२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पोषक तत्वको कमीले धान सुक्दैः विज्ञ

किसानको बारी रोग लागेको धानको बारेमा अध्ययन गर्दै कृषि प्राविधिक तथा विज्ञहरु।

डोटी, डडेल्धुरा र अछामका किसानको खेतमा धान पहेँलिएर सुक्न थालेको छ। धानबाली पसाउन नपाउँदै पहेँलिएर सुक्न थालेपछि चिन्तित भएका किसानको खेतबारीमै पुगेर विज्ञ टोलीले अनुसन्धान थालेको छ।

अनुसन्धानका क्रममा यहाँका किसानको धानबालीमा चाहिने पोषक तत्वको कमीका कारण यस्तो भएको विज्ञ टोलीले निष्कर्ष निकालेको छ। किसानका खेतमा धानबाली सुक्न थालेपछि समस्या समाधान तथा सुधारका लागि कृषि विकास निर्देशनालय राजपुर डोटीको संयोजकत्वमा राष्ट्रिय धान बाली विकास कार्यक्रम धनुषाका तीन जना विज्ञसहितको टोली यसअघि सुदूरपश्चिम आइपुगेको थियो।

विज्ञ टोलीसँगै कृषि अनुसन्धान निर्देशनालय भागेतडा, कृषि ज्ञान केन्द्र, डोटी, डडेल्धुरा र अछाम, बाली संरक्षण प्रयोगशाला सुन्दरपुर, बीउ विजन प्रयोगशाला सुन्दरपुर तथा विभिन्न स्थानीय तहको सहकार्यमा किसानको धानबालीको अनुसन्धान गरेको थियो।

लामो समयको अनुसन्धानपछि धानबालीमा हुने पोषक तत्वको कमी र लामो समयसम्म परेको खडेरीले विभिन्न समस्या देखिएको जलवायु परिवर्तनको असरले धान पहेँलिएर सुक्ने समस्या देखिएको कृषि वैज्ञानिकको तथ्यलाई उधृत गर्दै कृषि निर्देशनालय दिपायलका कृषि प्रसार अधिकृत राजेन्द्रप्रताप बमले भने, ‘किसानको खेतबारीमै पुगेर गरिएको अनुसन्धानपछि धान बालीमा नभइ नहुने खाद्य तत्व (जिङ्क र पोटास) को कमीका कारण यस्तो समस्या देखिएको हो।’

डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर १,३ र ४, के.आई.सिंह गा.पा. वडा नम्बर ६, ७ शिखर न. पा. को वडा नं .पा.१०, डडेल्धुराको गन्यापधुरा गा.पा. वडा नम्बर ५, परशुराम न .पा. ४, १२, ३ र ६, अछाम जिल्लाको साँफे नगरपालिका वडा नम्बर २,४ र ९ का किसानमा सो समस्या देखिएको थियो।

प्रकाशित: २ भाद्र २०७९ १३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App