२३ आश्विन २०८१ बुधबार
image/svg+xml

विद्यालयका कर्मचारीलाई आन्दोलन स्थगित गरी वार्तामा आउन शिक्षा मन्त्रालयको आग्रह

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका कर्मचारीलाई आन्दोलन स्थगित गरी वार्तामा आउन आग्रह गरेको छ।

वीपीमा पूर्वरजिष्ट्रारले आवास छाडेन, नवनियुक्त रजिष्ट्रार टेन्ट टाँगेर बस्ने तयारीमा

करिब १० महिनाअघि पदबाट राजिनामा दिएका पूर्वरजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले रजिष्ट्रार बस्ने आवास नछोडेपछि नवनियुक्त रजिष्ट्रार डा.संगौला प्रतिष्ठान परिसरमा टेण्ट टागेर बस्ने तयारी गरेका हुन्।

साताभरि नै देशभर आंशिक बदली

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव नौ डिग्री र अधिकतम तापक्रम ३१ दशमलव दुई डिग्री सेल्सियस छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १४ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३६ दशमलव चार डिग्री सेल्सियस रहेको छ।

प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा र पूर्वतर्फ सरदर स्थानभन्दा उत्तर दिशामा अवस्थित रहेको छ।

कर्णाली प्रतिष्ठानकै कर्मचारीबाट कुटिए डाक्टर

कर्मचारी शाहीलाई डाक्टरकाे कुरा चित्त नबुझेपछि विवाद बढ्न थाल्याे। डा. शाहले तत्काल टाँका काट्न नसकिने बताइरहेका बेला कर्मचारी शाही आक्रमणमै उत्रिए। काममा खटिएका डाक्टरलाई हात हाले। उनले हात मात्रै हालेनन् डाक्टरलाई लात्ती–लात्तीले कुटे।

पोषक तत्वको कमीले धान सुक्दैः विज्ञ

‘किसानको खेतबारीमै पुगेर गरिएको अनुसन्धानपछि धान बालीमा नभइ नहुने खाद्य तत्व (जिङ्क र पोटास) को कमीका कारण यस्तो समस्या देखिएको हो।’

चिकित्सकविहीन मुगुमा प्रतिष्ठानले पठायो विशेषज्ञ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक वर्षदेखि चिकित्सकविहीन मुगुमा विशेषज्ञ डाक्टर पठाएको छ।

स्वास्थ्य सेवा विस्तारका लागि दुई पक्षबीच सम्झौता हुने

महाबै सामुदायिक अस्पतालको एक टोली र कर्णाली स्वास्थ्य विज्ञान प्रतिषठानका डा. राजिव शाह, डा. रमेश भट्टराइबीच भएको छलफलमा महाबै सामुदायिक अस्पताललाई स्तर वृद्धि गर्न विशेषज्ञ सेवा सञ्चालन गर्ने सम्बन्धी सम्झौता हुने भएको हो।

प्रतिष्ठानमा निःशुल्क सेवा सुरु भएपछि प्रसुती गराउनेकाे संख्या बढ्याे

‘आइसियु, भेन्टीलेटर, बच्चाको लागि एनआइसियु, पिआइसियु सेवासहित विशेषज्ञ चिकित्सक थपेका छौँ,’ थापाले भने ‘यसर्थ पनि प्रतिष्ठानमा प्रसुती सेवा लिन आउने महिलाहरुको संख्यामा वृद्धि हुँदै गैरहेको छ।’

वीपी प्रतिष्ठान आर्थिकरुपमा धरासायी, १ अर्ब ४१ करोड ऋणात्मक

‘आर्थिक अवस्था नाजुक भएको कारणले प्रतिष्ठानले अस्पताल सञ्चालन, परीक्षाको कार्यक्रम र अत्यावश्यक सेवाबाहेक शिक्षक कर्मचारीले पाइराखेको सुविधासमेत स्थगित गर्नुपरेको छ,’ श्वेतपत्रमा भनिएको छ, ‘प्रतिष्ठानका विशेषज्ञ र अनुभवी चिकित्सक एवं प्राध्यापकहरुमा निराशा उत्पन्न भइ पलायन हुने अवस्था सृर्जना भएको छ।’

नेपालको शिक्षा प्रणाली राम्रो छैन भनेर प्रचार नगर्नुस्ः शिक्षामन्त्री

उनले नेपालमा साँच्चिकै शैक्षिक सुधार गर्न आवश्यक रहेको भन्दै सरकार यसप्रति प्रतिवद्ध रहेको बताए। उनले शिक्षक र शैक्षिक संस्थालाई गाली गरेर देशको शिक्षा सुधार नहुने भन्दै शैक्षिक सुधारका लागि आवश्यक नीति निर्माण गर्नुपर्ने बताए। मन्त्री पौडेलले नेपालको शिक्षा प्रणाली राम्रो छैन भनेर प्रचार नगर्न पनि आग्रह गरे।

'नेपालको स्वास्थ्य र शिक्षा क्षेत्र सुधारका लागि पाकिस्तानले गरिरहेको प्रयासबारे प्रशंसा'

नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले यस्ता कार्यक्रमहरू गरिरहनु पर्ने बताए। उनले नेपाल र पाकिस्तानका साहित्यिक प्रतिष्ठान बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए।

विश्वविद्यालयमा तालाबन्दी नगर्न सरोकारवालालाई शिक्षामन्त्रीकाे आग्रह

उनले विश्वविद्यालयका पदाधिकारी, विद्यार्थी, कर्मचारी र प्राध्यापकहरुको मागको सम्बन्धमा वार्ता तथा सहमतिबाट हल खोज्नुपर्ने बताए। उनले आशिंक, करार लगायतका प्राध्यापकहरुको समस्या समाधान गर्न प्रधानमन्त्रीसँग आग्रह पनि गरे।

‘नुनको विकल्पले हृदय रोगबाट बचाउँछ’

उच्च रक्तचाप प्रारम्भिक हृदयाघात तथा मृत्युतर्फ डोर्‍याउने ठूलो जोखिमको कारक भएको बताउँदै उनले सोडियमको मात्रा अधिक र पोटासियम कम भएका खानाले रक्तचाप बढाउने उल्लेख गरे। आज सार्वजनिक भएको ‘हार्ट जर्नल’मा नुनको प्रतिस्थापनले हृदयाघातबाट हुने प्रारम्भिक मृत्युको जोखिमलाई १३ प्रतिशत र हृदयघातको जोखिम ११ प्रतिशतले कम गरेको उल्लेख छ।

कृषकलाई दुई करोड अनुदान

'प्रदेश र सङ्घीय सरकारबाट चार करोड पाँच लाख ८० हजार रुपैँया बजेट विनियोजन भएको थियो', उनले भने, 'तीन करोड ५९ लाख ३६ हजार ३९२ रुपैँया खर्च भएको छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्