१४ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

चियाले चलेको प्रेरणादायी जोडी

जुम्लाको प्रसिद्ध चन्दननाथ मन्दिरपछाडि उद्योग वाणिज्य संघको भवनसँगै जोडिएको सानो टहरो छ। टहरोमा एक चिया पसल छ। त्यो चिया पसलको न साइनबोर्ड छ,न त धेरै प्रचार प्रसार नै। तर त्यो चिया पसलमा बिहान,दिउँसो र बेलकीपख निकै भिड देखिन्छ। त्यो भिड चिया पिउनका लागि जम्मा भएको भिड हो। जुम्ला चन्दननाथ नगरपालिका २ का काशीराम भण्डारी र देवीकन्य भण्डारीले चलाएको चिया पसल निकै लोकप्रिय छ।

चन्दननाथ मन्दिरको आसपासमै रहेको चिया पसलमा झिसमिसेमै चिया पिउनको लागि ग्राहक आइपुग्छन्। चिया पिउने र समसामयिक विषयमा गन्थन गर्ने थलो बनेको त्यो पसल जेष्ठ नागरिक जोडीले खोलेको चिया पसल। हरेक हिसाबले केन्द्रमा रहेको त्यो चिया पसल सबैका लागि निकै प्रेरणादायी बनेको छ।

जेष्ठ नागरिक केही गर्न सक्दैनन्। उनीहरू छोराछोरीको कमाइमा निर्भर हुन्छन् भन्ने भ्रम ताडेको छ। जुम्ला चन्दननाथ नगरपालिका–२ का ६७ बर्षिय काँसीराम भण्डारी र उनकी पत्नी ६५ वर्षीय देवीकन्य भण्डारीले ग्राहकलाई चिया पिलाउन बिहानैदेखि खटिन्छन्।

उनीहरूले चिया बेचेर मनग्गे आमदानी गरेका छन्। उनीहरूले त्यो स्थानमा झण्डै २० बर्षदेखि चियापसल खोलेका हुन्। त्यो चियापसल जुम्लाकै लोकप्रिय हो। यहाँका अधिकांश घरपरिवार तथा छोराछोरीबाट जेष्ठनागरिक साहराविहीन छन्। छोराछोरीको कमाइमा निर्भर छन, स्थानीय विष्णुमाया बुढाले भनिन्, ‘यो जोडी आफैंमा निर्भर छ। सबैको प्रेरणा हो यो जोडी।’

काशीरामले चिया पसलबाट कमाएको रकमले छोरीलाई अनमी पढाउन सफल भए। उनले छोराछोरीको पढाइसँगै मेहनत गरे बेरोजगार बस्नु पर्दैन भन्ने सन्देश दिएका छन्। उनको पसलमा चिया पिउनेकोे भिड लाग्छ। दुध चिया पिउनेको लागि दुध चिया, कालो चिया खानेका लागि कालो चियाको व्यवस्था छ। एक दिनमा ५ सयभन्दा बढी गिलास चिया बेच्ने गरेको अनुभव काशीरामको छ।

यो जोडी हिउँदको माइनस चिसोदेखि बर्खाको अधिकतम गर्मीमा चिया बनाउँछन्। चन्दननाथ मन्दिरको टहरा भाडामा लिएका छन्। चिया बेचेर घरखर्च चलाउन सहज भएको उनीहरू बताउँछन्।

चियाका लागि दैनिक ६० लिटर दुध खपत हुनछ। कहिलेकाहीँ त ग्राहकको माग अनुसारको चिया पु¥याउन सकिने अवस्था हुँदैन। वरिपरि धेरै चियापसल छन। तर उनको चिया पसलमा ग्राहकको निकै भिड लाग्ने गरेको छ।

चिया बेचेर एक स्याउ बगैँचा बनाएका छन्। स्याउबाट बर्सेनि डेढ लाख रूपैयाँ बिक्री हुन्छ। उनीहरूले दैनिक एकसय ५० रूपैयाँ जम्मा गर्छन्। भविष्यमा कुनै समस्या समाधाका लागि बचत गर्ने गरेको उनी बताउँछन्।

अहिले चियापसलमा कमाएको घरमा छोराछोरीलाई सहयोग गरिरहेको देवीकन्यले बताइन्। ‘आफ्नो पाखुरा हुँदासम्म आफैं काम गरेर खानु पर्छ। आम्दानी आउने बाटो भए छोराछोरीले पनि सम्मान गरेको अनुभव हुन्छ,’ उनले भनिन्।

चियापसलमा देवीकन्य चिया पकाउँछिन्। काशीरामले भाडा धुने गर्छन्। उनीहरूको काम गराइको दृश्यले निकै प्रभावित बनाउँछ।

उनको चियापसलमा विहान,दिउँसो र बेलुकीपख निकै भिड हुन्छ। अधिकांश उनीहरूका नियमित ग्राहक छन्। देवीकन्यले भनिन्, ‘एक दिन चिया पसल बन्द गर्नुपर्दा निकै अफ्ठ्यारो महसुस हुन्छ।’

प्रकाशित: ५ पुस २०७८ ०३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App