काठमाडौं – प्रधानमन्त्रीपत्नी राधिकाशाक्य दसैंको खुशी बाँड्न हालैको दिन किर्तिपुरस्थित सफलता एचआइभी शिक्षा सदन पुगेकी थिइन्। दसैं उपहार सहित पुगेकी उनी एचआइभी पीडित बालबालिकाका गीत, कविता र कला प्रदर्शनी अवलोकन गरेपछि भावुक बनिन्।
उपप्रधानमन्त्री इश्वर पोखरेलकी पत्नी मीरा ध्व“जु, कवि अनिता लामा लगायतको टोलीसँग पुगेकी शाक्यलाई ४ कक्षाकी बन्दना क्षेत्री (नाम परिवर्तन)ले मन छुने गीत गाएर सुनाइन्। १० बर्षिया उनले बाबुआमाको मायाबाट टाढा रहेर बा“च्नुपर्दाको पीडालाई यसरी सुनाएकी थिइन्–
यही धर्तीमा जन्मे, यही“ हुर्के, तर म अटिनँ
एक्लै छोडी कहा“ गयौ आमा, किन मलाई लगिनौं
राजकुमार पुनको शब्द रहेको यो गीत उनले आफ्नै स्वरमा रेकर्ड गर्न लागेको पनि सुनाइन् । संगीत भने दृष्टिविहिन संगीतकार रमेश सुवेदीले दि“दैछन् । ‘ठूलो भएपछि म गायिकाबन्न चाहन्छु’, उनले भनिन् । उनको गायिका बन्ने सपनालाई हौसला दि“दै कवि अनिता लामाले केही कवितास“गै आनी छोइङको गीत ‘फूलको आ“खामाफूलै संसार...’ सुनाइन् । एचआइभी पीडित सबै बालबालिका उठेर गाउन थाले, प्रधानमन्त्री पत्नी शाक्यले पनि स्वरमा स्वर मिसाइन् । ‘त्यसै पनि बालबालिकालाई माया चाहिन्छ’, शाक्यले भनिन्, ‘सानैमा बाबुआमा गुमाउनु परेकाहरूलाई त झन् माया र हौसला दिनुपर्छ।’
शाक्यले एचआइभी पीडित बालबालिकाको यो समूहलाई तेस्रो पटक भेटेकी थिइन् । गत तीजको बेला प्रधानमन्त्रीनिवास बालुवाटारमै बोलाएर दर समेत खुवाएकी शाक्यले यसपटक निवासमै यो टोलीलाई बोलाएर टिका पनि राखिदिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीसमेत राखेर सँगै भोजन पनि गराइन्।
पहिचान खुलेकै कारण पश्चिम नेपालको विभिन्न गाउ“का स्कुलबाट लखेटिएका दुई दर्जन एचआइभी पीडित विद्यार्थीहरु खुशीले रमाए।
‘हामीलाई पनि चाडपर्वमा आफन्तस“ग बसेर रमाउलो गर्न मन लाग्छ’, कक्षा ८ की सलिना थापा (नाम परिर्वतन)ले भनिन्, ‘यसपटक पुरानो दसैंको याद आयो ।’ प्युठानको एउटा सरकारी स्कुलमा पढ्दा पढ्दै जन्मिदै एचआइभी भएको थाहा पाएपछि उनी लखेटिएकी थिइन् । त्यसयता उनी सफलता एचआइभी शिक्षा सदनमा आश्रित छिन् । प्रधानमन्त्री पत्नीशाक्यको स्वागतमा स्कुलमै आयोजित कार्यक्रममा उनले मोडलिङ गरेर देखाएकी थिइन् । कार्यक्रममा विद्यार्थीहरूले आ–आफ्नो जीवनको उद्देष्य सुनाउँदै विभिन्न कला देखाएका थिए । ‘म चाहि“ मोडल र अभिनेत्री बन्न चाहन्छु’, सलिनाले भनिन्।
कार्यक्रममा एचआइभी पीडितले सम्मानपुर्वक बा“च्ने सामाजिक चेतना तयार पार्न सबैले उनीहरूलाई माया दिनुपर्ने प्रधानमन्त्री पत्नी शाक्यले सुझाइन् । एचआइभी पीडितले पहिचानसहित सम्मानित जीवन जिउन पाउनुपर्छ भन्ने मान्यतासहित आफूहरूले ८ बर्ष अघि विद्यालय स्थापना गरेको सदनका संस्थापक अध्यक्ष राजकुमार पुनले बताए । दाङ, प्युठान, सुर्खेत, कैलाली, दैलेख, बर्दिया लगायतका एचआइभी पीडित विद्यार्थीहरूमात्रै अध्ययन गर्ने विद्यालयबाट यस बर्ष पहिलो ब्याचले एसइई दिनलागेको संस्थापक उपाध्यक्ष उमा गुरुङले बताइन्।
प्रकाशित: ८ कार्तिक २०७५ ०५:५८ बिहीबार