२४ वैशाख २०८१ सोमबार
image/svg+xml

प्रशोधित तेल निकासी साढे तीन सय प्रतिशत बढ्यो

आर्थिक वर्ष २०७६/०७७ मा वीरगन्ज नाकाबाट ६१ हजार ५ सय ५० टन भटमासको प्रशोधित तेल र ४२० टन सूर्यमुखी तेल निर्यात भएको थियो। वीरगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए अनुसार नेपालको निर्यात व्यापारमा प्रशोधित तेलको योगदान उल्लेखनीय छ।

घ्यू र खानेतेलमा अत्यधिक मूल्यवृद्धि

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा चालु आर्थिक वर्षको १० महिनामा घ्यू तथा तेलमा २८.२० प्रतिशतले मूल्यवृद्धि भएको उल्लेख छ।

खानेतेलमा अचाक्ली मूल्यवृद्धि

कच्चा पदार्थको मूल्य बढेको बहानामा उत्पादकले खाने तेलको मूल्य अचाक्ली वृद्धि गरेका छन्। एक वर्षको अवधिमा खानेतेल लिटरमा करिब एक सय रूपैयाँभन्दा धेरै महँगिएको छ। पछिल्लोपटक निषेधाज्ञा सुरु भएपछि तेलको मूल्य लिटरमा करिब २० देखि ३० रूपैयाँसम्म वृद्धि भएको छ।

खानेतेलमा अचाक्ली मूल्यवृद्धि

निषेधाज्ञा सुरु हुनुअघि थोक मूल्य १४ सय ५० रूपैयाँमा पाइने १० लिटर तेललाई अचेल २५ सय ५० रूपैयाँ तिर्नुपर्ने किराना व्यापारीको भनाइ।

खानेतेलमा ४५ र गेडागुडीमा ४० रूपैयाँसम्म महँगी

गत साउनमा तोरी तेलको मूल्य प्रतिलिटर २२५ रूपैयाँ थियो। अहिले २० रूपैयाँ २४५ रूपैयाँ पुगेको छ। त्यस्तै सनफ्लावर तेलको मूल्य प्रतिलिटर १६५ रूपैयाँबाट बढेर २१० पुगेको छ। सनफ्लावर तेलमा लिटरको ४५ रूपैयाँ मूल्य बढेको छ। भटमास तेलको मूल्य पनि ४५ रूपैयाँ बढेको छ। साउनमा पोखरामा भटमास तेलको मूल्य लिटरको १५५ रूपैयाँ रहेकोमा अहिले २०० छ।

चार अर्ब ४३ करोडको तेल निर्यात

वीरगन्ज भन्सार भएर चार अर्ब ४३ करोड ४१ लाख ६ हजार रुपैयाँ बराबरको दुईथरी खानेतेल भारत निर्यात भएको छ। नेपालबाट भारततिर भटमासको तेल र पाम आयल निर्यात सुरु भएको हो।

निम्बसको प्रोबायोटेकलाई आइएसओ २२०००ः२००५

खानेतेल उत्पादन गर्ने निम्बसको प्रोबायोटेक इन्डस्ट्रिजले अन्तर्राष्ट्रिय गुणस्तर संगठनबाट खाद्य सुरक्षा मापकको प्रमाणपत्र पाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्