१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

निर्वाचन सम्बन्धी सबै विधयक साेमबार पारित हुन्छन्ः सभामुख घर्ती

सभामुख ओनसरी घर्तीले निर्वाचनसँग सम्बन्धित सबै विधेयकहरु व्यवस्थापिका–संसद्बाट आगामी सोमबार पारित हुने बताएकी छन्।

निर्वाचनसम्बन्धी विधेयक राज्य व्यवस्था समितिबाट पारित

संसदको राज्य व्यवस्था समितिबाट संघीय संरचनाअनुसारको निर्वाचनसम्बन्धी विधेयक शुक्रबार पारित भएको छ। समितिले निर्वाचन कसुर तथा साजयसम्बन्धी प्रचलित कानुलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३ लाई पारित गरेको हो।

‘माइक्रो म्यानेजमेन्ट छोडे नेपाल–भारत सम्बन्ध सुध्रिन्छ’

नेकपा एमालेका सचिव योगेश भट्टराईले आफ्नो पार्टी निर्वाचनको पक्षमा रहेकोले बताउँदै यसको लागि संविधान बाधक नभएको स्पष्ट पारेका छन्। भट्टराईले संविधान संशोधन सुनियोजित तरिकाले संसदमा दर्ता गराएर निर्वाचनको वातावरण विथोल्ने षड्यन्त्र भइरहेको आरोपसमेत उनले लगाए। उनले प्रचण्ड नेतृत्वको वर्तमान सरकार संविधान कार्यान्वयन गर्न र प्राप्त उपलब्धिहरुको रक्षा गर्न गठन भएको भए वैशाखको अन्तिमसम्म स्थानीय तहको निर्वाचन गर्नुपर्ने र आगामी ०७४ माघ ७ गतेभित्रै बाँकी निर्वाचनहरु गर्नुपर्ने माग गरे।

नेपाल-भारत सम्बन्ध मजबुद बनाउने काम चुनाैतीपूर्ण: राजदूत राय

नेपालका लागि भारतीय राजदूत रञ्जित रायले नेपाल-भारत सम्बन्धलाई थप मजबुद बनाउने भन्ने विषयमा चुनौती रहेको बताएका छन्। उनले त्यसतर्फ दुवै पक्षले सोच्नुपर्ने पनि बताए। द्विपक्षीय सम्बन्धमा समय समयमा केही समस्याहरु पैदा हुनु स्वभाविक भएको उल्लेख गर्दै राजदूत रायले भने,‘हामीवीचको सम्बन्धमा केही समस्याहरु आउँछन्, हामीवीच यति निकट सम्बन्ध छ, प्रगाढ सम्बन्ध छ, तर अब हाम्रो सम्बन्धलाई विकासको ट्रेण्डमा अघि बढाउनुपर्छ।’

छिमेकी राष्ट्रसँग सम्बन्ध सुधार भएको छ: मन्त्री महत

परराष्टमन्त्री डा प्रकाशशरण महतले छिमेकी राष्ट्रसँगको सम्बन्ध सुधार भएको बताएका छन्। प्रेस युनियन दाङले बुधबार दाङको चखौरामा आयोजना गरेका पत्रकार समेलनमा उनले पछिल्लो समयमा चिसिएको मित्र राष्ट्रसँगको सम्बन्ध विस्तार हुँदै गएको बताएका हुन्।

मधेस–पहाडको सम्बन्ध अटुट छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दहालले मधेस, पहाड र हिमालको साझा अस्तित्व स्वीकार्न आग्रह गरेका छन्। भुगोल, संस्कृती, परम्परा र बसोबासले मधेस–पहाड र हिमाललाई मालामा जोडेर राखेको बताए।

बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक पारित

व्यवस्थापिका–संसद्को आजको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ ।

न्यायालय-राजनीति सम्बन्ध

केही समययता अदालतलाई समेत राजनीतिमा जबर्जस्ती तान्ने प्रयास धेरैतिरबाट हुँदै आएको सन्दर्भमा प्रधानमन्त्रीले प्रधानन्यायाधीशसँग परामर्श गर्ने हिम्मत गरेका थिएनन् भन्न सक्ने अवस्था पनि छैन।

लोकमान नियुक्ति सम्बन्धी मुद्दाको बहस सकियो,फैसला अाउन बाँकी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ती सम्बन्धी मुद्दामा बहस सकिएको छ। कार्कीको पक्षमा बुधबारदेखि बहस सुरु भएको थियो। उनको पक्षमा भएको बहस शुक्रबार सकिएको थियो।

अवैध सम्बन्धको आरोपमा देवर–भाउजु गाउँ निकाला

अवैध सम्बन्ध राखेको आरोपमा यहाँका देवर–भाउजु गाउँ निकाला गरिएका छन्। जिल्लाको पञ्चावती ४ स्थित नेपालटारकी २८ वर्षीया यशोदा गिरी र देवर २३ वर्षीय हिमाल गिरीलाई स्थानीयले गाउँ निकाला गरेका हुन्।

अनुकूल श्रम सम्बन्ध

रोजगारदाता र मजदूर दुवै पक्षलाई हित हुने विकल्प नखोज्ने हो र विगतमा जस्तै बन्द, हड्ताल र आन्दोलन जारी राख्ने हो भने भएका उद्योग पनि पलायन हुने अवस्था आउनेछ।

माधव नेपालले भने: मधेस र एमालेको सम्बन्ध कृष्ण र सुदामा जस्तै

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी मधेस विरोधी नरहेको बताएका छन्। शुक्रवार सप्तरीको खोजपुर गविस स्थित खरचुईया चोकमा पार्टी समर्थित स्वास्थ्यकर्मी संगठनले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर उद्घाटन गर्दै उनले यस्तो दावि गरेका हुन्।

महिलासँग सम्बन्धित मुद्दा तीन महिनाभित्र फैसला गर्न निर्देशन

रधानन्यायाधीश सुशीला कार्कीले महिलासँग जोडिएका मुद्दा तीन महिनाभित्र फैसला गर्न निर्देशन दिएकी छन्। उनले न्यायमा महिलाको पहुँच बढाउन र उनीहरुलाई न्यायको अनुभूति दिनका लागि चाँडो मुद्दाको टुङ्गो लगाउनुपर्ने आवश्यकता रहेको औल्याइन्।

काठमाडाैं र चीनकाे चेन्दुबीच भगिनी सम्बन्ध

चीनको सिचुवान प्रान्तको चुन्दु सहरसँग काठमाडौं महानगरपालिकाले भगिनी सम्बन्ध गाँसेको छ । शुक्रबार एक समारोहबीच चिनियाँ कम्युनिस्ट पार्टी चेन्दुका सचिव टाङ लियाङ ची र काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले सम्झौता गरी सम्बन्ध विस्तार गरेका हुन् ।

नेपाल–चीन सम्बन्ध सुमधुर, सुदृढ र समुन्नत: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दीऔँ अघि मुलुकका राष्ट्रिय निधि भृकुटी र अरनिकोले जोडेको नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्ध वर्तमान युगमा अझ सुमधुर, सुदृढ र समुन्नत भइरहेको बताएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्