७ वैशाख २०८१ शुक्रबार
राजनीति

संसद् पुनर्स्थापनाः प्रचण्ड-नेपाल समूहले विजय जुलुस निकाल्दै

संसद् पुनर्स्थापनाको खुसी मनाउन नेकपा प्रचण्ड-नेपाल समूहले आज (बुधवार) राजधानीमा विजय जुलुस निकाल्ने भएको छ। आज दिउँसो १२ बजे काठमाडौंको शान्ति बाटिकामा विजय जुलुस निकाल्ने नेता विष्णु रिजालले जानकारी दिएका छन्। सर्वोच्च अदालतले मंगलवार प्रतिनिधि सभा विघटनलाई बदर गरेसँगै प्रचण्ड माधव पक्षले खुसीयाली मनाउन लागेको हो।  

उनले एक ट्वीट गर्दै लेखेका छन्, 'संविधान र लोकतन्त्रको रक्षाका पक्षमा सर्वोच्च अदालतबाट भएको ऐतिहासिक फैसलापछि आज मध्याह्न १२ बजे काठमाडौंको शान्ति वाटिकामा आयोजित कार्यक्रममा सहभागी बनौं !'

प्रकाशित: १२ फाल्गुन २०७७ ०२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App