१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजामा तत्काल युद्धविराम लागू हुने

गाजामा तत्काल युद्धविराम लागू हुने भएको छ। संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद (यूएनएससी) मा गरिएको गाजामा युद्धविराम सम्बन्धी प्रस्ताव पारित भएको हो। युद्धविराम सम्बन्धी प्रस्ताव पारित भएसँगै गाजामा युद्धविराम तत्काल लागू हुनेछ।

समाचार संस्था एएफपीका अनुसार युद्धविराम सम्बन्धी प्रस्तावमा भएको मतदानमा अमेरिका भने सहभागी भएन।

युद्धविराम कहिलेबाट लागू हुन्छ भन्ने मिति तोकिएको छैन।

चीनले सोमवार नै गाजामा तत्काल युद्धविराम लागू गर्नुपर्ने विषयमा संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषदमा प्रस्ताव पेश गरेको थियो।

गत अक्टुबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमण पछि जवाफी आक्रमण गर्दै आएको इजरायली आक्रमणमा हालसम्म ३२ हजारभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भइसकेको छ।

प्रकाशित: १३ चैत्र २०८० ०६:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App