९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

बुटवलस्थित मोतीपुरको कर्फ्यू हट्यो

मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न आएका स्थानीय र प्रहरीबीच झडपले उग्र रुप लिएपछि प्रशासन कार्यालयले आइतबार दिउँसो ४ बजेदेखि कर्फ्यू आदेश जारी गरेको थियो।

डिमान्ड शुल्क बढाउन प्रस्ताव

नेपाल विद्युत् प्राधिकरणले औद्योगिक ग्राहकको डिमान्ड शुल्क प्रतिकेभिए प्रतिमहिना सय रूपैयाँ वृद्धि गर्ने प्रस्ताव गरेको छ।

बालाजु औद्योगिक क्षेत्रको आगो नियन्त्रणमा आउँदै

बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको प्रालीमा लागेको आगो नियन्त्रणमा आउन लागेको छ। बिहान २ः०० बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र बारुणयन्त्रका कर्मचारीको अथक प्रयासपछि क्रमशः नियन्त्रणमा आउन लागेको हो।

बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी

काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ। राति दुई बजेदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन।

औद्योगिक उत्पादनः बजार पुर्‍याउन नपाएपछि कटौती

कोरोना महामारीको दोश्रो लहरले पोखरा औद्योगिक क्षेत्रभित्र संचालित धेरै उद्योग मारमा परेका छन् । संचालनमा रहेका उद्योगले पनि उत्पादित बस्तु बजारसम्म पुर्‍याउन सकेका छैनन । बजारमा सामान पठाउन नसक्दा कतिपय उद्योगले उत्पादन नै कटौती गरेका छन् ।

औद्योगिक क्षेत्रका ७० प्रतिशत उद्योग बन्द

कामदारमा कोरोना संक्रमण तथा आवतजावतमा समस्याले औद्योगिक क्षेत्रका पानी, दूध, खाद्यान्न, ग्यास बाहेकका प्रायःसबै उद्योग बन्द छन्।

निर्माण हुँदै ‘नौबस्ता औद्योगिक क्षेत्र’

औद्योगिक क्षेत्र निर्माणका क्रममा विगतमा जग्गा विवादलगायत विभिन्न अल्झन देखिए पनि पछिल्लो समयको कार्यप्रगतिले उद्योगी, व्यवसायीमा आशा जगाएको छ। अहिले पूर्वाधार निर्माणका लागि बजेट व्यवस्थापन, ठेक्का प्रक्रियालगायतको काम अगाडि बढिरहेको छ।

घोषणाको पाँच वर्षपछि ‘नौवस्ता औद्योगिक क्षेत्र’ शिलान्यास

सरकारले घोषणा गरेको पाँच वर्षपछि बाँकेस्थित ‘नौवस्ता औद्योगिक क्षेत्र’ को शिलान्यास गरिएको छ। लामो समयदेखि चल्दै आएको विवाद टुंगो नलगाएरै सरकारले शिलान्यास गरेको हो। औद्योगिक क्षेत्र निर्माण परियोजनाभित्र पर्ने स्थानीय बासिन्दाले उठाउँदै आएको मागलाई सरकारले सम्बोधन गर्न सकेको छैन। स्थानीयको चर्को विरोधका बीच मंगलबार उद्योग मन्त्री लेखराज भट्ट र औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले औपचारिक रुपमा शिलान्यास गरे।

दाङ औद्योगिक क्षेत्र घोषणा : नीजि क्षेत्र हर्षित

सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र कार्यान्वयनका लागि स्थानीय तह घोराही उपमहानगरपालिकाले स्थानीय तवरमा प्रकृया थाल्ने छ । यसका लागि नीजि क्षेत्र दाङ जिल्ला उद्योग वाणिज्य संघले आवश्यक समन्वयको गर्नेछ । उक्त क्षेत्रमा बसोबास गरेका नागरिकहरुको उचित ब्यवस्थापनका लागि स्थानीय सरकार संग समन्वय गरिने दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बुढाथोकीले जानकारी दिए

औद्योगिक क्षेत्रमा चार दिन विद्युत् कटौती हुने

नेपाल विद्युत् प्राधिकरणले अन्तरदेशीय प्रसारण लाइनको स्तरोन्नति गर्न लागिएकाले केही औद्योगिक क्षेत्रमा चार दिनसम्म विद्युत् कटौती हुने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्