८ आश्विन २०८१ मंगलबार
image/svg+xml

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड राति बन्द

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा रातको समयमा यातायातका साधन सञ्चालन गर्न बन्द गरिएको छ।कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ गलेश्वरदेखि अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा पहिरोको जोखिम भएकाले रातिको समयमा यातायात सञ्चालन गर्न बन्द गरिएको हो।

मेलम्ची खानेपानी मुहान जाने सडक बाढीले अवरुद्ध

मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढीले अवरुद्ध बनाएको छ। लगातारको वर्षाले हेलम्बु राजमार्गका विभिन्न स्थानमा सडकमा क्षति पुर्याएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए।

तीन दिनदेखि अवरुद्ध उदयपुरका पहाडी भेगका सडक

पछिल्लो ३ दिनयताको निरन्तर वर्षाले उदयपुरको पहाडी भेगका सडकहरु पुनः अवरुद्ध हुन पुगेका छन्।

हेटौँडा काठमाडौँ छोटोदुरीका सबै सडक अवरुद्ध

हेटौँडाबाट काठमाडौँ जाने छोटो दुरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन्। गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा भैँसे भीमफेदी सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको हो।

वर्षाले कर्णालीका ठाउँ ठाउँमा पहिरो सडक अवरुद्ध

दुई दिनदेखि परेको वर्षाले कर्णालीका ठाउँ ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। पहिरोले आइतबार बिहानदेखि कर्णाली राजमार्ग, सुर्खेत–दैलेख खण्ड, सुर्खेत–जाजरकोट खण्ड अवरुद्ध भएको हो।

सडक भासिंदा पौवादुङवासीको दैनिकी कष्टकर

वर्षात्का कारण पहिराले सडक भासिंदा तिवारीभञ्याङ-मानेडाँडा-अँधेरीघाट सडक अवरुद्ध बनेको छ। मध्यपहाडी लोकमार्गको भोजपुर–लेगुवा सडकखण्ड अन्तर्गत तिवारीभञ्याङबाट अँधेरीघाट छुट्ने शून्य विन्दुमा सडक भासिएका कारण यातायात सञ्चालनमा समस्या भएको हो।

पाँच दिनका लागि बेनी-जोमसोम-कोरला सडकखण्ड पूर्णरुपमा बन्द

म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरिडोर (बेनी-जोमसोम -कोरला) सडकखण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको छ।

बन्द भृकुटी कागज कारखानाभित्रबाट सडक खोल्ने तयारी

गैंडाकोटस्थित देशकै ठुलो भृकुटी कागज कारखाना बन्द भएको ११ वर्ष बित्यो। कुनै समय देशको कुल मागको झन्डै ३५ प्रतिशत कागज पूरा गर्ने यो कारखाना यतिबेला स्यालको बासस्थान बनेको छ।

भक्तपुर–नगरकोट सडकखण्ड–सास्ती खेप्दै स्थानीयवासी

भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केको पाटीमा सडकभरि खाल्डैखाल्डो। अलिमाथि नेपाली सेनाको खरिपाटी ब्यारेकदेखि चाँगुनारायण नगरपालिका कार्यालय अगाडिसम्म कालोपत्र उप्किएर बनेका उस्तै खाल्डाहरु।

चितवन प्रशासनले भन्योः नारायणगढ–मुग्लिन सडक खाेल्न रास्वपाबाट सहयोग लिइएको छैन

नारायणगढ–मुग्लिन सडक खण्डमा यात्रुहरूलाइ सहयोग गर्न भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीेले परिचालन गरेको तत्काल प्रतिकार्य समूह (आरएटी) को बारेमा जिल्ला प्रशासन कार्यालय चितवनले चासो देखाएको छ।

गोकर्ण–सुन्दरीजल सडकको कालोपत्र एक महिना पनि टिकेन

विस्तार सुरु भएको आठ वर्षमा कालोपत्र भएको गोकर्ण–सुन्दरीजल सडक एक महिना नबित्दै बिग्रिएर खाल्डाखुल्डी हुन थालेको छ। असारे विकास देखाउन गत असार अन्तिम साता कालोपत्र गरिएको यो सडकको गोकर्णेश्वर महादेव मन्दिर र नयाँपाटी पुल माथिको भाग भत्केर खाल्डाखुल्डी हुने क्रम बढेको छ।

नारायणघाट बुटबल सडकः काम अलपत्र पार्ने ठेकेदारलाई म्याद थप

सडक विभागले ठेक्का सम्झौता अनुसार काम नगर्ने नारायणघाट–बुटबल सडक खण्डको ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङलाई कारबाही गर्नुको सट्टा उल्टै म्याद थप गरेर पुरस्कृत गरेको छ। सुरुआती ठेक्का सम्झौता अनुसार यो सडक खण्डको ठेक्का २०७९ साउन २२ गतेभित्रै निर्माण सम्पन्न गर्नुपर्ने थियो।

मुग्लिन–मलेखु सडक विस्तार थालियो

मुग्लिन–मलेखु सडक विस्तारको काम चितवन खण्डमा थालिएको छ।आइतबारदेखि चितवनखण्डको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट सडक विस्तारको काम अघि बढेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्