ओली र प्रचण्डलाई तत्काल सचिवालय बैठक बोलाउन बामदेव गौतमको आग्रह
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टी सचिवालयको बैठक बोलाउन माग गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टी सचिवालयको बैठक बोलाउन माग गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको छ। सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएपछि संसदीय दलको आगामी योजनाबारे प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको हो।
संसद् पुनर्स्थापनाको खुसी मनाउन नेकपा प्रचण्ड-नेपाल समूहले आज (बुधवार) राजधानीमा विजय जुलुस निकाल्ने भएको छ। आज दिउँसो १२ बजे काठमाडौंको शान्ति बाटिकामा विजय जुलुस निकाल्ने नेता विष्णु रिजालले जानकारी दिएका छन्।
सर्वाेच्च अदालतले संसद् पुनःस्थापनाको निर्णय गरेपछि सामाजिक सञ्जालमा अदालतको वाहवाही भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो ट्विटरमा भनेका छन्, ‘सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन्। मंगलबार अबेर सामाजिक संजाल मार्फत उनले भनेका छन्, ‘प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ।
नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्चले संविधानको रक्षा गरेको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको भावना र मर्मत विपरित प्रतिनिधि सभा विघटन गरेकोमा सर्वोच्च अदालतले संसद पुर्नस्थापना गर्ने फैसला सुनाएसँगै थापाले मंगलबार यस्तो टिप्पणी गरेका हुन्।
नेकपा अध्यक्ष माधव कुमार नेपालले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको बताएका छन्।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद पुनःस्थापना गरेर सर्वोच्च अदालतले लोकतन्त्रको रक्षा गरेको प्रतितक्रिया दिएका छन्। उपचारका लागि भारतको दिल्लीमा रहेका डा. भट्टराईले 'सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको बताएका छन्।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय वदर गर्दै १३ दिनभित्र संसद वैठक बोलाउन आदेश गरेको छ।
नेकपा नेता योगेश भट्टराईले संसद पुन:स्थापनाले देशलाई अध्यारोमा जानबाट बचाएको बताएका छन्। नागरिकसँग कुरा गर्दै उनले भने 'सत्ताको आडमा लोकतन्त्रमाथी धावा बोल्न सकिँदैन भन्ने सर्वोच्चको आदेशले देखाएको छ।'
सर्वोच्च अदालतले संसद पुन:स्थापनाको फैसला गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेपछि पुन:स्थापनाको माग गर्दै सर्वोच्चमा रिट परेको थियो।
संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले फैसलाको तयारी गरेको छ। सर्वोच्च उच्च स्रोत फैसला आजै आउन सक्ने जनाएको छ।
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतले संविधानको रक्षा गर्ने बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै दाहालले संसद पुन:स्थपना हुने विश्वाबस व्यक्त गरे।
नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रतिनिधिसभा विघटनपछि डिरेल भएको संविधानलाई पुनःस्थापनामार्फत सही बाटोमा ल्याएर निर्वाचनमा जानुपर्ने बताएका छन् । नेता रिजालले पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्तासँग सोमबार राजधानीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा संसद् पुनःस्थापना गरेर संविधान ‘ट्र्याक’मा ल्याएर निर्वाचन गर्नु उपयुक्त हुने धारणा राखेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनर्स्थापना भए देशमा तमासा सुरु हुने बताएका छन्। कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले सोमबार भने, ‘विघटित संसद् पुनर्स्थापना भए देशमा तमासा सुरु हुनेछ।