८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रोहिङ्गाको संरक्षणमा दीर्घकालीन योजना आवश्यक :राष्ट्रसंघ

जेनेभा, असोज १३ - झण्डै पाँच लाख जति म्यानमारका रोहिङ्गा मुस्लिम शरणार्थी रहेको बंगलादशेमा उनीहरुको संरक्षण र सहयोगका लागि विशेष र दीर्घकालीन योजना आवश्यक रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघका अनुसार हाल बंगलादेशमा म्यानमारका करिव पाँच लाख म्यानमालीले शरण लिएर बसेका छन् । उनीहरु तत्कालै घर फर्किने अवस्था देखिँदैन । 
सोही कारणले पनि उनीहरुको व्यवस्थापनका लागि दीर्घकालीन कार्यक्रम र रणनीतिको आवश्यकता रहेको राष्ट्रसंघले जनाएको हो । संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकायका प्रमुख फिलिपो ग्रान्डीका अनुसार उनीहरुको अहिलेको अवस्था अत्यन्तै नाजुक छ, खानपिनको राम्रो प्रबन्ध छैन र सरसफाइ पनि छैन । 
‘यो अत्यन्तै डरलाग्दो अवस्था छ । यहाँका शरणार्थीले खानेकुरा र पानीको  कारण ज्यान गुमाउन सक्ने अवस्था आउन सक्छ,’संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकायका प्रमुख फिलिपो ग्रान्डीले भने,‘उनीहरुलाई घर फिर्ता हुने वातावरण निर्माण गरिदिने हो । तत्काल त्यो सम्भव छैन । त्यसैले हामीले उनीहरुको बसाइँको लम्बाइको विचार गरेर पनि दीर्घकालीन संरक्षण योजना ल्याउनु आवश्यक छ ।’ म्यानमारमा उक्त समुदायमाथि सरकारी सेनाले नै हिंसा गरेको आरोपमा उनीहरुले गएको अगष्ट २५ देखि घर छोडेर हिँडेका थिए । 

प्रकाशित: १३ आश्विन २०७४ ०१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App