१९ आश्विन २०८१ शनिबार
image/svg+xml

माइबेनीमा लाग्यो धार्मिक मेला

कोरोना संक्रमणको जोखिम भए पनि धार्मिकस्थल माइबेनीमा माघे संक्रान्तिका अवसरमा मेला लागेको छ। स्थानीय प्रशासनले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरे पनि स्वतस्फुर्त रूपमा धार्मिक मेला लागेको हो।

लाकोजूको पनौतीको बाह्रवर्षे मकरमेला लोकार्पण

कार्यक्रमकै क्रममा कवि सूर्यप्रसाद लाकोजूद्वारा रचित, विजयराम कर्माचार्यको स्वर, सुरेन्द्र श्रेष्ठको सङ्गीत रहेको एतिहासिक नगर पनौती को गीत सार्वजनिकरण गरिएको थियो।

अस्ट्रेलियन शैक्षिक मेला सम्पन्न

ग्लोबल रिसर्चको आयोजनामा अस्ट्रेलियन शैक्षिक मेला सम्पन्न भएको छ। बानेश्वरस्थित होटल एभरेस्टमा उक्त मेला सम्पन्न भएको हो।

संघसंस्थाहरु मेला र महोत्सवको तयारीमा

कास्कीका विभिन्न संघसंस्थाहरु मेला र महोत्सव गर्ने आन्तरिक तयारीमा जुटेका छन्। केही संघसंस्थाले मिति सार्वजनिक गरिसकेका छन्। कोही पर्ख र हेरको अवस्थामा छन्।

हस्तकला मेलामा आठ करोडको कारोबार

महासंघ उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यले मेलामा एक लाखभन्दा बढीले अवलोकन गरेको बताए। पहिलो दिन शुक्रबार २३ हजार र दास्रो दिन ५५ हजारले मेला अवलोकन गरेका छन्।

हस्तकला मेला सम्पन्नः रु आठ करोड बराबरको कारोबार

मेलामा विभिन्न हस्तकला विधाका १२० भन्दा बढी स्टल रहेका थिए। सो अवसरमा ७० वर्ष नाघेका ज्येष्ठ कलाकारलाई सम्मान समेत गरिएको थियो।

हस्तकला व्यापार मेला सुरु

१८औं हस्तकला व्यापार मेला तथा १६औं कला प्रतियोगिता शुक्रबारदेखि राजधानीमा सुरु भएको छ। नेपाल हस्तकला महासंघको आयोजनामा बौद्धस्थित होटल हायात रिजेन्सीमा सुरु भएको उक्त मेलाको प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार उद्घाटन गरेका छन्।

पाल्पामा चिच्याएर वर माग्ने मेला

सत्यवती बज्यैले कानले नसुन्ने भएपछि चिच्याएर वर माग्ने गरिएको समितिका अध्यक्ष सुनवीर गाहाले जानकारी दिए। सत्यवतीदेवी कानले नसुन्ने धार्मिक विश्वासका कारण रातमै चिच्चाएर वर माग्ने चलन छ।

हस्तकला व्यापार मेलाको तयारी पूरा

मेलामा विभिन्न हस्तकला विधाका एक सय २० भन्दा बढी स्टल रहनेछन्। साथै मेलाको झन्डै एक लाख जनाले अवलोकन गर्ने, प्रत्यक्ष कारोबार र व्यावसायिक अर्डरसमेत गरी तीन करोडदेखि पाँच करोड रूपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको छ।

आँधीमूलमा एकादशी मेला लाग्ने

आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल मन्दिरमा यस वर्ष एकादशी मेला लाग्ने भएको छ। कोरोना सङ्क्रमण न्यूनीकरण भएर जनजीवन सामान्य बन्दै गएकाले आज एकादशी मेला सञ्चालन गर्न लागिएको हो।

धार्मिक मेलाका लागि दुई दिन सार्वजनिक बिदा

धार्मिक तथा पर्यटकीयस्थल खोटाङको बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई लक्षित गरी बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिकाले यही कात्तिक–२८ र २९ गते सार्वजनिक बिदा दिएको छ।

१८औँ हस्तकला व्यापार मेला होटल ह्यात रिजेन्सीमा

हस्तकला महासंघले आगामी मंसिर ३ गतेदेखि ५ गतेसम्म काठमाडौंस्थित होटल ह्यात रिजेन्सीमा १८औँ हस्तकला व्यापार मेला तथा १६ औँ कला प्रदर्शनी गर्ने भएको हो। मेला बारे बिहीवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो।

बजाज एक्सचेन्ज महामेला

नेपालमा बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्राइभेट लिमिटेडले ‘फाइदा मोर, टेन्सन नो मोर’ शीर्षकका साथ बजाज एक्सचेन्ज महामेला अफर ल्याएको छ।

भक्तपुरमा पोखरीको पनि मेला

पोखरीको पनि मेला लाग्ने गरेको थाहा पाउँंदा तपाईलाई अच्चम लाग्न सक्छ तर भक्तपुरको सिद्धपोखरीमा सोमबार मेला लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्