१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

‘सम्बन्धन दिइएको छैन’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कुनै पनि विश्वविद्यालयले क्याम्पस सञ्चालनका लागि सम्बन्धन नदिएको स्पष्ट पारेको छ। त्रिभुवन विश्वविद्यालयले केही क्याम्पसमा विषय थपका लागि अनुमति दिएको विषयमा पनि मन्त्रालय र मन्त्रीको कुनै संलग्नता नरहेको शिक्षामन्त्रीका निजी सचिव पुष्पराज ढकालले प्रष्ट पारेका छन्।

पाँच सय निजी कलेजलाई सम्बन्धन

दुई तिहाई बहुमतको वर्तमान सरकारले राष्ट्रिय शिक्षा विद्येयकको प्रस्ताव तयार पारिहेको छ। प्रस्तावमा विद्यालय शिक्षामा सात वर्ष भित्रमा नीजि लगानी अन्त्य गर्ने प्रस्ताव गरिएको छ। तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले भने राष्ट्रिय चिकित्सा शिक्षा विधेयकभित्र प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सीटीइभीटी)लाई नराखि शिक्षा मन्त्रालय अन्तर्गत राख्न दबाब दिँदै आएका छन्।

नेपाल–भारत व्यापार सहजीकरण मेरै पहलमाः योगी आदित्यनाथ

भारतको उत्तरप्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथले आफ्नो प्रदेश र नेपालबीचका सीमा नाकामा उठ्ने गरेका व्यापार समस्या सहजीकरण गर्न आफैले नेतृत्व लिने बताएका छन्।

कतारको विकासमा नेपालीको ठूलो योगदान छ : राजदूत हेल

सन् २०२२ को विश्वकप फुटबल आयोजक राष्ट्र कतारमा भौतिक संरचना निर्माण गर्न नेपालको ठुलो साथ र सहयोग रहेको भन्दै उनले कतारले पनि नेपालको विकासमा सघाउने प्रतिबद्धता जनाए। नागरिक न्युजसँग कुरा गर्दै राजदूत हेलले केही समयअघि राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका बेला सुरक्षा तथा कृषिको क्षेत्रमा मिलेर अघि बढ्ने समझदारी भएको स्मरण गर्दै समझदारीले दुई देशको सम्बन्धमा नयाँ आयाम थपेको बताए।

‘नेपाल–चीन सम्बन्ध कमजोर बनाउने खेल’

अमेरिका र नेपालका परराष्ट्रमन्त्रीबीच इन्डो–प्यासिफिक रणनीतिमा नेपालको केन्द्रीय भूमिका हुने विषयमा भएको छलफललाई कूटनीतिज्ञहरूले नेपाल र चीनबीचको सम्बन्ध कमजोर बनाउने खेलका रूपमा टिप्पणी गरेका छन्।

एनएमबीले ल्यायो सहूलियतपूर्ण कर्जा योजना

एनएमबी बैंकले सहुलियतपूर्ण कर्जा योजना सञ्चालनमा ल्याएको छ। सरकारले ल्याएकाे सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि अनुसार विपन्नवर्गका जनतालाई लक्षित गरी व्यवसाय तथा लघु उद्यमकालागि सहुलियत प्रदान गर्ने उदेश्यले एनएमबि बैंकले लघु तथा विपन्न वर्ग कर्जा अन्तर्गत “एनएमबि सहुलियतपूर्ण कर्जा”  संचालनमा ल्याएको कम्पनीले जनाएको छ ।

घुमन्ते डाक्टर जोडी

सम्बन्ध बलियो बनाउनका लागि आपसी बुझाइ र साथ नै चाहिन्छ भन्ने कुराको नमुना जोडी हुन् डाक्टर सुधांशु केसी दम्पती। उनीहरुबीच धेरै कुरा भिन्न थिए जन्मठाउँ, हुर्कने तरिका र पेशा। तर, उनीहरु बीचमा समानता थियो बलियो प्रेम। त्यही प्रेमको डोरीले यो जोडीको २१ औं वैवाहिक जीवन सुमधुर रुपमा अघि बढिरहेको छ। संघर्ष, घुमफिर अनि कामसँगै जीवन यात्रा चलिरहेको छ।

सम्बन्ध विच्छेद गर्न अदालत धाउने पुरुषकाे संख्या बढ्दै

मुलुकी देवानी संहिता ऐन कार्यान्वयनमा अाएपछि पुरुषसमेत सम्बन्ध विच्छेदका लागि अदालत धाउन थालेका छन्।गएको भदौ १ गतेदेखि ऐन कार्यान्वयनमा आएपछि सम्बन्ध विच्छेद गर्न अदालतमा निवेदन दिने पुरुषको संख्या बढिरहेको हो।

नेपाल र म्यान्मारबीच व्यापार सम्झौता

नेपाल र म्यान्मारबीच व्यापार र लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेकी म्यान्मारका स्टेट काउन्सिलर आङ साङ सु कीको उपस्थितिमा व्यापार सम्झौतामा हस्ताक्षर भएको हो।

श्रीमती पीडित पुरुष धाउन थाले अदालत

रोल्पा जिल्ला अदालतमा गत भदौ १ गते यता आठ पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् । नयाँ मुलुकी संहिता जारी भएसँगै जिल्ला अदालतमा यस्ता मुद्दा आउन थालेको रोल्पा जिल्ला अदालतले जनाएको छ।

कृषि र वनका निजी क्याम्पसको भर्ना रोक्का

चितवन–कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीको आन्दोलनका कारण निजीका लागि भर्ना प्रक्रिया रोक्का गरिएको छ । विश्वविद्यालयले डिनको कार्यालयलाई हालका लागि निजी सम्बन्धनको भर्ना प्रक्रिया रोक्का गर्न निर्देशन दिएको थियो ।

भारतीय मन्त्रीहरु पाकिस्तान जाने

भारत र पाकिस्तानबीच तनावपूर्ण अवस्था रहेका बेला दुर्इ भारतीय मन्त्री पाकिस्तान जाने भएका छन्। शिख समुदायकाे धार्मिक यात्राका लागि नयाँ पाकिस्तानी सीमा नाका खोल्ने समारोहमा सहभागी हुन गरिएको आमन्त्रणलाई भारतले स्वीकार गरेको पाकिस्तान सरकारले जनाएको छ।

वाइडबडी जहाज खरिद प्रकरण : संसदीय समितिमा चर्काचर्की, छानबिन उपसमिति गठन

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले शुक्रवारै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद सम्बन्धमा छानबिन उपसमिति गठन गरेको छ। समिति सदस्य प्रकाशमान सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ।

उर्जा क्षेत्रमा थप सहकार्य गर्न चाहन्छौं : चीन

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र चिनियाँ राजदूत यु होङबीच भेटवार्ता भएको छ। कार्यकाल सकेर स्वदेश फर्किने तयारीमा रहेकी राजदूत होङले मन्त्री पुनसंग विदाई भेट गरेकी हुन्। भेटमा द्विपक्षीय हितका साथै उर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको मन्त्री पुनको सचिवालयले जनाएको छ।

आर्थिक समृद्धिका लागि जापानसँगकाे सम्बन्धलाई प्रगाढ बनाइने : मन्त्री ज्ञवाली

परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले आर्थिक समृद्धिका लागि नेपाल-जापान सम्बन्धलाई थप प्रगाढ बनाइने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्