३ मंसिर २०८१ सोमबार
image/svg+xml

अग्नी पीडित परिवारलाई राहत

आगलागीबाट बिस्थापित बनेका खोटाङका दुई अग्नी पीडित परिवारलाई राहत प्रदान गरिएको छ। बिहीबार बिहान ३ बजे भएको आगलागीबाट बिस्थापित बनेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल रत्नपार्कका कृष्णकुमार श्रेष्ठ र अम्बीका बुढाथोकीलाई नगरपालिका, जिल्ला दैबीप्रकोप उद्धार समिति, नेपाल रेडक्रस सोसाईटी र उद्योग बाणिज्य संघले राहत प्रदान गरेको हो।

पहिरो पीडितलाई दुई महिनाको तलब

नुवाकोटबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य बद्री मैनालीले यहाँका पहिरो पीडित दुई परिवारलाई दुई महिनाको तलब वापत प्राप्त ९० हजार उपलब्ध गराएका छन्।

‘हामी कहिलेसम्म पीडामा बाँचौं’

सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका, मारिएका परिवारले सरकारले छिटोभन्दा छिटो पीडितलाई यथार्थ बताउँदै नयाँ बाटो खोजेर न्याय दिन माग गरेका छन्। उनीहरूले द्वन्द्व सकिएको लामो समय हुँदा पनि सत्यतथ्य जान्न नपाउँदा किरिया पनि गर्न नपाएको भन्दै आक्रोश पोखेका छन्।

भूकम्प पीडित माथि अन्याय नगर्न माग

नेपाल सरकारले भूकम्प पीडितलाई दिने राहत पौष महिनाभित्र लिनुपर्ने अन्यथा पहिलो किस्ता बापत प्राप्त ५० हजार रुपैयाँ पनि फिर्ता लिने सरकारी सूचनाप्रति किसानहरुले विरोध जनाएका छन्।

भूकम्पपछिकाे पुनर्निर्माण : ५३ हजार परिवार तिहार र ल्होसार नयाँ घरमा मनाउँदै

महत्वपूर्ण चाड दसैँ मनाइसकेपछि सिन्धुपाल्चोकका भूकम्पपीडित पुनः आवास पुनर्निर्माणमै सक्रिय भइरहेका छन्।

उपचार खोज्दै द्वन्द्वपीडित राई

तत्कालीन माओबादी जनयुद्धताका बेला प्रहरी कारबाहीमा परी सख्त घाइते भएका उदयपुरका द्वन्द्वपीडित युवा घाउ बल्झेर उपचारको खोजीमा सरकारी अड्डा धाउँदै हिँडेका छन्।

भूकम्प पीडितले दुई प्रतिशत ब्याजदरको ऋण नपाउने

भूकम्प पीडितले दुई प्रतिशत सहुलियत ब्याजदरमा रु २५ लाख र रु १५लाख ऋण नपाउने भएका छन्। भूकम्प लगत्तै सरकारले निजी आवास पुनः निर्माणका लागि पहाडी जिल्लामा रु १५ लाख र उपत्यकामा रु २५ लाख सहुलियत ऋण दिने घोषणा गरेको थियो।

बाँकेमा २ हजार हेक्टर वन अतिक्रमणमा

बाँकेमा विभिन्न बहानामा वन अतिक्रमण गर्ने क्रम बढिरहेको छ। बाढीपीडित, सुकुम्वासी र भूमिहीनको नाममा वन अतिक्रमण भइरहेको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ।

पुनर्निर्माण प्राधिकरणविरुद्ध ७ सय मुद्दा

ओखलढुंगाका सात सय भूकम्प पीडितले सरकारले दिने अनुदान नपाएको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणविरुद्ध मुद्दा हालेका छन्। लाभग्राहीको सूचीमा पीडितको नाम समावेश नभएको भन्दै प्राधिकरणविरुद्ध भूकम्प पीडितहरुले मुद्दा हालेका हुन्।

प्रधानमन्त्री पत्नीलाई एचआइभी पीडितले देखाए कला

प्रधानमन्त्रीपत्नी राधिकाशाक्य दसैंको खुशी बाँड्न हालैको दिन किर्तिपुरस्थित सफलता एचआइभी शिक्षा सदन पुगेकी थिइन्।

द्वन्द्वपीडित बालबालिकालाई दसैंमा नयाँ लुगा र खसी उपहार

महान चाड वडादसैंमा लगाउने नयाँ लुगा र मासु खानका लागि खसी पाएपछि द्वन्द्वपीडित बालबालिका हर्षित भएका छन्। हरिवन घुर्कौलीस्थित चेतना सन्देश नेपालद्वारा सञ्चालित द्वन्द्वपीडित बालगृहमा आश्रीत बालबालिकालाई सोमबार त्यस्तो अवसर जुरेको हो।

दसैँको मुखमा खडेरी पीडितलाई राहत

यसपालीको वर्षायाममा चर्को खडेरीका कारण बालीनाली नष्ट भएका पाँचथर, तेह्रथुम र धनकुटाका सात स्थानीय तहका बासिन्दालाई दसैंको मुखमा १ नम्बर प्रदेशको अगुवाइमा राहत वितरण प्रारम्भ भएको छ।

बाढीपहिरो पीडितलाई जाली र रकम वितरण

रसुवाको कालिका गाउँपालिकाले बाढीपहिरो पीडितलाई जाली र रकम वितरण गरेको छ। वर्षाको समयमा बाढी र पहिरोले क्षति पुर्याएको परिवारलाई गाउँपालिकाले सामग्री र रकम सहयोग गरेको हो।

मिर्गौला पीडितलाई पोर्चुगलबाट आर्थिक सहयोग

दुबै मिर्गौला फेल भई उपचाररत रहेका नवलपुरका एक युवालाई नवलपुर समाज पोर्चुगलले आर्थिक सहयोग प्रदान गरेको छ।  जिल्लाको गैंडाकोट नगरपालिका – ६ का ३३ बर्षीय शक्ति प्रसाद चालिसेको उपचार सहयोगार्थ समाजले आर्थिक सहयोग गरेको हो। पीडित चालिसेको आर्थिक अभावका कारण उपचारमा समस्या देखिएपछि समाजले रकम संकलन गरी प्रवासी मुलुक पोर्चुगलबाट आर्थिक सहयोग गरेको हो।

राेल्पाका स्थानीय निकायसँग द्वन्द्व पीडितको अभिलेख नै छैन

रोल्पा जिल्ला माओवादी शसस्त्र युद्धको उद्गगमस्थल मानिन्छ। दश वर्षे युद्धका वेला यहाँका ९ हजार ६९ को मृत्यु भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्