८ वैशाख २०८१ शनिबार

गण्डकीमा नयाँ सरकार गठनका लागि आह्वान

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरूङले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका हुन्।

‘जनअपेक्षा पूरा गर्न प्रदेश सरकारले थप प्रयत्न गर्नुपर्छ’

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जनअपेक्षा पूरा गर्न प्रदेश सरकारले थप प्रयत्न गर्नुपर्ने बताएका छन्।

प्रजातन्त्रलाई जीवन पद्धति बनाउनुपर्छः प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रजातन्त्रलाई जीवन पद्धति बनाउनुपर्ने बताएका छन्।

शासन पद्धति जीवन पद्धतिसँग जोडिनुपर्दछः प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा आज पोखरामा आयोजित विशेष समारोहको उद्घाटन गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्थासँगै स्थापित प्रदेश केवल शासन प्रणालीका रुपमा मात्र नभइ नागरिकको जीवन पद्धति र शैलीका रुपमा स्थापित हुनुपर्ने बताए

मुलुकलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छः प्रदेश प्रमुख गुरुङ

विकास निर्माण र समृद्धिको अभियानमा प्रदेशसभामा सबै दलको आपसी सहयोग रहेको बताउँदै उनले भने, 'निर्वाचनपश्चात बन्ने प्रदेशसभा र सरकारलाई काम गर्ने वातावरण बनेको छ।'

भ्रष्टाचारले तीन करोड जनता मारमा परेका छन्ः प्रदेश प्रमुख शेरचन

'भ्रष्टाचार खतरनाक हतियार हो, यसले धेरैलाई हत्या गरेको छ। तीन करोड जनता मारमा परेका छन्। आयोगको ध्यान यता जाओस्।'

जनताले चाहेअनुसार उपलब्धि हासिल गर्न सकेनौँः प्रदेश प्रमुख गुरुङ

‘एक सरकारदेखि अर्को सरकारबीचको समन्वय नमिल्दा जनताले सोचे अनुसारको प्रगति हासिल गर्न सकेका छैनौँ। हामीले जनताको घरसम्म पुग्नेगरी काम गर्न आवश्यक छ। जनताका आधारभुत हक अधिकारहरूको कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यवस्थालाई जनताको जीवन पद्धतीसँग आवद्ध गरी लोकतन्त्रका लाभहरू आम नागरिकको पहुँचमा पुर्‍याउनेतर्फ लाग्नुपर्छ। अहिलेको संविधानले विविधतायुक्त नेपाली समाजलाई वृहत राष्ट्रिय एकताको सूत्रमा जोडेको छ।’

'अबको यात्रा आर्थिक समृद्धि'

जनताका आधारभूत हकअधिकारको कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यवस्थालाई जनताको जीवन पद्धतिसँग आबद्ध गरी लोकतन्त्रका लाभ आम नागरिकको पहुँचमा पुग्नेगरी वितरण गर्नेतर्फ लाग्नुपर्नेमा उनले जोड दिए।

कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

केही बेरअघि मुख्यमन्त्री जीवनबहादुर शाहीले रिक्त दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेका थिए। आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा मन्त्री गणेशप्रसाद सिंहले आइतबार राजीनामा दिएका थिए।

पूर्व प्रदेश प्रमुखलाई वडाध्यक्षको चिठी

मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख डा. राजेश अहिराजलाई काठमाडौं महानगरपालिका १० नम्बर वडाध्यक्ष रामकुमार केसीले १५ दिनभित्र जवाफ पठाउन भन्दै चिठी पठाएका छन्।

गण्डकी प्रदेश प्रमुख गुरुङ भन्छन्, ‘भाषा, धर्म र संस्कृति सभ्यता र सम्पन्नताका सूचक’

श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको सभ्यता र सम्पन्नताका सूचक भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाजलाई जोगाउन सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताए।

कर्णालीको मन्त्रिपरिषद् हेरफेर

कर्णाली प्रदेश सरकारमा सहभागी कार्चेन लामाको ६ महिने कार्यकाल पूरा भएपछि मंगलबार मन्त्रिपरिषद् हेरफेर गरिएको हो। लामाले सम्हाल्दै आएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जीवनबहादुर शाहीले आफैंसँग राखेका छन्।

‘शिक्षाको ज्योति छर्नेहरू भगवान् सरह’ हुन्ः पृथ्वीमान गुरुङ

शिक्षासेवी जोर्ज जोनको नाममा स्थापित जोर्जजन शिक्षा प्रतिष्ठानको पोखरामा आज आयोजित २४ औँ वार्षिकोत्सव, शिक्षासेवी सम्मान एवं छात्रवृत्ति वितरण कार्यक्रममा प्रदेश प्रमुख गुरुङले शिक्षाको ज्योति फैलाउने असल गुरुको रूपमा चिनिनुहुने जोर्जजोनको योगदान अतुलनीय रहेको बताएका हुन्।

लुम्बिनी प्रदेश सभाको दशौँ अधिवेशन अन्त्य

प्रदेश प्रमुख अमिक शेरचनले गए राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु दशौँ अधिवेशन अन्त्य गरेको हुन्।

बागमती प्रदेशका प्रमुख शर्माद्वारा दुई वटा विधेयक प्रमाणीकरण

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०१ को उपाधारा (१) बमोजिम आज दुई वटा विधेयक प्रमाणीकरण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्