१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

विश्वविद्यालयमा तालाबन्दी नगर्न सरोकारवालालाई शिक्षामन्त्रीकाे आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न सरोकारवाला सबैलाई आग्रह गरेका छन्।

बिहीबार काठमाडौँमा नेपाल प्राध्यापक संघले आयोजना गरेको ‘६० औँ वार्षिक दिवस/हीरक महोत्सव’ तथा ‘नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषयक गोष्ठि’ मा बोल्दै शिक्षामन्त्री पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गरेका हुन्।

उनले विश्वविद्यालयका पदाधिकारी, विद्यार्थी, कर्मचारी र प्राध्यापकहरुको मागको सम्बन्धमा वार्ता तथा सहमतिबाट हल खोज्नुपर्ने बताए। उनले आशिंक, करार लगायतका प्राध्यापकहरुको समस्या समाधान गर्न प्रधानमन्त्रीसँग आग्रह पनि गरे।

एक पटकका लागि प्राध्यापकहरुको समस्या समाधान गरेर आगामी दिनमा भने प्रतिस्पर्धाबाट मात्रै प्राध्यापक नियुक्ति गर्ने गरी अघि बढ्नुपर्ने उनको भनाइ छ। शिक्षामन्त्री पौडेलले विश्वविद्यालयहरुलाई क्यालेन्डर प्रणाली कडाइपूर्वक लागू गर्न आग्रह गरे।

शैक्षिक क्यालेन्डर अनुरुप समयमै परीक्षा हुनुपर्ने र समयमै नतिजा निस्किनुपर्ने उनले बताए। विश्वविद्यालय सुधार्ने जिम्मेवारी सरोकारवाला सबैको काँधमा रहेको भन्दै उनले सरकारको तर्फबाट गर्नुपर्ने काम गर्न तयार रहेको बताए।

प्रकाशित: २६ श्रावण २०७९ ११:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App