सचिव बढुवामा समूहगत कोटा हटाइने
अव परराष्ट्र, स्वास्थ्य, लेखापरीक्षण र कानुन समूहबाहेक अन्य सेवातर्फ सचिव बढुवा हुन र सरुवा हुन कोटा (क्लस्टरिङ) लागू नहुने भएको छ।
अव परराष्ट्र, स्वास्थ्य, लेखापरीक्षण र कानुन समूहबाहेक अन्य सेवातर्फ सचिव बढुवा हुन र सरुवा हुन कोटा (क्लस्टरिङ) लागू नहुने भएको छ।
संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशी नियमित काममा फर्किने भएका छन्।
बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तकाे हत्याको अनुसन्धान गर्न बनेको उच्च स्तरीय छानविन समितिका सदस्य बिरेन्द्र केसीले निर्मलालाई न्याय दिलाउँदा अाफ्नै ज्यानको खतरा महसुस गरेर राजिनामा दिएको बताएका छन।
मुलुक संघीयतामा गएसँगै स्थानीय सरकारकाे अवधारणा आयो। स्थानीय तहको निर्वाचनबाट स्थानीय सरकारहरु बने। स्थानीय आफूलाई आवश्यक पर्ने स्रोत साधन जोहो गर्नुपर्ने दवाब बढ्दै गएपछि धेरै स्थानीय तहले जथाभावी कर लगाउने क्रम बढ्दै गएको छ।
जवर्जस्ती करणी मुद्दाका फरार दोषीलाई इलामबाट पक्राउ गरिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र जिल्ला प्रहरीको संयुक्त टोलीले ४१ वर्षे नेत्र तिम्सिनालाई इलाम सदरमुकामको बसपार्कबाट पक्राउ गरेको हो।
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर चार महिनापछि खुलेको छ। करिडोर अन्तर्गतको रिडी-रुद्रवेणी सडक खण्डलाई चार महिनापछि १० मिटर चौडा बनाएपछि सोमवारदेखि उक्त सडक खुलेका हो।
धुलिखेल नगरपालिकाको आर्थिक ऐन २०७५ लागू भएको करिब दुई महिनापछि नेपाली काँग्रेस नगर समितिले त्यसको विरोध गरेको छ।
तलबी कर्मचारीलाई लक्षित गर्दै सर्वाधिक ब्याजदर दिने गरी ल्याइएको एनएमबि तलब खाताले देशभर उत्साह जगाएको बैंकले जनाएको छ।
निर्मला पन्तको अनुसन्धानका लागि गठित उच्चस्तरिय अध्ययन समितिको अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै सात नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उसचिव एवम् समितिका सदस्य बीरेन्द्र केसीले राजीनामा दिएका छन्।
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यामा अदालतबाट सफाइ पाएका छविलाल पौडेल जेल मुक्त भएका छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सम्भुनाथमा ट्रकको ठक्करबाट आइतबार साँझ दुई जनाको मृत्यु भएको छ।
प्रदेश राजधानीमा खटाइएका उच्च कर्मचारीहरू दुइ महिना पनि नबित्दै काठमाडौं फर्कने गरेका छन्।
नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले जनतालाई कर र महङ्गीको भार थोपरेको आरोप लगाएका छन्। नेपाली काङ्ग्रेस बर्दियाको जिल्ला सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले जनतालाई विकास र सुशासन दिनुपर्नेमा उल्टै कर र महङ्गी बढाएर झन पीडा दिएको बताए।
हत्या अभियोगमा प्रहरी हिरासतमा रहेका नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपाका प्रवक्ता खड्गवहादुर विश्वकर्मालाई जिल्ला अदालत दाङले ८ दिनकाे म्याद थप गरेकाे छ।
कर्णाली राजमार्गअन्तर्गत प्रदेश राजधानी वीरेन्द्रनगरदेखि मुगु सदरमुकाम गमगढीसम्मको दुरी दुई सय ९४ किलोमिटर छ।