१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संसद बैठक बस्दै, काँग्रेसले अवरुद्ध गर्न सक्ने

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

त्यस्तै आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०८०’ पेस गर्ने कार्यसूची रहेको छ।

आजकै बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

तर, आजको बैठक प्रतिपक्षी नेपाली काँग्रेसले अवरुद्ध गर्ने चेतावनी दिएको छ। सहकारी बचत अपचलनमा गृहमन्त्रीसमेतको संलग्नता रहेको भन्दै संसदीय छानबिन समिति माग गरिरहेको  काँग्रेसले आजको बैठकमा गृहमन्त्रीलाई रोष्ट्रमा जान नदिने बताएकोे छ।

काँग्रेसले छानबिन समितिको गठन बटमलाइन रहेको भन्दै सरकारले माग पूरा नगरेसम्म संसद चल्न नदिने चेतावनी दिइसकेको छ।

प्रकाशित: २७ चैत्र २०८० ०७:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App