१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

नबिल बैंकको ‘नबिल नारी’ सुरु

काठमाडौं– नबिल बैंकले नेपाली महिलाको लागि पूर्ण सेवासहितको विशेष नारी प्याकेज सुरु गरेको जनाएको छ। महिलाप्रति विशेष सम्मान दर्शाउने क्रममा नबिल नारी कार्यक्रम अन्तर्गत तीनवटा नयाँ उत्पादनमार्फत महिलालाई पूर्ण बैंकिङ सेवा प्रदान गर्ने बैंकले जनाएको छ।

बैंकले अभिनेत्री प्रियंका कार्कीलाई नबिल नारीको अग्रणी नियुक्त गरेको छ। बैंकले नेपाली महिलालाई बचत गर्न प्रोत्साहन गर्नुका साथै नेपालमा महिला उद्यमशीलताको विकास गर्न आवश्यक पर्ने सबै वित्तीय आवश्यकता पूरा गर्न ‘नबिल नारी’ अन्तर्गत नबिल प्रिमियम नारी बचत, नबिल नारी कर्जा र नबिल लघुउद्यम कर्जा जस्ता बचत खाता तथा कर्जा सेवाको सुरु गरेको हो।

नबिल प्रिमियम नारी बचतमा आकर्षक विशेषताका साथै नबिल स्मार्ट बैंक (मोबाइल बैंकिङ), क्रेडिट कार्ड (स्थानीय र अन्तर्राष्ट्रिय) डिमान्ड ड्राफ्ट/स्विफ्ट ट्रान्सफर, लकर जस्ता विशेष सुविधा सहित वार्षिक ४.७५ प्रतिशत ब्याजदरमा खाता खोल्न सकिने बैंकले जनाएको छ।

बैंकले ‘नबिल नारी कर्जा’ पनि सुरु गरेको छ। यसले महिलाको उद्यमशीलता प्रयासमा सहयोग गर्न वार्षिक ९.९९ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १५ चैत्र २०७५ ०५:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App