१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

पाल्पामा चिच्याएर वर माग्ने मेला

पाल्पाको सत्यवती मन्दिरमा चिच्याएर वर माग्ने मेला लागेको छ। जिल्लाको तिनाउ गाउँपालिका–४,सत्यवतीमा रहेको सत्यवती बज्यैको मन्दिरमा चिच्याएर वर माग्ने धार्मिक परम्परा छ ।  

सत्यवती बज्यैले कानले नसुन्ने भएपछि चिच्याएर वर माग्ने गरिएको समितिका अध्यक्ष सुनवीर गाहाले जानकारी दिए। सत्यवतीदेवी कानले नसुन्ने धार्मिक विश्वासका कारण रातमै चिच्चाएर वर माग्ने चलन छ। रातका समयमा हजारौँले एकै पटक चिच्याएर वर माग्दा जङ्गलको सुनसान रात गुञ्ज्यमान हुने गर्दछ।  

बुधबारदेखि सो तीनदिने मेला सुरुवात भएको हो। यस मन्दिरकी देवी अर्थात् बज्यैलाई पूजा गरेपछि टीका, चुरा र साडी चोलीसमेत चढाउने चलन छ। परेवा र बाख्राको बलि दिने पनि गरिन्छ। यहाँको मन्दिरमा रातको समय चिच्याएर वर माग्दा पूरा हुने धार्मिक विश्वासका साथ अहिले मन्दिर क्षेत्रमा वर माग्नेको चहलपहल बढेको छ। रातको समय सत्यवती तालमा लिङ्गो गाडेर बिहान सोही लिङ्गो चिनेर पूजा गर्ने चलन छ।  

पहाडको टुप्पोमा मन्दिर र तालसमेत रहेको छ। ताल परिक्रमा गरी मन्दिरमा पूजा गर्दै आउने चलन छ। प्रत्येक वर्ष कात्तिक शुल्क त्रयोदशीदेखि पूर्णिमासम्म सत्यवती तालमा धार्मिक मेला लाग्ने गर्दछ। मेला अवलोकन गर्नका लागि पाल्पा, गुल्मी, रुपन्देही, नवलपरासी, कपिलवस्तु र भारतबाट समेत श्रद्धालुभक्तजनहरु भित्रिन्छन्। पाल्पा बुटवल सडक खण्डको चौबीस माइल र बुटवल क्षेत्रबाट आउनेले झुम्साबाट मन्दिर क्षेत्र जान सकिन्छ। करिब दुईदेखि तीन घण्टा उकालो हिँडेपछि सत्यवती मन्दिरमा पुगिन्छ। रासस

प्रकाशित: ३ मंसिर २०७८ ०६:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App