८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

अग्निपीडितलाई नगद

कोहलपुर – बाँकेको डुडुवा गाउँपालिकाले अग्निपीडित समुदायलाई नगद वितरण गरेको छ। वडा नम्बर १ सन्तलिया गाउँका अग्नीपिडितलाई राहत स्वरुप नगद २ हजारका दरले रकम वितरण गरिएको हो।

बुधबार एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति बाँकेका उपसंयोजक ज्ञानेन्द्र चौधरी,गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी, उपाध्यक्ष साहिदा बानो, वडाध्यक्ष पटेश्वर कुर्मीले रकम हतान्तरण गरे। रकम वितरण गर्दै अध्यक्ष चौधरीले आग्नीपिडितलाई थप राहतका लागि सम्बन्धित निकायमा पहल गर्ने आश्वासन दिए। 

चैत १२ गते भएको आगलागीमा स्थानीयका ४ वटा घरगोठ जलेर नष्ट भएका थिए भने ४ वटा जनावर जलेका थिए। स्थानीय मुनी अहमद शेष र निसार अहमद खां लगायतको घरगोठ जलेको थियाे ।

प्रकाशित: १४ चैत्र २०७४ ११:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App