१२ असार २०८१ बुधबार
image/svg+xml

नारी कथामा आधारित पुस्तक बजारमा

साहित्यकार डा. महेश्वर शर्माको नारीको कथा व्यथामा आधारित ‘उहिलेको कुरा र अहिलेको कुरा’ नामक पुस्तक सार्वजनिक भएको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा साहित्यकार भैरव रिमालले ‘उहिलेको कुरा र अहिलेको कुरा’ पुस्तक विमोचन गरेका थिए ।

नारी हस्ताक्षर बोकेर बोस्टन पुग्दा

मञ्चअगाडि तीजमा सजिएर आएका स–साना नानीहरू थिए। नारी मुक्तककारका मुक्तक समाविष्ट कृतिको विमोचन पञ्चकन्याका कलिला हातबाट गराउँदा झन् सान्दर्भिक हुन पुग्यो। पञ्चकन्याको छेउछाउमा प्रतिष्ठानका कुलपतिलगायत अन्य अतिथि उभिँदाको झलक साँच्चै मुक्तकिलो थियो।

चियर्स ! नयाँ यात्रा सुरु गरौँ

केही वर्षअगाडि मात्रै नेपालीले भोगेको विनाशकारी भूकम्पको झड्काको झझल्को बोकेका कथाहरु, नारी संवेदना र उनीहरुको आवाजलाई उनिएको कथामाला हो– दिलीप शाहको कथासंग्रह ‘चियर्स’।

स्त्रीशक्ति, मिथक र मीमांसा

हिन्दू समाजमा नारी शक्तिको बखान गर्दा अधिकांशले पौराणिक पात्र नवदुर्गाहरूसँगै पार्वती, सीता, कुन्ती, द्रौपदी लगायतको उदाहरण पेस गर्छन् । यिनीहरू सबैसँग अनेक मिथकीय शक्ति र जन्म कहानी छन् । यी सबै पात्रहरू उच्च वर्ग, शासक र सत्तासँग सम्बन्धित छन् ।

तीज : पहिले र अहिले

हिन्दू नारीको छुट्टै र ठूलो निकै महिमा बोकेको मौलिक चाड हो– तीज। खानामा, गीतमा र सम्बन्धमा मिठास भर्ने हाम्रो गौरव बोकेको संस्कृति हो– तीज। सदियौँदेखि चलिआएको यो मौलिक पर्वमा अहिले भने खै कतै धमिराले खाएर हो कि मक्किएर हो, खोक्रो लाग्न थालेको छ। हाम्रा हजुरआमा, आमाहरूले तीजका बेला गाउँ नै घन्किने गरी मीठा भाकामा दुःख, पीडा, विरह, सुख, माया, प्रेम, विद्रोहका कुरा गीतमार्फत व्यक्त गर्थे। हामीले त्यो पुस्ता नभेटेका पनि होइनौँ। जब कृष्ण जन्माष्टमी नजिक आउँथ्यो, तब मात्र चेलीको चहलपहल सुरु हुन्थ्यो। बाटामा रातै बनेर ओहोरदोहोर गरेका महिला देख्दा लाग्थ्यो– तीजले कति रौनक बोकेर आएको छ !

बजारमा तीज केन्द्रित नयाँ डिजाइन

हिन्दू नारीहरूको पर्वको रूपमा परिचित तीज नजिकिँदै जाँदा दर खाने सुरू भइसकेको छ । यसलाई केन्द्रित गरेर राजधानी वरपर रहेको विभिन्न बुटिकहरूले नयाँ फेसनको ट्रेन्डअनुसारको ड्रेस तयार गरिरहेका छन् । तीजमा नारीहरू शीरदेखि पाउसम्म रातै भएर शृंगारिने चलनमा फरकपन आएसँगै नयाँ–नयाँ डिजाइनको ड्रेस बुटिकमा राख्न थालेका छन् ।

हाई हिलमा स्मार्ट नारी

काठमाडौँको सिभिल महलमा भेटिएकी कलंकीकी अनु खड्का आफ्नो रोजाईको हिल छनोट गर्दै थिइन्। ‘प्रायः हिल लगाउन नै मनपर्छ,’ उनले भनिन्, ‘हिल लगाउँदा स्मार्ट देखिन्छ जस्तो लाग्छ। आफ्नो पर्सनालिटी पनि मेन्टेन गर्नुप-यो।

क्यानभासमा नारी शक्तिको सम्मान

वर्षासँगै नेपालका अधिकांश क्षेत्रका कृषकहरूलाई धान रोख्ने चटारो सुरू भएको छ। ‘मुठी रोपेर मुरी उब्जाउने’ भनाईलाई अनुसार कृषकहरूका खेतमा हलगोरु जोत्न र बाउसे तथा रोपारहरू आत्मीय भएर धान रोपाइँ गर्न व्यस्त देखिने परिवेशको बयान पुल्चोकस्थित फ्रान्सेली कला प्रदर्शनीको भित्ताहरूमा झुन्डाइएका चित्रकलाले गरेका छन्।

अर्थात् लोग्नेमान्छे

सुरूमै स्पष्ट गरूँ, लोग्नेमान्छेलाई प्रतीक बनाएर काव्यात्मक शैलीमा कवयित्री बाबा बस्नेतले लेखेका ‘भालेहरू’ शीर्षकको कवितामा प्रयुक्त उपर्युक्त पंक्तिहरूप्रति कुनै विमति राखेर यसलाई नारीकुण्ठाको अभिव्यक्ति मान्न खोजिएको होइन।

नारी संवेदनापूर्ण गहिराइ

स्वप्निल र आदर्शवादी दृष्टिले जिन्दगी नियाल्नेहरूलाई प्रगतिवादी बाटो देखाउँदै कविताको दियो बाल्ने एउटा नाम हो– सुनिता गिरी। आलोकमा उभिने मोहले अन्धकार विरुद्ध कविता लेख्ने सुनिता संघर्ष लेख्दिनन् मात्र संघर्षमा बाँच्छिन्। यिनको जीवनको सम्झौताविहीन आयाम सदैव आकर्षक छ मेरा लागि। हङकमा बसेर नेपाली माटो र ममताको गन्ध सुँघ्दै अक्षरको खेती गर्दै आएकी छिन्। उनको कविताकृति ‘माइत जाने बाटो’ आएको छ।

भ्रष्टाचार जनस्तरबाट समाप्त पार्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले सीतालाई महान नारीको संज्ञा दिएका छन्। रामायणको पात्र सीताको त्याग र समर्पणले उनलाई विश्वमा महान नारीको रुपमा स्थापित गराएको बताउँदै उपराष्ट्रपति पुनले आदर्श, त्याग, समर्पण, तपस्या, सतित्व र मातृत्व वात्सल्यका कारण माता सीताको आदर्श विश्वमा स्थापित भएको बताए।

साना देशप्रति मोह मात्र कि विश्वव्यापी चिनारी ?

प्रधानमन्त्री ओलीको भियतनाम भ्रमणको अवसरमा नेपाल–भियतनाम सीधा हवाई सम्पर्क स्थापना गर्ने सम्झौता हुने बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन्।

लोकगायिका डीक्रा पुरस्कृत

एक दशकपछि गायनमा फर्किएकी सुदूरपश्चिमकी लोकगायिका डीक्रा बादीलाई नेपाल स्रष्टा समाजले ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ प्रदान गरेको छ। ठाडीभाकाको संरक्षण र बादी समुदायको शसक्तिकरणमा योगदान पु-याएस्वरुप उनलाई पुरस्कृत गरिएको समाजका अध्यक्ष विधान आचार्यले जानकारी दिए।

शक्ति बराबरी

गएको मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाउन म न्युयोर्क आइपुगेकी थिएँ । देश ठूला होऊन् या साना, समाज विकसित होस् या अविकसित, नारीको अवस्था भने अझै पनि गुणात्मक रुपमा सुधार हुन नसकेको यहाँ व्यक्त धारणामा टड्कारो सुनिन्थ्यो । यहाँ गुनासाका कुरा मात्र भएनन्, आक्रोश मात्र पोखिएनन् । समस्या समाधानका लागि भइरहेका पहल र गर्न सकिने साना परिवर्तनका कुरा पनि भए ।

नबिल बैंकको ‘नबिल नारी’ सुरु

नबिल बैंकले नेपाली महिलाको लागि पूर्ण सेवासहितको विशेष नारी प्याकेज सुरु गरेको जनाएको छ। महिलाप्रति विशेष सम्मान दर्शाउने क्रममा नबिल नारी कार्यक्रम अन्तर्गत तीनवटा नयाँ उत्पादनमार्फत महिलालाई पूर्ण बैंकिङ सेवा प्रदान गर्ने बैंकले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्