१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

भूकम्पले सुकेको मूलको संरक्षण

२०७२ को वैशाख १२ गते गएको भूकम्पपछि काठमाडौंको पूर्वीदक्षिण कुनाको विष्टछाप गाउँको सिरानको पानीको मूहानमा साविकभन्दा दोब्बर तेब्बर पानी आयो । तर वैशाख २९ गतेको पराकम्पपछि पानीको मूल आश्चर्यजनक ढंगमा सुक्यो । के गर्ने, कसो गर्ने गाउँलेहरू आत्तिए ।

‘केलाङ’ संरक्षणको यो अभियान

पाँचथर आउनेलाई के देखाउने ? केले स्वागत गर्ने ? भन्ने वित्तिकै आउछ लिम्बु सस्कृति । टिपिकल सस्कृति देखाउन खोज्दा  लिम्बु जातीको वाहुल्यता भएको जिल्ला भएकाले यहि सस्कृति देखाउने चलनको विकास भएको पाईन्छ । विभिन्न किसिमका लिम्बु सस्कृति भएपनि च्याब्रङ नाचा (केलाङ) देखाउन उपयुक्त ठानिन्छ । खुसिको अवसरमा नाचिने केलाङ नाच विभिन्न उत्सव, राजनीतिक कार्यक्रम, विभिन्न दिवसहरु, स्वदेशि तथा विदेशी पाउनाहरुलाई स्वागत गर्नका लागि  देखाईन्छ । सरकारी, गैरसरकारी निकाय, राजनीतिदल, संघसस्थाहरुले आजभोली च्याब्रङ नाँचको प्रयोग बढाएका छन् ।

मानवअधिकार संरक्षणका प्रयासहरुको सम्मान गरौँ : राष्ट्रपति फिङ

चिनियाँ राष्ट्रपति सि जिनफिङले तेस्रो विश्वका देशहरुले मानवअधिकारको विकास र रक्षाका लागि गरेका प्रयासहरुको सम्मान गर्न आग्रह गरेका छन्।

नेवाः संस्कृतिको संरक्षण आवश्यक छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाको मौलिक संस्कृतिको परिचायकका रुपमा रहेको नेवाः संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताएकी छन् ।

‘जीवन्त संग्रहालय’को संरक्षण

आधुनिक समाजमा संग्रहालय विकास र यसको व्यापकताको अवधारणामा उदार नीति बन्दैै गएको देखिन्छ । हाम्रा पुर्खाले प्रयोगमा ल्याएका अवयवहरूका साथै मानव जीवनका इतिहासका कैयौँ पाटाहरूलाई संग्रहालयमा समाहित गर्न र सकिने ती अवयवहरूका भिन्नताका आधारमा संग्रहालयको प्रकार र आकारमा विविधता हुन्छ ।

काँग्रेसद्वारा आतंककारीलाई संरक्षणः दाहाल

चितवन क्षेत्र नं. ३ मा बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले रोल्पामा सो पार्टीका उम्मेद्वारमाथि भइरहेका हमला नेपाली काँग्रेसलाई सहयोग पुर्‍याउने नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको आरोप लगाएका छन्। आफ्नो निर्वाचन क्षेत्र शिवनगरमा हालै मात्र भाडामा लिएको घरमा सोमबार बिहान चितवनका सञ्चारकर्मीहरुसँग कुरा गर्दा नेता दाहालले सो कुरा बताएका हुन्।

हिंसालाई राजनीतिक संरक्षण !

संक्रमणकालीन न्यायको विषय राष्ट्रको मात्र होइन, यो अन्तर्राष्ट्रिय चासोको कुरा पनि हो । मुलुकमा दिगो शान्ति स्थापना गरेबापत अन्तर्राष्ट्रिय पुरस्कारको हकदार ठान्ने व्यक्ति÷दल अथवा दिलाउन चाहनेसमेतले यसको हेक्का राख्नुपर्ने हुन्छ ।

लोपोन्मुख अधिया नाच संरक्षणमा स्थानीय

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम बोतोचुङ (चुमाखु) र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान कात्तिकेका स्थानीय लोपोन्मुख साँस्कृतिक अधिया लगायतका नाच संरक्षणमा जुटेका छन् । बाजेपुर्खाको अन्त्यासँगै लोपोन्मुख अवस्थामा पुगेको अधिया, ख्याली, छोकडा गीत र नाच संरक्षणका लागि स्थानीय जुटेका हुन्।

रोहिङ्गाको संरक्षणमा दीर्घकालीन योजना आवश्यक :राष्ट्रसंघ

झण्डै पाँच लाख जति म्यानमारका रोहिङ्गा मुस्लिम शरणार्थी रहेको बंगलादशेमा उनीहरुको संरक्षण र सहयोगका लागि विशेष र दीर्घकालीन योजना आवश्यक रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघका अनुसार हाल बंगलादेशमा म्यानमारका करिव पाँच लाख म्यानमालीले शरण लिएर बसेका छन् । उनीहरु तत्कालै घर फर्किने अवस्था देखिँदैन ।

प्रहरीको संरक्षणमा जुवातास

दसैंको मुखमा कैलालीको धनगढी, अत्तरिया, वलिया, चिसापानी लगायत बिभिन्न ठाउँमा प्रहरीको संरक्षणमा जुवातास खेलाइएको खुलासा भएको छ।

पानीको मुहान संरक्षणका लागि ९ वटा रिचार्ज पोखरी

पानीको मुहान संरक्षणका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा रिचार्ज पोखरी निर्माण गरिएको छ । सुक्खाग्रस्त क्षेत्र घोषित च्यास्मीटार र दुर्छिममा वर्षाको पानीबाट हुने जमिन कटान रोकथाम गर्दै पानीको मुहान संरक्षणका लागि ९ वटा रिचार्ज पोखरी निर्माण गरिएको हो ।

गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै

दुर्लभ एकसिंगे गैँंडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। चोरी शिकार, वासस्थानको अभाव, पानीको स्रोतमा आएको कमी, मानव–वन्यजन्तु द्वन्द्व, जलवायु परिवर्तनलगायतका कारण दुर्लभ वन्यजन्तु एकसिंगे गैँडा संरक्षणमा चुनौती थपिएको हो।

राष्ट्रपतिसमक्ष संरक्षणकर्मीको गुनासो

प्रकृति संरक्षणमा सक्रिय सरकारी निकाय, नेपाली सेना, नेपाल प्रहरी र गैरसकारी संघसंस्थाका प्रतिनिधिले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्ना समस्या राखेका छन् । उनीहरूले संघीय संरचना र अधिकारको बा“डफा“टले संरक्षण क्षेत्र अन्यौलमा परेको गुनासो गरे । साथै नेपाली सेना र प्रहरीका अधिकारीले आपूmहरूको संगठनको भूमिकाबारे कानून स्पष्ट नभएकाले काम गर्न अप्ठेरो भइरहेको बताए ।

प्रहरीकै संरक्षणमा गैरकानुनी उत्खनन्

सिरहाको धनगडीमाई नगरपालिकाको जयपुरमा तीन दिनदेखि गैरकानुनी ग्राभेल उत्खन्न भैरहेको छ। स्थानीय खहरे खोला किनारमै मेसिन (जेसिवी)मार्फत भैरहेको ग्राभेल उत्खन्न गैरकानुनी भएको जानकारी पाउँदासमेत सो क्षेत्रका प्रहरी चुपचाप छ।

बाघ संरक्षण र जीविकोपार्जन

पहिलो निकुञ्जका रूपमा सन् १९७३ मा चितवन राष्ट्रिय निकुञ्ज घोषणा गरिएपछि नेपालमा व्यवस्थित तवरले पाटेबाघ संरक्षण सुरु भयो। त्यसपछि बाघ, एसियाली  हात्ती र एकसिंगे गैँडा संरक्षण सँगसँगै गर्न थालियो। चितवनबाहेक बाघ पाइने बर्दिया, शुक्लाफाँटा र पर्सा क्षेत्रलाई पनि निकुञ्ज तथा आरक्ष घोषणा गरी संरक्षण गर्न थालियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्