१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml

पुनर्निर्माणको बाँकी काम सम्बन्धित सरकारी निकायलाई हस्तान्तरण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणको बाँकि काम सम्बन्धित सरकारी निकायलाई नै हस्तान्तरण गरेको छ।

भारतद्वारा नेपाललाई ४२० करोड अनुदान

भारत सरकारको ४२० करोड रुपैयाँ अनुदान सहयोगमा १४ वटा सांस्कृतिक सम्पदा परियोजना र १०३ वटा स्वास्थ्य परियोजनाको पुनर्निर्माणका लागि शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

पुनर्निर्माण प्राधिकरणले गर्दै आएको बाँकी काम सम्बन्धित निकायलाई हस्तान्तरण

बुधबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले राष्ट्रिय पुनर्निर्माणको बाँकी काम सम्बन्धित निकायबाटै कार्य सम्पादन हुने गरी हस्तान्तरण गर्ने निर्णय गरेको हो।

भूकम्पपीडितलाई ओसाकाको सहयोग

सर्वाधिक कमाइ गर्ने महिला टेनिस स्टार ओसाका व्यक्तिगत रूपमा पनि क्यारेबियन राष्ट्र हाइटीसँग जोडिएकी छन्। उनका पिता हाइटीका नागरिक थिए। शनिबार नै उनका पिताको जन्मदेश हाइटीमा ७.२ रेक्टरको शक्तिशाली भूकम्प गएको थियो।

३१ जिल्लामा विद्यालय पुनर्निर्माण बाँकी व्यवस्थापनको जिम्मा शिक्षा एकाइलाई

मन्त्रालयका अधिकृत एकराज आचार्यको हस्ताक्षरसहित जारी निर्देशनमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सिंहदरबार र केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) लाई बोधार्थ जनाई साउन १ गतेदेखि कार्यान्वयन हुनेगरी कार्यालय व्यवस्थापन गर्न निर्देशन जारी गरिएको छ।

पुनर्निर्माण प्राधिकरणको जनशक्ति यथावत राख्न सिफारिस

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणलगायतका कार्यहरु सम्पन्न गर्न प्राधिकरणको अवधिभर विद्यमान जनशक्ति यथावत राख्न सिफारिस गरेको छ।

भूकम्पपीडितले आवास अनुदान कात्तिकसम्म लिइसक्नुपर्ने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको बैठकले विविध कारणवश हालसम्म अनुदान सम्झौता गर्न नसकेका वा अनुदानको किस्ता लिन नसकेका लाभग्राहीलाई कात्तिक मसान्तभित्र तेस्रो किस्ता लिने गरी घर पुनर्निर्माण गर्न अनुरोध गरेको छ।

यस्तो रह्यो पुनर्निर्माणको तस्बिर

पुनर्निर्माणका लागि स्वीकृत पञ्चवर्षीय पुनर्निर्माण तथा पुर्नस्थापना योजनानुसार परिमार्जित कुल बजेट ४ खर्ब ८८ अर्ब रुपैयाँ हो। यसमध्ये सरकार एवं दातृ निकायहरूको समेत गरी २०७७ चैत मसान्तसम्म ३ खर्ब ५७ अर्ब रुपैयाँ खर्च भएको छ।

पुनर्निर्माणका प्राविधिकको बिमा अघि बढ्यो

घाइते प्राविधिकले पाउने भनी निश्चित भएको बिमा सुविधा हालसम्म प्राप्त नभएको प्राविधिकको गुनासो थियो। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणमा खटिएका प्राविधिकको बिमा व्यवस्थापन गर्न आवश्यक पहलकदमी भइरहेको बताए।

पुनर्निर्माण प्राधिकरणले जोखिममुक्त नेपाल महाअभियान चलाउने

प्रधानमन्त्री एवं प्राधिकरणको निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको निर्देशक समितिको १८औं बैठकले यससम्बन्धी कार्यक्रमको प्रस्ताव तयार पारी आगामी आर्थिक वर्षदेखि उक्त महाअभियान सुरु गर्ने निर्णय गरेको हो।

पुरातात्विक सम्पदा पुनर्निर्माण सुस्त

२०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पले धादिङका करिव दुई सय भन्दा बढी बौद्ध गुम्वा, बौद्ध विहार र छ्योर्तेनहरुमा क्षति पुर्‍यायो। भूकम्प गएको एक वर्षपछि बौद्ध गुम्वा र धार्मिक सम्पदाहरुको पुनर्निर्माण सुरु गरेको भएपनि पुनर्निर्माण हुन सकेको छैन।

बबरमहल र केशरमहल प्रबलीकरण एक तिहाइ सकियो

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७६ सालमा यी दुई संरचनाको प्रबलीकरण सुरु गरेको थियो। पुनर्निर्माण प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले यी दुई भवनको काम एक तिहाइ सकिएको जनाएको छ।

यस्तो बन्यो भूकम्पले भत्किएको सिंहदरबार

भूकम्पको पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अहिले भूकम्पले क्षतिग्रस्त भएको सिंहदरबारस्थित मुख्य प्रशासनिक निकाय सिंहदरबारको पूर्वी, उत्तर तथा दक्षिणी मोहडासहितको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तयार गरेको छ। यही फागुन ३ गते एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले यसको उद्घाटन गरिसकेका छन्।

सेतो मच्छिन्द्रनाथको प्रबलीकरण सुरु

सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणमा भारत सरकारले प्रतिबद्घता जनाएको करिब पाँच अर्ब ८० करोड रूपैयाँ (५० मिलियन अमेरिकी डलर) अनुदान अन्तर्गत पुनर्निर्माण हुन लागेका २८ सम्पदामध्ये यो पहिलो परियोजना हो। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुरानै प्रविधि र परम्परागत निर्माण सामग्री प्रयोग गरेर मन्दिर प्रबलीकरण गरिने बताए।

सेतो मच्छिन्द्रनाथको प्रवलीकरण सुरु

काठमाडौं महानगरपालिका–३५ जनबहालस्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलीकरणको कार्य सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्