१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

गैँडाकोट म्याराथनको उपाधि आर्मीका रोकायालाई

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा आयोजित प्रथम गैँडाकोट हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले जितेका छन्।

हाफ म्याराथन दौडको उपाधि राममाया बुढालाई

सशस्त्र प्रहरी परिवार महिला संघको २२औं वार्षिकोत्सवको अवसरमा आज आयोजना गरिएको ‘प्रथम महिला हाफ म्याराथन प्रतियोगिता २०८०’ को उपाधि नेपाल पुलिस क्लवकी राममाया बुढाले हात पारेकी छिन्।

बस्नेत लेखनाथ हाफ म्याराथन च्याम्पियन

लेखनाथ हाफ म्याराथनको उपाधि रामजी बस्नेतले जितेका छन। २१.९८ किलोमिटरको दुरीलाई बस्नेतले १ घण्टा १३ मिनेट ३३ सेकेण्डको समयमा पुरा गर्दै पहिलो पटक आयोजित लखेनाथ हाफ म्याराथनको उपाधि जितेका हुन्।

जेठ २७ मा लेखनाथ हाफ म्याराथन

जेठको अन्तिम साता लेखनाथमा लेखनाथ हाफ म्याराथन प्रतियोगिता हुने भएको छ। पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा एथलेटिक्स संघ कास्कीको प्राविधिक सहयोगमा जेठ २७ गते शनिबार पुरुष खुला हाफ म्याराथन आयोजना गरिएको समितिका सदस्यसचिव सुवास खड्काले जानकारी दिए।

हाफ म्याराथनमा मुकेश र राजपुराले उपाधि जिते

त्रिभुवन आर्मी क्लबका मुकेश पाल र पुलिस क्लबकी राजपुरा पछाईंले आज राजधानीमा आयोजित हाफ म्याराथन २०२३ को उपाधि जितेका छन्।

सेनाका रावलले जिते विराट– वर्जु हाफ म्याराथनको उपाधि

विराट– वर्जु हाफ म्याराथन दौडको उपाधि नेपाली सेनाका नरेन्द्रसिंह रावलले जितेका छन् । पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशले शनिबार आयोजना गरेको प्रतियोगितामा निर्धारित २३ किलोमिटर दूरी १ घण्टा १७ मिनेट २८ सेकेण्डमा पूरा गरेर रावलले उपाधि जितेका हुन् ।

देवदह हाफ म्यारथनको उपाधि तिर्थ पुन र राममाया बुढालाई

लियो क्लब अफ लर्ड बुद्धको आयोजना र देवदह नगरपालिका र प्रदेश खेलकुद परिषदको सहयोगमा उक्त हाफ म्याराथन सम्पन्न भएको हो।

ताप्लेजुङमा खुल्ला तथा महिला हाफ म्याराथन सुरु

खुल्लातर्फ १ सय ३५ र महिला हाफ म्याराथनतर्फ २४ जना सहभागी भएको म्याराथन व्यवस्थापन उपसमितिका संयोजक यिगेन्द्रकुमार गुरुङले जानकारी दिए।

बागलुङका पुनले जिते काँक्रेविहार म्याराथनको उपाधि

प्रथम काँक्रेविहार खुला पुरुष हाफ म्याराथनको उपाधि बागलुङका तिर्थकुमार पुनले चुमेका छन्। ‘कर्णाली दौडिन्छ’ भन्ने नाराका साथ पहिलो पटक प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजना गरिएको प्रतियोगितामा एक हजार प्रतियोगीलाई उछिन्दै पुनले उपाधि चुमेका हुन्।

गजेन्द्र र पुष्पाले जिते हाफ म्याराथन

त्रिभुवन आर्मी क्लबका गजेन्द्र राई र एपिएफ क्लबकी पुष्पा भण्डारीले प्रथम किसुनजी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनको उपाधि जितेका छन्।

रोटरी हाफ म्याराथनको उपाधि अनिशलाइ

रुपन्देहीमा शनिबार सम्पन्न रोटरी हाफ म्याराथनको उपाधि पर्वतका अनिश थापा मगरले जितेका छन । भारतीय गोर्खा राईफल्स हैदरावादमा कार्यरत थापाले १ सय १५ जना प्रतिश्पर्धीलाइ पछि पार्दै म्याराथनको उपाधी जितेका हुन । बुटवलदेखि भैरहवा सम्मको २१.१ किलोमिटरको दुरी १ घण्टा ६ मिनेट ३९ सेकेण्डमा पार गर्दै अनिशले उपाधी चुमेका हुन

किसुनजीको स्मृतिमा दौड

नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको आयोजनामा चैत २२ गते प्रथम किसुनजी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ। नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोग रहने प्रतियोगिताका विजेता खेलाडीले नगद २५ हजार, दोस्रो हुने खेलाडीले १५ र तेस्रो स्थानको खेलाडीले जनही नगद १० हजार प्राप्त गर्नेछन्।

भैरहवामा १ लाख पुरस्कार राशीको खुला हाफ म्याराथन हुदै

कोभिड १९ ले थला परेको खेल क्षेत्रको उत्थानकालागि भैरहवामा खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्