चुनाव मिति घोषणा तयारीमा सरकार
संविधान संशोधन नगरी स्थानीय तह चुनावमा नजान मधेसी मोर्चाले दबाब दिए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल मिति घोषणा गर्ने तयारीमा जुटेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार चुनाव मिति घोषणा गर्न सोमबार बिहान मन्त्रिपरिषद् बैठक बोलाइएको छ।