५ आश्विन २०८१ शनिबार
image/svg+xml

किसानलाई स्याउ बगैंचा व्यवस्थापनको चटारो

जुम्लामा ४ हजार २ सय हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ खेतीमध्ये करिब १६ सय ५० हेक्टर क्षेत्रफलमा मात्र स्याउले फल दिने गरेको छ। जिल्लाको एक नगरपालिकासहित सबै स्थानीय तहमा स्याउ फल्छ। यहाँ गोल्डेन, रेड, रोयल र जोनाथन जातका स्याउ पाइन्छन्।

जुम्लामा नुनको राजनीति अन्त्य

जुम्लामा नुनको लागि सिँजाको कनकासुन्दरी गाउँपालिकामा एक बिक्री केन्द्र छ। जहाँ बार्षिक एक हजार क्वीन्टल कोटा नुन आउँछ। सिँजा गाउँपालिकाको नराकोटमा नुनको डिपो राखिएको छ। त्यहाँ बार्षिक ७ सय कोटा नुन आउँछ।

जुम्लामा बालबालिकालाई खोप

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जुम्लाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार नगरभित्रका तीन हजार ८ सय बालबालिकालाई मोडर्ना खोप लगाउने लक्ष्य छ।

‘विहेबारी बीस वर्षपारी’

स्थानीयतहले तथ्याङ्क सङ्कलन गरेर बालविवाह हुनुको कारण बारेमा पहिचान गर्ने छ। यो अभियानमा जनप्रतिनिधि, कर्मचारी र गाउँपालिकावासी जागरुक भएर लाग्नुपर्ने बेला आइपुगेको छ। शिक्षक, कर्मचारी,जनप्रतिनिधिबाटै बालविवाहलाई प्रोत्साहन दिने काम भइरहेको छ।

चियाले चलेको प्रेरणादायी जोडी

चिया पसलमा बिहान,दिउँसो र बेलकीपख निकै भिड देखिन्छ। त्यो भिड चिया पिउनका लागि जम्मा भएको भिड हो। जुम्ला चन्दननाथ नगरपालिका २ का काशीराम भण्डारी र देवीकन्य भण्डारीले चलाएको चिया पसल निकै लोकप्रिय छ।

जुम्ली किसानको रोजाइ बन्दै फुजी स्याउ खेती

जुम्ला गुठिचौर गाउँपालिका ५ का मीनबहादुर भण्डारीले उच्च घनत्वको स्याउ ३० हजार विरुवा रोपेका छन्।

हिउँदे वर्षाले जुम्लाका किसानलाई राहत

हिउँदे वर्षाले जुम्लाका किसानलाई राहत भएको छ। हिउँदे बालीनाली उत्पादन गर्ने याममा वर्षा हुँदा यहाँका किसानलाई निकै राहत भएको तातोपानी गाउँपालिका–४ का स्थानीयवासी प्रेमराज पाण्डेले बताएका छन्।

तिला गाउँपालिकाका १४ गाउँ छाउगोठ मुक्त

सर्वोदय नेपाल र इटालियन फाउण्डेशनको सहयोगमा यहाँका बस्ती छाउगोठ मुक्त कार्य अघि बढेको छ। स्थानीय सरकारसँग समन्वय गरेर छाउगोठ मुक्त अभियान तीव्र गतिमा अघि बढेको सर्वोदय नेपालका केन्द्रीय कार्यकारी निर्देशक धनबहादुर ऐरले बताए।

लोभलाग्दो कठिना हाइटेक नर्सरी

नर्सरी स्थापना भएपछि विभिन्न प्रजातिका बिरुवा उत्पादनमा किसानको रुचि जागेको छ। नर्सरी कर्णाली राजमार्गआसपासमै भएकाले सहजै रूपमा सबैले अवलोकन गर्न सक्ने अवस्था छ। जिल्लाका विभिन्न क्षेत्रबाट किसान आउँछन्। जडिबुटी, घाँस प्रजातिबारे निकै चासो राख्छन्।

मङ्सिर १९ गतेदेखि जुम्लामा एमबिबीएस कक्षा सञ्चालन

कर्णालीमा पहिलोपटक एमबिबीएसको अध्ययन सुरुआत हुन लागेको हो। चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत परीक्षामा उत्तीण भएका विद्यार्थीले अध्ययनका लागि भर्नासमेत गरिसकेको प्रतिष्ठानले जनाएको छ।

उपकुलपतिलाई काम गर्न रोक

सरकारले उपकुलपति रावलसहित रजिस्ट्रार नृपेन्द्र महतलाई पनि तत्काल कामकाज नगर्न निर्देशन दिएको छ। कर्णाली प्रतिष्ठानका पदाधिकारीको योग्यतामाथि प्रश्न उठेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाललाई दैनिक कामकाज नगर्न निर्देशन दिएको हो।

बाढीपीडित भन्छन्- चामल नदेऊ, धानखेत बनाइदेऊ

यही असोज ३१ देखि कात्तिक १ गतेसम्म परेको अविरल वर्षाका कारण कात्तिक २ गते राति आएको बाढीले धानखेत बगर बनेपछि उनीहरुको कमाइखाने आधार सकिएको छ।

बाढी प्रभावित क्षेत्रमा जलस्रोत मन्त्री श्रेष्ठ

कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठ जुम्लाको बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। बाढी प्रभावित नागरिकका समस्या सुन्न र प्रत्यक्ष रुपमा बाढी पुर्‍याएको क्षति अवलोकन गर्न स्थलगत अनुगमनमा निस्किएका हुन्।

बाढीले बिद्यालय बगर बनाउँदा विद्यार्थीको बिचल्ली

जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित नेत्रज्योति माबि हाँकु बाढीले बगर बनाएपछि विद्यार्थीको बिचल्ली भएको छ। अहिले उनीहरु खुला आकाशमा पठनपाठन गर्न बाध्य छन्।

जुम्ला विमानस्थलः टिकट नपाउँदा रेफर गरेका बिरामी घर फर्काइए

निकै गम्भीर प्रकृतिको बिरामी छोरा लिएर उनी अस्पतालमा पुगे। हवाइ टिकटका लागि एयरलाइन्सका कर्मचारीदेखि एजेन्सी सबैलाई हारगुहार गरे। तर टिकट पाएनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्