८ आश्विन २०८१ मंगलबार
image/svg+xml

बबरमहल दरबारमा बस्न तीन कार्यालयको हानाथाप

दरबारमा प्रवलीकरणको काम अझै सकिएको छैन। सबै काम सक्न अझै ६ महिना लाग्ने अनुमान गरिएको छ।

६ दिनपछि खुल्यो बेनी–जोमसोम सडक

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको गुईठेभीरमा अवरुद्ध भएको सडक ६ दिनपछि सञ्चालनमा आएको छ।

हेलम्बु मेलम्चीमा बाढी: मेलम्ची–हेलम्बु सडक अवरुद्ध

अबिरल वर्षाका कारण सिन्धुपालचोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ ।लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ।

सडक हिलाम्ये भएपछि चीनबाट आयातित विद्युतीय सवारीसाधन टिमुरमै रोकियो

रसुवागढी नाकाबाट नेपाल भित्र्याइएको चिनियाँ विद्युतीय सवारीसाधन टिमुरेमा रोकिएका छन्। टिमुरेबाट रोङ्गा दोभानसम्मका विभिन्न स्थान र भोटेकोसी पुल नजिक याङ्याङ पाखा, सानुभार्खु भिर एवं ठूलोभार्खु डाँडाको सडकखण्डमा अत्यधिक हिलोका कारण विद्युतीय कारलगायत साना सवारीसाधन रोकिएका हुन्।

युवालाई देशको माया हुनुपर्छ: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले युवा पुस्तामा देशप्रतिको माया हुनुपर्ने बताएका छन्।

१७ घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडकखण्ड

पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड १७ घण्टापछि सञ्चालनमा आएको छ। सोमबार राति करिब ८ः०० बजेतिर इच्छाकामना गाउँपालिका ६ स्थित नाम्सी पुल नजिकै खसेको पहिरो पन्छाएर मंगलबार दिउसो १ बजेदेखि यातायात सञ्चालनमा ल्याइएको हो।

ढुंगा खस्ने क्रम नरोकिएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउन समस्या (तस्बीरहरु)

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्ने क्रम नरोकिएपछि पन्छाउन समस्या भएको छ। सडक आवागमन सञ्चालनमा ल्याउन अझै केही थप समय लाग्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

नारायणगढ–मुग्लिन सडक अवरूद्ध, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध

नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच/छ घण्टालाग्ने भएको छ ।

सडक विभागको हेलचेक्य्राइँः मोटर गुड्ने पुल बनाउन दुई लाख

सडक विभागले चालु आर्थिक वर्षको बजेट निर्माणमा खेलाँची गरेको छ। मोटर गुड्ने पुलका लागि पनि दुई लाख रूपैयाँ बजेट विनियोजन गरेको छ।

बाढीले जोमसोम–कोरला सडक अवरुद्ध

खहरे खोला उर्लिएर आएपछि जोमसोम–कोरला सडक अवरुद्ध भएको छ। राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत पर्ने सो सडक आइतबार रातिदेखि अवरुद्ध भएको हो।

भासिएको सडकले सधैँ जोखिम, मुख्यमन्त्री जम्कट्टेलद्वारा निरीक्षण

धादिङको नीलकण्ठ नगरपालिका–३ सिरानबजार आवतजावत गर्ने मुख्य सडक भासिन थालेको आठ वर्ष हुँदा पनि दीर्घकालीन मर्मत नहुँदा आसपासका घर थप जोखिममा परेका छन्। जिल्लाको सदरमुकाम धादिङबेँसीको सिरानबजारस्थित मुख्य सडकको आधा भाग झन्डै डेढ मिटर तल भासिएको छ।

सडकमा विमान खस्दा १० जनाको मृत्यु

मलेसियामा एक निजी विमान बिहीबार सडकमा दुर्घटनाग्रस्त हुँदा १० जनाको मृत्यु भएको छ। राजमार्गमा गुडिरहेका कार र मोटरसाइकलमाथि विमान खसेको थियो।

एक वर्षमा ८ सय २० किलोमिटर सडक कालोपत्रे

पूर्वाधार निर्माण गर्ने सबैभन्दा ठूलो सरकारी निकाय सडक विभागले गत आर्थिक वर्षमा ८ सय २० किलोमिटर सडक कालोपत्रे स्तरमा स्तरोन्नति गरेको छ।

‘सडकका कुकुरलाई माया गरौं’

काठमाडौंकी एक महिलाले आफ्नो घरवरिपरि घुमिरह्यो भन्ने रिसले उम्लिरहेको पानी कुकुरको ढाडमा खन्याइदिएर घाइते बनाएकी थिइन्। ‘साथी’ पुस्तक त्यही कुकुरको कथा हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्