२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

६ दिनपछि खुल्यो बेनी–जोमसोम सडक

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको गुईठेभीरमा अवरुद्ध भएको सडक ६ दिनपछि सञ्चालनमा आएको छ।

भारीबर्षासँगै लगातार सडकमाथिबाट खसेको पहिरोका कारण मर्मतमा समस्या भएको थियो। शनिबार अवरुद्ध भएको सडक पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेको दानाका पर्यटन व्यवसायी इन्द्रसिंङ शेरचनले बताए।

‘रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्, ‘अझै पनि पहिरो स्थलमा भने जोखिम कायमै छ’ उनले भने। सडकखण्ड अन्तरगत दानाको गुइँठे, सुकेबगर, जलथले, खामभिक्ता लगायतका क्षेत्र पहिरोको जोखिममा छ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले पहिरो पन्छाएर सडक खुलाइएको जानकारी दिए। उनले जोखिम मानिएका क्षेत्रमा अवरुद्धलाई पन्छाउन आवश्यक मेसिन सहितको जनशक्ति समेत तयारी अवस्थामै रहेको बताए।

सडक अवरुद्ध हुँदा दानादेखि नारच्याङको घरापसम्म हिलाम्मे सडकमा कष्टपूर्ण यात्रु पैदल यात्रा गर्न बाध्य भएका थिए। लगातारको वर्षा, भिरालो जमिन, भूमिगत पानी, कमजोर भू–वनावट, कालीगण्डकी नदीको कटानले छियाछिया पारेको सडकमा माथीबाट ढुंगा खस्ने भएकाले साउन, भदौ र असोज महिनामा यात्रु र पैदल यात्रीलाई निकै सास्ती हुने गरेको छ।

प्रकाशित: ९ भाद्र २०८० १४:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App