४ मंसिर २०८१ मंगलबार
image/svg+xml

मृगौला पीडितलाई १ लाख सहयोग

दुबै मृगौला फेल भई लामो समयदेखि उपचाररत रहेका एक विद्यार्थीलाई यहाँको भगवती अंग्रेजी आवासीय माध्यमिक विद्यालयले १ लाख एक रुपैयाँ आर्थिक सहयोग गरेको छ।

अधिकांश अपराधका घटनामा महिला पीडित

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार परिसरमा दर्ता भएका अधिकांश अपराधका घटनामा महिला पीडित हुने गरेका छन्।

‘भूकम्पपीडितको लालपुर्जा नहुँदा समस्या छ’

जनप्रतिनिधि भएर आएसँगै नगरपरिषद्बाट नीति तथा कार्यक्रम र बजेट ल्यायौँ नगरपरिषदबाट पारित भएका योजना अहिले कार्यान्वयन चरणमा छन्। सम्पूर्ण टोल विकास समितिमा उपभोक्ता समिति गठन गरेर वडाले अघि सारेका योजनालाई कार्यान्वयन गरिरहेका छौँ । वडा कार्यालयले पञ्चकन्या मार्ग, अमरज्योति मार्ग, भुवनेश्वरीमार्ग लगायत स्थानमा सडक ढलान÷कालोपत्रे सम्पन्न गरिसकेको छ।

श्रीमतीबाट पीडित श्रीमानका कथा

केही समय अघि एक जना चिकित्सक श्रीमतीले सन्तानको हेरचाह नगरेको भन्दै सम्बन्ध विच्छेदका लागि मुद्दा हाल्न ललितपुर महानगरपालिकामा आइपुगे। ब्युटिसियन श्रीमतीले घर–परिवार र सन्तानलाई बेवास्ता गरेको उनको आरोप छ।

अग्निपीडितलाई नगद

बाँकेको डुडुवा गाउँपालिकाले अग्निपीडित समुदायलाई नगद वितरण गरेको छ। वडा नम्बर १ सन्तलिया गाउँका अग्नीपिडितलाई राहत स्वरुप नगद २ हजारका दरले रकम वितरण गरिएको हो।

सुकुम्बासी बस्तीमा सेनाको हेडक्वाटर,पीडित परिवार विस्थापित

वर्षौदेखि भोगचलन गर्दै आएको खेतियोग्य ६१ विगाहा एलानी जग्गा नेपाल सरकारले प्रदेश नं. २ स्तरिय नेपाली सेनाको मध्य पूर्वी हेडक्वाटर निर्माणका लागि हस्तान्तरण गरि दिएपछि बर्दिवास नगरपालिका क्षेत्रभित्र छरिएर वसोवास गर्दै आएका सयौं सुकुम्वासी परिवारको विचल्ली भएको छ।

ब्लड क्यान्सरपीडित मदनलाई खर्च अभाव

राजधानीमा उपचार गराइरहेका दोलखाका ब्लड क्यान्सरपीडित १४ वर्षीय विद्यार्थी मदन केसीलाई उपचारका क्रममा विभिन्न संक्रमणका कारण खर्च बढेपछि उनको परिवार थप समस्यामा परेको छ।

ईन्जिनियर नहुँदा दोस्रो किस्ता लिनबाट भूकम्प पीडित बञ्चित

ईन्जिनियर अभावमा खोटाङका भूकम्प पीडित आवास निर्माण बापतको दोस्रो किस्ता लिनबाट बञ्चित भएका छन्।

लाप्राकमा भूकम्प पीडितलाई घर छुट्याईयो

-गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पुनर्निर्माण कार्यमा स्थानीयको सहयोग र निर्माणाधीन आवासमा अपनत्व जगाउन गोरखाको लाप्राकमा निर्माणाधिन बस्तीका भूकम्प पीडितहरुलाई चिट्ठा मार्फत घर छुट्याई दिएको छ। एनआरएनएसँग एक वर्षअघि घर निर्माण सम्बन्धी सम्झौता गरेका भुकम्प पीडित परिवारलाई चिट्ठा मार्फत आ–आफनो घर छुट्याइ निर्माणमा सहयोग गर्न आग्रह गरिएको हो।

आगलागी पीडितलाई प्रवासीको सहयोग

कोरियामा कार्यरत नेपालीहरुको संस्था नुवाकोट समाज तथा बुद्ध इन्टरटेन्मेन्टले विदुरको एक आगलागीपीडित परिवारलाई संयुक्त रुपमा ५८ हजार रुपैयाँ सहयोग गरेको छ।

अग्नी पीडितलाई गायिकाको सहयोग

खोटाङको हलेसीका आगलागी पीडितलाई गायिकाको समूहले राहत प्रदान गरेको छ। राई किरातिम्मा गायन समूहमा आवद्ध गायिकाहरूले राजधानीमा सांगीतिक कार्यक्रम गरेर संकलन गरेको ९ लाख ३० रुपैयाँ बिहीबार अग्नी पीडितलाई प्रदान गरिएको हो।

आगलागीपीडितलाई राहत

खोटाङको हलेसीका आगलागीपीडितका लागि देशविदेशमा संकलन भएको १३ लाखभन्दा बढी रुपैयाँ हस्तान्तरण गरिएको छ । गत पुस १८ गते भएको आगलागीमा घरसहित सर्वस्व गुमाएपछि टहरामा कष्टपूर्ण दिन बिताइरहेका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका अग्निपीडितको सहयोगका लागि स्वदेश तथा विदेशमा गरी १३ लाख ३५ हजार १ सय ८५ रुपैयाँ संकलन भएको थियो ।

कसले बोलिदिने पीडितको बोली ?

विश्वको संवैधानिक इतिहासमा पहिलो पटक ‘अपराधपीडितको हक’ शीर्षकमा मौलिक हक प्रत्याभूत भएको नेपालमा अझ पनि पीडितको हकहितमा निरपेक्ष भावमा कानुन बनाउनु वा व्यवहार गर्नु न्यायोचित मानिँदैन ।

अग्नी पीडितका लागि हङकङमा राहत संकलन

खोटाङको हलेसीका अग्नी पिडितका लागि हङकङमा ५ लाखभन्दा बढि राहत संकलन भएको छ। नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले निर्माण गरेको टहरामा कष्टकर जीवन बिताइरहेका अग्नी पीडितको सहयोगका लागि सञ्चालन गरिएको अभियानकाक्रममा ४० हजार १ सय ८० हङकङ डलर संकलन गरिएको खोटाङ समाजका पुर्वअध्यक्ष तेजप्रकाश राईले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्