धविच्छेदका छन्। ४४ मध्ये १८ जना पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका छन्।

श्रीमतीपीडित पुरुष सम्बन्ध विच्छेदका लागि अदालत धाउँदै

श्रीमानबाट श्रीमती पीडित भएको गुनासो समाजमा बढिरहेका बेला पछिल्लो समय पाल्पामा श्रीमतीपीडित पुरुषहरु पनि सम्बन्धित निकायमा पुग्न थालेका छन्। श्रीमतीबाट पीडित हूँ भन्दै पुरुष सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउन अदालत जाने गरेका छन्। विविध कारण देखाउँदै पुरुष स्वयं जिल्ला अदालतमा न्यायका लागि जान थालेका हुन्।

श्रीमती पीडित पुरुष धाउन थाले अदालत

रोल्पा जिल्ला अदालतमा गत भदौ १ गते यता आठ पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् । नयाँ मुलुकी संहिता जारी भएसँगै जिल्ला अदालतमा यस्ता मुद्दा आउन थालेको रोल्पा जिल्ला अदालतले जनाएको छ।

सम्बन्धविच्छेद माग्नेमा पुरुष बढी

जिल्लाको कालीगण्डकी गाउँपालिका १ का युवराज कुँवरले २०७० मंसिर १९ गते परिवारको सहमतिमा लीला कुँवरसँग धुमधामका साथ मागी बिहा गरे। बिहा गरेको केही समयपछि कुँवर वैदेशिक रोजगारका लागि मलेसिया पुगे।

सम्बन्धविच्छेद : निवेदन दिनेमा महिला बढी

चालू आर्थिक वर्षमा ललितपुर जिल्ला अदालतमा सम्बन्धविच्छेदको उजुरी दिनेमा पुरुषभन्दा महिलाको संख्या बढी रहेको छ । जिल्ला अदालतले उपलब्ध गराएको तथ्यांक अनुसार गत साउनदेखि माघसम्मको सात महिनाको अवधिमा सम्बन्धविच्छेदका एक सय ८० भन्दा बढी उजुरी परेका छन् । उजुरी दिनेमा अधिकांश महिला छन् भने पुरुषको संख्या एक÷दुई प्रतिशत मात्र रहेको छ । अधिवत्ता रञ्जिता थापा भन्छिन्, ‘सम्बन्धविच्छेदका मुद्दा लिएर आउनेमा महिलाको संख्या बढी छ । यसो हुनुको विभिन्न कारण छन्।

मकवानपुरमा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या वृद्धी

पाश्चात्य मुलुकको अनुकरणरणसँगै मकवानपुरमा सम्बन्धविच्छेद गर्नेको संख्यामा वृद्धि भएको छ ।

चुनावको मिति घोषणा गरे सरकारसँग सम्बन्धविच्छेद गर्ने मोर्चाको चेतावनी

सद्‍भावना अध्यक्षा तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेता राजेन्द्र महतोले संविधान संशोधन नगरीकन चुनावको मिति घोषणा गरे सरकारसँगको सम्बन्धविच्छेद गर्ने चेतावनी दिएका छन्। रिपोर्टस क्लबमा बोल्दै महतोले त्यसको विरुद्धमा आन्दोलनमा जाने चेतावनी समेत दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्