८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

हस्तकला मेलामा आठ करोडको कारोबार

१८औं हस्तकला व्यापार मेला तथा १६औं हस्तकला प्रतियोगिता सम्पन्न भएको छ। तीन दिनसम्म चलेको मेलामा करिब आठ करोड रूपैयाँको कारोबार भएको आयोजकले जनाएको छ।

महासंघ उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यले मेलामा एक लाखभन्दा बढीले अवलोकन गरेको बताए। पहिलो दिन शुक्रबार २३ हजार र दास्रो दिन ५५ हजारले मेला अवलोकन गरेका छन्।

महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्यले निर्यात व्यापार, रोजगारी सिर्जनाका साथै देशको कला संस्कृतिको संरक्षण संवद्र्धनमा हस्तकलाको महत्वपूर्ण भूमिका रहेकाले हस्तकलालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताए।

१६औं कला प्रतियोगिताका विजेतालाई नगदसहित पुरस्कृत गरिएको छ। नेचुरल फाइवरतर्फ दाङकी सुनिताकुमारी चौधरी प्रथम भएकी छन् भने पुन महर्जन द्वितीय र आशा माया महर्जन तृतीय हुन सफल भएका छन्।

त्यस्तै परम्परागत विधा जडाउ कलातर्फ नरेन्द्र बज्राचार्य प्रथम, राजु बज्राचार्य द्वितीय र राम बज्राचार्य तृतीय भएका छन्। प्रथम, द्वितीय र तृतीयले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन्। मेलामा विभिन्न हस्तकला विधाका एक सय २० भन्दा बढी स्टल रहेका थिए।

प्रकाशित: ७ मंसिर २०७८ ०४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App