५ आश्विन २०८१ शनिबार
image/svg+xml

बाढीले बगाएको सपना

उनको व्यापार आशा लाग्दो थियो। त्यो टहरा संगै उनले मिल खोलेका थिए। त्यो मिलले कुटानी पिसानी देखि काठ चिरानी सम्मको काम गरिरहेको थियो। तर कात्तिक १ गते भेरीखोलामा आएको बाढीले उनको घर बगायो। मिल पनि राखेन। अहिले उनी विस्थापित जस्तै छन्।

दुर्गम कर्णालीका जिल्लामा उड्दैनन् सरकारी जहाज

नेपाल एयरलाइन्सले नियमित तालिका बमोजिम उडान नभर्दा कर्णालीका विमानस्थलमा यात्रुले चर्को भाडातिरेर यात्रा गर्न बाध्य हुनु परेको छ।

बाढीले जुम्लाका आधा दर्जन बढि विद्युतमा क्षति, बस्ती अन्धकार

जुम्लामा यही कात्तिक १ गतेदेखि परेको अबिरल वर्षाका कारण आएको बाढीले आधा दर्जन बढि विद्युतगृहमा क्षति पुगेको छ।

वर्षाले धानबाली नष्ट,भोकमरी हुने त्रास

वर्षा भएदेखि उनी राम्रोसित निदाएका छैनन्।उनी खेतमा काटेर राखेको धान कसरी घर भित्र्याउने भन्ने मै सोचिरहेका छन्। उनले भने,‘निरन्तर वर्षा भइरहेको छ। खेतमा धानका दाना जताततै बगिरहेका छन्। न मेहनत रह्यो न त फल पाइयो। खेतको आलीमा बसेर टुलुटुलु हेर्नुबाहेक केही छैन।’

अनलाइन विकृतिविरुद्ध जुम्लाका किशोरी

जुम्ला सिँजा गाउँपालिका ५ नराकोटकी राज्यलक्ष्मी हमाल किशोरीको पक्षमा वकालत गर्ने एक अभियन्ता जस्तै हुन्। उनी किशोरी अधिकारका बारेमा संधै छलफल गर्छिन्।

चुनावको झल्को दिने काँग्रेस महाधिवेशन

‘स्थानीय र आम चुनावमा काँग्रेस यसैगरी कसिएको भए नम्बर एक पार्टी बन्ने थियो। बाहिर नरमरुपमा प्रस्तुत हुन्छ, भित्र कडा प्रतिश्पर्धा गर्छ यही भएर काँग्रेस प्रति जनविश्वास घट्दो छ।’ निर्वाचनमा दुवै क्षेत्रमा पौडेल पक्षको नेतृत्व प्यानलसहित बिजयी बन्यो। देउवा पक्षले नराम्ररी हार बेहोर्‍याे। देउवा पक्ष बिजेता प्रतिनिधिको प्रमाणपत्र वितरण कार्यक्रममा समेत सहभागि भएन। यसले काँग्रेस भित्र ठूलो खाडल सिर्जना भएको संकेत गर्छ।

विकास ओसार्दै कर्णाली सडक

स्थानीय भन्छन्– मोटर हाम्रा लागि बरदान बनेका छन्। दुःख बोकेर बाहिरिन्छन्, विकास बोकेर भित्रिन्छन्। कर्णालीमा मोटरसँगै विकास पनि भित्रिएको छ। जीवन निर्वाह गर्न पुरुषहर कालापहाड जानुपर्ने बाध्यता हट्दै जान थालेको छ। सडक खुलेपछि गाउँमै रोजगारी सिर्जना भएको छन्। यो सुखद पक्ष हो।

परीक्षा केन्द्र माग्दै जुम्ला क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी

जुम्ला बहुमुखि क्याम्पस जुम्लामा परीक्षा केन्द्र कायम हुनु पर्ने माग गर्दै विद्यार्थीले क्याम्पसमा ताला लगाएका छन्।

जाग्दै किशोरी, भाग्दै विकृति

पहिले गोठको एक कुनामा बसेर गाइवस्तुसंग रात बिताउन बाध्य महिला अहिले घरको एक कुनामा सुरक्षित बस्न थालेका छन्। पहिले पेटमै हुँदा छोरी दिने चलन हटेको छ। बाल शोषणका क्रियाकलापमा कमी आएको छ। साजनाले भनिन्,‘अब समाजमा सचेतना पुगिसकेको छ। कानुनका कुरामा कडाइ गर्न जरुरी छ। अहिले सम्म जनचेतना भयो। अब कानुनी प्रक्रिया पनि निकै कडाका साथ अघि बढाउनुपर्छ। यी सबै खाले विकृति पूर्ण रुपमा अन्त्य हुनेछन्।’

पुरानै लयमा फर्किंदै जुम्ला

कोरोना संक्रमणबाट जुम्ला पनि अछुतो रहेन। कोरोनाको पहिलो लहरमा जुम्ला निकै सुरक्षित थियो। चीनको वुहान प्रान्तमा कोरोना संक्रमण देखिएको बेला जुम्लामा उच्च सावधानी अपनाउन थालिएको थियो।

कोरोना मैदानको एप्रोनधारी कमान्डर डा. सुनिल

डा. बुढाथोकी पातारासी गाउँपालिकामा खटिए। उनी एक महिना बसे। गाउँमा गएर कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सचेतना फैलाउने, पिसिआर टेस्ट गर्ने र संक्रमितको अवस्था हेरेर उपचार विधि अपनाउन थाले। उनी कोरोना कालमा निकै जोखिमपूर्ण ठाउँमा खटिए। उनले त्यही ठाउँबाटै औधि माया पाए। अहिले उनी पुगेका हरेक बस्तीमा उनकै चर्चा हुन्छ। स्थानीय टेलिफोन गरेर स्वास्थ्य परामर्श लिन्छन्। स्वास्थ्यकर्मी फोन गरेर स्वास्थ्य क्षेत्रमा देखिएका समस्या राख्छन्।

जुम्लामा अहिले स्याउको समय

अहिलेसम्म दुई सय मेट्रिकटन स्याउ जिल्ला बाहिर निर्यात भएको छ। बगैंचामै व्यापारीले प्रतिकेजी ६० रूपैयाँमा स्याउ खरिद गर्ने गरेका छन्। यहाँको लागि सबैभन्दा नजिकैको बजार सुर्खेत हो। त्यसपछि कोहलपुर, नेपालगन्ज हुँदै काठमाडौं र पूर्वको बजारसम्म जाने गरेको छ।

जुम्लाका खेलाडीलाई मैदानकै पिरलो

जुम्लाकी राममाया बुढा राम्रो संभावना बोकेकी एथ्लेटिक्स खेलाडी हुन्। उनी एकाबिहानै जुम्ला चन्दननाथ नगरपालिका ५ स्थित सिमाचौरमा प्रशिक्षणका लागि आउँछिन्। घरबाट निस्कँदा खेलमैदान राम्रो होस्। हिलो नहोस भन्ने चाहन्छिन्। तर खेलमैदानमा पुग्दा हिलोले निकै सास्ती दिने गरेको छ।

विद्यालय खुलाउँदै जुम्लाका स्थानीय तह

कोरोना संक्रमणका कारण लामो समयदेखि ठप्प भएका जुम्लाका विद्यालय खुल्न थालेका छन्। यहाँका स्थानीयतह शिक्षक,विद्यार्थीको कोरोना परिक्षण गर्दै कोरोना रिर्पोटका आधारमा विद्यालय खुलाउन थालेका हुन्।

विवादै नभएको विषयमा छानबिन समिति, तुइन प्रकरणमा मौन

सरकारले भारतीय सशस्त्र सुरक्षा बल एसएसबीले तुइन काटिदिँदा दार्चुलाका युवा जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको विषयमा भारतलाई कूटनीतिक नोट बुझाउने तथा छलफल गनुपर्नेमा त्यसप्रति बेवास्ता गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्