९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

पुनर्निर्माणका प्राविधिकको बिमा अघि बढ्यो

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको क्रममा घाइते भएका प्राविधिकलाई बिमा सुविधा उपलब्ध गराउने भएको छ। घाइते प्राविधिकले पाउने भनी निश्चित भएको बिमा सुविधा हालसम्म प्राप्त नभएको प्राविधिकको गुनासो थियो। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणमा खटिएका प्राविधिकको बिमा व्यवस्थापन गर्न आवश्यक पहलकदमी भइरहेको बताए।  

सोमबारको छलफलपछि उत्साहका साथ पुनर्निर्माणमा क्रियाशील हुने समझदारी बनेको हो। छलफलका क्रममा घाइते प्राविधिकले पाउने भनी निश्चित भएको बिमा सुविधा हालसम्म प्राप्त नभएको प्राविधिकबाट जानकारी गराइएको थियो। उक्त बिमा सुविधा उपलब्ध गराउन प्राधिकरणको प्रशासन महाशाखाले सम्बन्धित बिमा कम्पनीसँग आवश्यक समन्वय गरी प्राप्त गर्ने कुरा सुनिश्चित गर्ने समझदारी बनेको छ। प्राधिकरणले पुनर्निर्माणमा खटिएका सबै प्राविधिकको बिमाका लागि प्रिमियम बुझाइसकेको छ। सरकारले कोभिड–१९ को महामारीका कारण चालु आर्थिक वर्षको बजेटमा नै सबै कर्मचारीको प्रोत्साहन भत्ता कटौती गरेकाले पुनर्निर्माणमा खटिएका प्राविधिकका लागि मात्र माग गर्नु उपर्युक्त नहुने धारणा प्राधिकरणका अधिकारीको थियो। 

प्रकाशित: १४ वैशाख २०७८ ०२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App