१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा व्यवस्थापन कार्यतर्फ अर्थ मन्त्री वर्षमान पुनले ‘बैँक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्नेछन् भने ‘बैँक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८०’ लाई प्रस्तुत गर्नेछन्। यस्तै ‘भन्सार विधेकय, २०८० लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भन्ने प्रस्ताव पनि मन्त्री पुनले प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यसअघि सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।

त्यस्तै सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पनि पढेर सुनाउने छन्।

त्यसपछि उर्जा, जलस्रो तथा सिचाइँ मन्त्री शक्ति बहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

तर, आज बस्ने संसद बैठक चल्ने वा नचल्नेमा अन्यौल छ। प्रतिपक्षी नेपाली काँग्रेसले पछिल्लो समय नयाँ गठबन्धनसहितको सरकार बनेपछि निरन्तर संसद अवरुद्ध गर्दै आएको छ।

सहकारी मामिलामा उपप्रधान एवं गृहमन्त्री रवी लामिछानेको विषयमा छानबिन हुनुपर्ने मागसहित काँग्रेसले संसद अवरुद्ध गर्दै आएको छ।

प्रकाशित: १८ चैत्र २०८० ०७:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App